अनौठो सफर
बिहानै कफि अनि हल्का नास्ता गरेर टहलिन मन लाग्यो । तैपनि आइटिनरी मा औपचारिक कुनै कार्यक्रम थिएन मतलब सप्ताहान्त थियो । तैपनि हामि एक हप्ताका लागि बङ्गलादेशको चटगाउँमा मानव सँशाधन बिकास सम्बन्धि तालिमका लागि बिभिन्न सात वटा देश बाट भेला भएका ब्बस्थापकीय तहका कर्मचारी हरु थियौँ । खास आज साथीहरु सँग भन्दा पनि एक्लै टहलिन भन्दा पनि एक्लै हिँड्न मन लागेको थियो ।
म सँगै रुसबाट आएकी मोनास्की वोच पनि म सँगै जान्छु भनेर जिकीर गरि हुन पनि उ कसैसँग पनि मिल्न सक्दिनथी उ कस्ती कस्ती जस्ती लाग्दथ्यो मलाइ पनि अनि खासै उसँग झ्याम्मिन चाहन्नथेँ । म मेरो रुममै गएरै आराम गर्छु तिमी घुम्न जाउ भनेँ तैपनि मानीन म तिमी जहाँ जान्छौ आज म तिमीलाई छोड्दिन भन्थी अनि कता कता डर पनि लाग्दथ्यो । सोचेँ यो जावी केटिले मलाई के पो गर्ली र लड्नै परे पनि समातैरै पनि यसलाई म ठिक पारिहाल्छु नि भनेँ अनि अगाडि हिँड भनेर सँकेत गरेँ म आज तिमिसँगै दिनभर घुम्छु के भनेको थिएँ उस्ले मेरो दाहिने गालामा आधा मिनेट सम्म चुम्वन गरि मलाई त सहि नसक्नु भयो अनि भने यो के गरेको तिमीले मैले तिमिबाट यस्तो अपेक्षा गरेको होइन वोच भनेर न्याच्चिए पछि शायद उस्ले गल्तिको महशूस भएछ क्यार अनि सरि भन्दै कान समाति अनि प्रमिश भन्दै फेरि मेरो हात समातेर उस्को मनमाथि लगेर राखि मलाई अहिले त झन रिस भन्दा पनि हाँसो पो उठ्यो ।
मैले पश्चिमी सभ्यताका मेरा स्मृतिहरुलाई मेरो मानसपटलमा नियालेँ यो सबै त वोचलाई सामान्य जस्तै हो सँगै खेल्ने सँगै हिड्नै सँगै सुत्ने अनि हाम्रो अश्लिलता र उनिहरुको अश्लीलताको परिभाषा अनि लक्ष्मण रेखाहरु पनि फरक नै थिए । मैले तिमीलाई नितान्त नीजि कुरा सोध्न मन लागेको छ अनुमति दिन्छ्यौ तिमी भन्दा किन नहुनु नि बरु तिमी पो अनि लाज मान्छौ नि त्यसै त्यसै भन न । तिमी कहिल्यै नेपालको भ्रमण गरेकी छौ कि छैनौ भन्दा उस्ले छैन भनि एशियाली देशहरुमा यो पहिलो भ्रमण हो भन्दै कसिएका भित्री लुगा पनि यताउता तानेर खुकुलो पारी लाग्थ्यो उ कुनै दौडका लागी तयारी गरिरहेकी छ । उस्को अनुहारको छाला सेतो भए पनि जिउडाल चाहिँ नेपालका गुरुङ्गसेनी को जस्तै कस्सिएको थियो शायद लाग्थ्यो अलि अलि गहुँगोरी भा भएत आज रोदी गाउँन जाने भनेका भए हुन्छ भन्ने जस्तै लाग्दथ्यो । तौल पनि ७० भन्दा कम थिएन अनि उचाइ पनि म भन्दा एक इन्च जति अग्लि देखिन्थि चप्पल भने २ ईन्च हिल भएका लगाउँथि ।
हामि दिउँसोको समय सकाएर लन्च ब्रेकका लागि क्याफेमा पस्यौँ त्यहाँको चलन अलि फरक लाग्यो अहिले सम्म कि कार्ड किन्नु पर्ने अनि जुन काउण्टरमा गए र जे पनि माग्न पाइने र अन्तमा बाँकि भएको रकम उहि काउण्टरबाट फिर्ता पनि दिने र बाँकि रह्यो भने अर्को दिन पनि आउन मिल्ने रिचार्ज पनि गर्न पाइने राम्रो लाग्यो मैले पनि के थाहा महङ्गै होलानि भनेर ३००० टाकाको कार्ड किनेँ अनि वोच लाई आज तिमी अर्डर गर रस्सियन खाना खुवाउ तिमी आज भनेँ । उस्ले दुइ पेग ह्विस्की र स्न्याक्सहरु लिएर आई अनि दुइजना रेष्टुरेण्टको कुनामा गएर बस्यौँ ।
मैले कुरा उक्काएँ तिमीले अगाडि जुन चुम्बन गर्यौ नि वोच ! यो हाम्रो देशमा छाडा मान्छन !! अझ म त झन बिबाह नभएको तर इङ्गेजमेण्ट भइसकेको मान्छे हुँ .. यस्ता कुरा थाहा भयो भने त मेरो नियत माथि नै शँका गर्छन । शायद मेरो सम्बन्ध पनि तोडिन सक्थ्यो खैर यो नेपाल नभएर अर्कै ठाउँ भयो भन्दा उ यस्तो गललललल हाँसी । के भयो भन्दै ३ - ४ जना वेटरहरु आइहाले अनि नो थ्याङ्कस!! भन्दै पठाएँ शायद अलि अलि ह्विस्कीको पनि कमाल होला भन्ने लाग्यो । अनि पानी खाँदा उस्ले सबै कपडा भिज्ने गरि उस्को छातिमा पानी पोखी उस्का नशा नशा देखिने गरि पानीले बाटो बनाउँदै हिड्यो र पनि मलाई जे भयो उसलाई पात पनि हल्लिएन । त्यहि भएर केटिहरु शँका गर्दा रहेछन कतै अन्तै पो लाग्छकि भनेर लोभी जात हो केटाहरुको । आफूले आफैलाई नसम्हाल्ने हो भने कुनै कुरा पनि असँभव छैनन भनेर उस्को एक छिनको बसाइमा अड्कल गरेँ । समय क्रमको बिकास सँगै अनेक जटिलताहरु पनि सहज र सरल भएका छन । ब्यक्तिगत सम्बन्धहरुका सिमा रेखाहरुमा बिबिधता छाएको छ । पहिला देश भरि दुइ लेनको एउटा मात्र राजमार्ग भए कस्तो होला भन्ने समयबाट अहिले ६ लेनको बाटोमा भएका छनौट गर्न पाउने अवसरहरु पनि जिवनमा धेरै रहेछन ।
अनि उ र म लन्च पछि बीचमा घुम्न गयौँ त्यहिबेला मेरो उसँगै आएकि अर्कि साथीको फोन आयो कि कहाँ हो तिमिहरु भन्दै वोच लाई कत्ति पनि ह्विस्की खान नदिनु है अलि खायो कि आफूलाई सम्हाल्नै सक्दिन है म त्यहि भएर तिमिलाई तिम्रो फोनमा फोन गरेकी भन्दै सि यु सुन भन्दै उत्निखेरै फोन काटि म त बोल्नै पाइन । अनि फर्केर हेरेँ उ त लिक्वेर शपमा रक्सीहरुको रेटहरु सोध्दै थिई । हत्त पत्त म उस्को नजिक गएँ र पछि भन्दै उस्लाई त्यो ध्यान अन्तै तिर खिचेँ तर उ चाहि मलाई भन्दा पनि अर्का त्यस्तै पसलहरुको ध्याउन्न मै ब्यस्त थिई । मैले उसलाई हातमा समातेर बीचमा लिएर गएँ अनि कोकाकोलाको छत्रीले छोपेको आराम कुर्चिमा एकातिर म बसेँ र उ अर्कोमा बसि ।
अनि तिमीले मलाई किन रक्सि ल्याउन नदिएको अब के गरेर बस्ने भनेर सोधी । कुनै किताब पढ म्युजिक सुन या कुरा गर तिमिलाई ह्विस्की नभइ के बाँच्नै सक्दिनौ त कि क्या हो भने अनि म तर्फ फर्केर मन्द मुस्कुराई लाग्थ्यो यस्तो हाँसो सभ्यताले म सँग बस्दा हाँस्नु पर्दथ्यो तै पनि मैले सभ्यतालाई त कति हो कति मिस गरिरहेको थिएँ नत्र यस्ती पगली लाइ लिएर न कुरा मिल्छ निचोरेर फ्यालेकी कागति जस्ति रसै नभएकी जस्ती लाग्थ्यो । लाग्दथ्यो मासु पनि प्रेशरकुकरमा सिठ्ठि लगाएपछि बल्ल पाक्छ सिठि त यौवनको सँकेत हो त्यस्तै हो माया पनि । यो पनि पाक्नु पर्छ अनि म पाकेँ भनेर सँकेत नगरुञ्जेल प्रतिक्षा पनि गर्न सक्नु पर्दछ । यो वोच त कहिले पनि पाक्दिन हो यो त काँचै छ वा पाक्न नपाएर गिजोल्टिएकी हो कि झैँ लाग्दथ्यो घरि घरी । अनि त्यति बेला अघि रुझेको कटनको टिशर्ट खोलि अनि बिकनी मात्र लगाएर उता फर्केर सुती । एक मन लाग्यो यसलाई छोडेर जाउँ जे सुकै होस भन्ने लाग्यो फेरि अर्को तर्फ फेरि एक्लै केटि मान्छे लाई छोडेर कसरी जानु भन्ने लाग्यो नै पनि आधा घण्टा जति वरि परि टहलिएँ ।
उस्ले घोप्टो परेर अगाडिको ह्विस्की वाकिरहेकी थिई मैल हतपत उसलाई समातेर बिस्तारै उठाएँ अनि मेरो काखमा राखेर एक छिन अड्याएँ उ अर्ध बेहोस जस्ति भएकि थिई वाक्दा वाक्दै । पानीको वहावमा लिएर गएँ अनि उस्का हात खुट्टामा पानीले भिजाएँ अनि बल्ल पूरा होसमा आइ म उसलाई अझै समातिरहेको थिएँ पछि आफै तङ्ग्रिएर उठि । के भयो तिमिलाई भनेर सोधेँ किन वाकेको के तिमिलाई सञ्चो छैन कि क्याहो हिड जाउँ चेक अप गर्न । शायद तिमिलाई आरामको खाँचो छ हेर माइ डियर फ्रेण्ड वोच आफ्नो अनि आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्छ । झन तिमि त एक्लै छौ । उस्ले मेरो अनुहारमा आँखै झिमिक्क नपारीकन एकटकले हेरिरहि म भने तिनचार पटक आँखा झिम्काइ सकेको थिएँ अन्तमा उस्का आँखाबाट तरर बगेका आशुले आफैलाई पनि सम्हाल्न गार्हो भयो तैपनि थामिएर उस्का आँसु पुछेँ अनि अर्को सफा कुर्चिमा लगेर राखेँ ।
मैले जिन्दगीमा यति धेरै मायाले मेरो केयर गर्ने तिमिनै पहिलो मान्छे हौ निशान । हुन त मलाई थाहा छैन तिम्रो ब्यक्तिगत जिवन कस्तो छ तर तिमि सँसारका असल मानिसहरु मध्ये एक चाहिँ पक्कै हौ । मेरो जिवनकालमा म जान्ने भए देखि मेरा बारे केयर गरिदिने मेरा बारेमा सोच्ने मानिस नै कोहि छैन बाबु आमा ब्यापारि हुन उनिहरु पैसा नै सबै माया हो भन्छन पैसाकै मातमा मलाई सानै देखि मलाई आवासिय स्कुलमा भर्ना गरिदिए । परिवार माया ममता भन्ने चीजनै मैले बिर्सेँ ।
तिमि पत्याउन्नौ होला म त मेरो ड्याडलाई जीवनभरी चार पाँच पटक भन्दा देखेको छैन शायद पहिलो पटक देख्दा चिन्दीन पनि होला । मेरो के चीजले केटाहरु लाई आकर्षण गर्छ भन्ने पनि मलाई थाहा छैन र मलाई खानु हिड्नु बरालिनु भन्दा बाहेक कुनै चीज थाहा छैन । अफिसमा पनि मेरा समकक्षिहरु मलाइ माया दया सिल स्वभाव नभएकि भनेर डाक्छन । म रक्शी खाएर बाटैमा पल्टौँ कि त पुलिस थाना भित्र हुन्छु नत्र बाटामै हुन्छु त्यस भन्दा अरु कोही छैन मेरो केही छैन मेरो निशान प्रमिश भनेर थ्याच्च बालुवामा फुङ्ग धूलो उड्ने गरि बसी ।
मैले उसलाई पाखुरामा समातेर उठाएँ अनि अब हिँड जाउँ कतै गएर फ्रेश लेमन जुश खाउँ अलि हल्का हुन्छ भन्दै उस्ले अगाडि सुकाएको टिशर्ट ल्याउर लगाउ भने । तिमि त सार्है बिन्दास रैछौ यार वोच ! तर सम्हाल्नु पर्छ आफुलाइ तिमिले । तिमिसँग भेट भएर पनि मैले जीवनमा केहि सिकेको छु, तिमी चिन्ता नगर तिम्रो जिवन यात्रामा एउटा असल साथीको हैसियतले म तिमिलाई हरदम सहयोग गर्न तयार छु । तर म तिमिलाई श्रीमतिको रुपमा स्वीकार्न सक्दिन किनकी म पहिले नै सभ्यता सँग ईङ्गेजमेण्ट भैसकेको छ । ऐ ! ऐ !! तिम्रो इङ्गेजमेण्ट पनि भैसक्यो राम्रो !! शायद सभ्यता निकै भाग्यमानी केटि हो तर केहि छैन म तिम्रो असल साथि त बन्न सक्छु नि निशान !! त्यो त म पनि तिमिलाई यत्तिकै त अब कहाँ छोड्न सक्छु र यदि मैले तिमीलाई प्रोपोज गरेको भए तिमि स्विकार गर्थ्यौ भन्दा उस्ले ऐठन बाहिर निकाल्दै भनी सब भन्दा भाग्मानी म आफूलाई ठान्ने थिएँ । तर केहि छैन म मा केहि लोभ छैन । तिम्रो लागि जे का लागि जहिले पनि खुल्ला छु सम्झ म तिमि सँग बिबाह नगरेपनि अरु कसै सँग बिबाह गरेपनि पहिलो पुरुषको रुपमा मैले तिमिलाई नै सम्झिने छु ।
त्यसो नभन वोच जस सँग बैबाहिक सम्बन्ध हुन्छ तिम्रो पहिलो पुरुष पनि त्यहिनै हो मनमा एक जना सजाउने अनि सम्बन्ध राख्नु भन्दा एक्लै बस्नु बेश हुन्छ कुरा बुझ्यौ भन्दा उस्ले भनि त्यसो भए म जिवनभर एक्लै बिताउने छु भन्दा मलाई कता कता चिसो पस्यो तर एक हप्ता पछि यो रुस गइहाल्छे अनि म नेपाल जान्छु अनि समयले सबै कुरा आफै ठाउँमा ल्याइदिन्छ जस्तै लाग्यो । जीवनको मोडहरुमा केहि गणना गर्न योग्य मानिसहरु मध्ये वोच पनि एक हो मेरो लागि उ त मेरो लागि एसाइनमेण्ट पनि हो त्यो के भने उस्लाई माया के हो जीवन के हो जीवनका अपार सुख अनि अविस्मरणीय दुख हरु कस्ता हुन्छन भनेर सिकाउनु थियो उसलाइ असल साथिको हैसियत ले मैले त्यत्तिकै छोड्नु मेरो मानवीयता नै रहँदैनथ्यो ।
दिन भरि गाइ बाख्रा चरनमा छोड्दा घरि घरि दशैँ आए जस्तै बुरुक्क बुरुक्क गरे जस्तै म पनि त्यस बेला चरनमा बङ्गलादेशमा उफ्रिँदै थिएँ बुरुक्क बुरुक्क कहाँबाट त्यो रसियन केटि वोच आई अनि जीवनमा नया एसाइनमेण्ट थपियो । अरु त सामान्य जस्तै लाग्यो त्यहाँ बसुञ्जेल पनि मैले उसलाई जीवनका यथार्थहरु सिकाएँ अनि छुटने बेला भयो आ आफ्नो गन्तब्य तिर उसले मलाई अरु एक दिन बसिदिनका लागि आग्रह गरि म हार्न सकिन अनि हाम्रो करिव एकै समयको फ्लाइट थियो । हामि ढाका बिमानस्थलको टर्मिनलमा थियौँ मेरो भन्दा उस्को जहाजको फ्लाइट आधा घण्टा अगाडि भएकाले उ म बाट छुट्ने बेला भयो ।
निशान तिमि जे सुकै सोच ! मलाई सँसार भरिकै नराम्री केटि भनेर सोच !! तर मैले मेरो जिवनकालमा तिमि जस्तो असल मान्छे पहिलो पटक भेटेँ र शायद यहि अन्तिम रहिरहोस ! सँगै जीवन बिताउन नपाएनी सहि कम्तिमा बर्षमा एक पटक रुस आउनका लागि निम्तो गर्न चाहन्छु जसद्धारा मैले बर्षको महान चाड मनाउँन पाउँ मेरो प्रभूको दर्शन गर्न पाउँ । मेरो घरका परिवारलाई तिम्रै साक्षात्कारमा सगर्व भन्न सकुँ कि तिमिनै यस्तो मानिस हौ जस्ले मेरो जीवनको शैली नै फेरिदियौ सिस्टम नै बदलिदियौ लाग्छ मेरो त रगत नै बदलिदियौ । तिमि मेरो नशा नशामा दौडिरहने छौ अनि हामि दुबै जना मुटुमा भेट हुनेछौँ अनि मुटुका भित्ताहरु ठोकेर ढुक्ढुकीलाई निरन्तरता दिने छौँ । सक्छौ भने तिम्रि सभ्यतालाई पनि लिएर आउ । म तिमिलाई देख्न पाए मात्रै पनि पुग्छ तिमिहरुको दाम्पत्य जीवन सफल रहोस भनेर पनि म हरदम मेरो येशु सँग कामना गर्ने छु । मिल्छ भने अर्को क्रिष्मश मा तिमि सके दुबैजना नमिले पनि तिमि एक्लै भए पनि मेरो र मेरो परिवारको साथमा हुने छौ मलाई येशु को पुजा गर्दा प्रभूको उपहारको रुपमा तिमिलाई ग्रहण गर्न पाउँ भन्दै उसले रातो गुलावको फूल मेरो हातमा थमाई अनि मेरो मुठीमा चुम्बन गरेर जहाज तिर लागि । म हेरि रहेकै थिएँ उ हात हल्लाइ रहेकि थिइ म पनि हात हल्लाइ रहेको थिएँ म आफैलाई बिर्सि रहेको थिएँ त्यतिबेला । जहाज उड्यो अनि मेरो जहाजको टर्मिनल पनि खुला भयो म पनि जहाज भित्र गएँ ।
No comments:
Post a Comment