Sunday, 23 June 2013

लघुकथा - नियाश्रो




पनि कहाँ एक्लो छु हजुर जस्तो सहयात्री भेटेको छु नि भनेर यसै के भनेछु उनले मलाई नीलो कार्पेट बिछ्याइहालिछन सपनामा उठेर हिँड्ने बानी भएको मानिस जस्तो पनि उनको सत्कारलाई पन्छाउन सकिन अनि उनको छेउमै किनारमै पुगेँ कस्तो सामिप्य थियो लाग्थ्यो हामिहरु अब कहिले पनि छुट्टिन पर्दैन तर २४ घण्टाको रेलयात्रा २४ मिनेट भएन त्यति बेला उनलाई लाग्ने मैले बीचैमा छोडेर हिँडे जस्तो अनि मलाई लाग्ने चाहिँ मलाई बिचैमा झारेर आफू एक्लै गई जस्तो पीडा एउटै थियो छुट्नु पर्ने

लामो समय भेट भएन, भेट घाट कुराकानी हरु पनि पातलिँदै गए, चासो खाँचो पनि पातलिँदै गयो खै अब उस्को पनि फोन आउन एसएम एस हरु केहि पनि आउन छाड्यो अनि पनि मरिच र्झै चाम्रिन लागेँ

अब समय पनि बर्ष बितिसकेछ, सँझना मात्र बाँकि थियो माया सल्काउनलार्इृ फेरि परालको आगो मात्र बाँकि थियो एक झट्काले जिवनभर कति बजार्दो रहेछ, नचाहेरै नसोचेरै अनि नसँझेरै पनि केहि चीज हराइरहे जस्तो केहि चीजलाई खोजीरहे जस्तो, कुनै तृष्णाको तृप्ति नभए जस्तो भइहन्थ्यो

मनको मैलो पखाल्न इलामको चिया बगानमा हराउँदै थिएँ पातहरुको शितसँग मैले सात बर्ष अगाडिको अतितलाई आँशु सँग साट्दै थिएँ बास्तवमै मैले त्यसबेला उनको अभाव महशूस गरेको थिएँ

शितहरु सुक्न नपाउँदै आँखाहरु ओभाउन नपाउँदै मेरा आँखामा छोपिएका थिए भिजेका परेलीहरु बाट चिसा कपडा निचोरे झैँ थिए आँशुहरु मैले आँखा खोलाउन मरिहत्ते गरिन किनकी यहि अन्धकार थियो मेरो मन झलमल्ल पार्ने जुन मैले आफूले पाएको थिएँ मैले कुनै चाल भुलेको रहेनछु उनका स्पर्शहरु भूलेको रहेनछु उतिबेला जस्तो थिएँ आज फरक भइन मैले पनि छामेरै उनको अनुहार फेला पारेँ, कानहरु फेला पारेँ एक छिन चलाएँ, ओठहरुमा पनि एकछिन खेलेँ बच्चाको जस्तो, नाकमा आफ्नो किल्ला जमाएँ उनका बग्रेल्ती पसारीएका केशलहरहरुमा चल्मलाएँ एक छिन पनि मेरा आँखा बन्दि थिए मैले आँखा खोलिन, अनि खोल्ने चाहना पनि भएन यहि पल जोगाएर राखुँ शायद उनलाई भन्दा अब अरु कसैलाई नदेखुँ