म पनि त कहाँ एक्लो छु र हजुर जस्तो सहयात्री भेटेको छु नि भनेर यसै के भनेछु उनले त मलाई नीलो कार्पेट बिछ्याइहालिछन । सपनामा उठेर हिँड्ने बानी भएको मानिस जस्तो म पनि उनको सत्कारलाई पन्छाउन सकिन अनि उनको छेउमै किनारमै पुगेँ । कस्तो सामिप्य थियो लाग्थ्यो हामिहरु अब कहिले पनि छुट्टिन पर्दैन तर २४ घण्टाको रेलयात्रा त २४ मिनेट भएन त्यति बेला । उनलाई लाग्ने मैले बीचैमा छोडेर हिँडे जस्तो अनि मलाई लाग्ने चाहिँ मलाई बिचैमा झारेर आफू एक्लै गई जस्तो पीडा एउटै थियो छुट्नु पर्ने ।
लामो समय भेट भएन, भेट घाट कुराकानी हरु पनि पातलिँदै गए, चासो खाँचो पनि पातलिँदै गयो । खै अब त उस्को पनि फोन आउन एसएम एस हरु केहि पनि आउन छाड्यो अनि म पनि मरिच र्झै चाम्रिन लागेँ ।
अब त समय पनि ७ बर्ष बितिसकेछ, सँझना मात्र बाँकि थियो माया सल्काउनलार्इृ फेरि परालको आगो मात्र बाँकि थियो । एक झट्काले जिवनभर कति बजार्दो रहेछ, नचाहेरै नसोचेरै अनि नसँझेरै पनि केहि चीज हराइरहे जस्तो केहि चीजलाई खोजीरहे जस्तो, कुनै तृष्णाको तृप्ति नभए जस्तो भइहन्थ्यो ।
मनको मैलो पखाल्न इलामको चिया बगानमा हराउँदै थिएँ पातहरुको शितसँग मैले सात बर्ष अगाडिको अतितलाई आँशु सँग साट्दै थिएँ । बास्तवमै मैले त्यसबेला उनको अभाव महशूस गरेको थिएँ ।
शितहरु सुक्न नपाउँदै आँखाहरु ओभाउन नपाउँदै मेरा आँखामा छोपिएका थिए । भिजेका परेलीहरु बाट चिसा कपडा निचोरे झैँ थिए आँशुहरु । मैले आँखा खोलाउन मरिहत्ते गरिन किनकी यहि अन्धकार थियो मेरो मन झलमल्ल पार्ने जुन मैले आफूले पाएको थिएँ । मैले कुनै चाल भुलेको रहेनछु उनका स्पर्शहरु भूलेको रहेनछु । उतिबेला जस्तो थिएँ आज म फरक भइन । मैले पनि छामेरै उनको अनुहार फेला पारेँ, कानहरु फेला पारेँ एक छिन चलाएँ, ओठहरुमा पनि एकछिन खेलेँ बच्चाको जस्तो, नाकमा आफ्नो किल्ला जमाएँ । उनका बग्रेल्ती पसारीएका केशलहरहरुमा चल्मलाएँ एक छिन र पनि मेरा आँखा बन्दि थिए । मैले आँखा खोलिन, अनि खोल्ने चाहना पनि भएन । यहि पल जोगाएर राखुँ शायद उनलाई भन्दा अब अरु कसैलाई नदेखुँ ।
No comments:
Post a Comment