Saturday, 10 November 2012

यात्रा, सहयात्रा अनि जिवनयात्रा


मुम्वर्ईबाट गोवा जाने बातानुकूलित रेल यात्राको क्याबिनमा सवारीले द्रुत गतिमा भए पनि मन्द मन्द हल्लाइरहेको थियो । अगाडि टेबलभरी भएका सामग्रीहरु छरपष्ट थिए, मन चाहिँ टेबल तिर भन्दा पनि सभ्यता तिर नै थियो किनकी यो नै मेरो सभ्यता सँग प्राबिधिक रुपमा पहिलो भेट त्यसमा पनि पहिलो यात्रा थियो । बन्द क्याबिनमा भएकाले पनि सजिलो भयो सभ्यता सँग भलाकुसारी गर्न ।

ओइ काली नसुत न उठ भन्थेँ मैले उसले चाहि आफ्नै घरको बिस्तरामा सुते जस्तो मलाई एक छिन नउठाउनुस न कति कराको हजुर पनि, हजुर पनि सुत्नुस यति राती छ, हजुर पनि आउनुस न सुत्नुस भन्थी । ज्यान मडारेर फर्किँदा पृथ्वीनै कोल्टे फेरे जस्तो लाग्ने, उस्ले भने जस्तै बाहिर चकमन्न रात थियो अनि रेलको गति सँगै बत्तिहरु फुत्त फत्त भागिरहन्थे बिपरित दिशातिर मिलिक्क मिलिक्क गर्दै । मलाई उसलाई घर बनाउने गिलो माटो मुछे जस्तै गिथोलीरहुँ जस्तै हुन्थ्यो घरी घरी चलाइदिन्थेँ अनि उसले हात च्याप्प समातेर आफुतिर खिच्थी अनि मलाई पनि सुत्न करै लाग्थ्यो ।

धेरै बेर गुडेपछि रेलगाडि अब त गोवा आउने बेला पनि धेरै बाँकि थिएन अनि पूर्वबाट लालीकिरणहरु उचालिँदै थिए बिहानीलाई रातो पार्दै तर म रातभर तीनभागमा एक भाग मात्र निदाएँ सभ्यता भने दुइ भाग त निदाईहोला । मैले गुड मर्निङ्ग म्याडम जरा उठो भनेर हिन्दी पनि मिसाई टोपलेँ अनि आँखा बल्ल बल्ल खोल्दै अलि अलि हाँसो अलि अलि लाज अनि मायालु अनुहार लिएर जुरुक्क उठेर मेरो काखमा लिपिक्क टाँसिई । मेरो पति परमेश्वर म त हजुरको साथ पाए पछि यति ढुक्क भएँ कि बल्ल जिवनमा पहिलो पटक शान्ति मिल्यो अनि मज्जाले निदाएँ । मनले खोजेको खुशी अनि सुख मिले पछि मन यति शितलो भयो कि कसरी भनुँ मैले हजुरलाई भनेर गालामा चिमोटी ।

सभ्यता र मेरो भेट अनि सँयोग पनि अनौठो छ जुन म अझै पनि रहस्य मै राख्न चाहेँ । जुन कैयौँ बर्ष पछि मात्र खोल्ने छौँ हामि । हाम्रो जिवनको सबै यथार्थ अहिल्यै खुल्यो भने त के मतलब भयो र जस्तै हामि कपडा लगाउँछौ हाम्रा केहि कुराहरु लुकाउँछौ, केहि कुरा देखाउँछौ, त्यहि लुकाउने र देखाउनेको असल सँयोजन नै ब्यक्तित्व हो भन्ने लाग्दछ । सभ्यता केटि मान्छे हो म भन्दा उमेरमा पनि केहि बर्षहरुले सानी छ र पनि केहि कुराहरुमा म भन्दा पनि समझदार छ । समाज प्रति हेर्ने दृष्टिकोण उसको प्रष्ट छ, मेरो स्थान र उस्को जिवनमा मेरो भूमिका प्रति उ सजग अनि उत्तरदायि पनि छ ।

मैले उसले चाल नपाउने गरि उसको सिउँदोमा मिठो चुम्बन गरे, अनि उ पनि मेरो काखमा लुपुक्क टाँसिई फेरि लाग्दथ्यो उसले सास पनि फेरेकै छैन । कति एकाग्र हुन सकेकी अनि कति ध्यान खिच्न सकेकी उस्ले । मैले उस्को नाकमा ओठमा हातले छामेँ र पनि त्यति चाल पाइन, अनि, ओइ डल्ली के भो मनकुन्दरी सास फेर्न पनि बिर्सीयौ कि क्या हो तिमिले?  भन्दा भन्दै मेरो छातीमा गहिरो चुम्बन गरिदिई एउटा जिल्ला नै तातो भयो । कति नशालु उस्को माया, कत्रो उर्जा मायामा, मनमा आँधी नै चल्ने गरि उस्ले खिचेको हरकत म आफ्नै शरिर सँग हार्थेँ घरी घरी बरु उस्को साम्राज्य चाहिँ मेरो कब्जामा थियो यस्तै हुँदो रैछ मायामा भन्ने लाग्यो । एक अर्काको साम्राज्य फेरिँदो रैछ, अधिकार र क्षेत्र फेरिँदो रैछ ।

सूर्यको किरण पनि बिस्कुन सुकाए जस्तै भुइँभरी भयो अनि त्यसैमाथि चढ्दै चढ्दै रेलगाडी पनि गोवाको स्टेशनमा रोकियो । मान्छेहरु झुम्मिन थाले ब्यागहरु क्यारी गर्नका लागि तछाडमछाड गर्दै थिए । सभ्यताले रुफस्याक झोला अनि मैले अलि ठूलो ट्रलीवाला ब्याग अनि साथमा आफ्नो ल्यापटप ब्याग थियो । एक हप्ताको यात्रामा बन्दोबस्तीका सामान जोहो गर्नै पर्यो । रेलबाट बाहिर निस्किँदा चाहिँ एकदम ख्याल गर्नु पर्ने पकेटमार देखि अनि सामान कहिँ छोड्न नहुने भन्ने साथीहरुबाट सुनेको ठिकै जस्तो पनि लाग्यो ।

मैले अटोरिक्शा लाई जरा मिडियम टाइपके होटलकी ओर ले चलो भाई भनेर हिन्दीमै टोपलेँ अनि उस्ले एक सय पचास आइ सि मा मिलेनियम रोडमा सेञ्चुरी होटल मार्ट अगाडि लगिदियो । ब्याग बोकेर कता जानु भनेर हामि पनि त्यहिँ छिर्यौ र एउटा डबलबेड रुममा बस्यौँ । झोलाहरु बिसाए पछि बल्ल हल्का भयो गोवा आए जस्तो भयो नत्रत भरिया भन्दा बढि भइएन । ओइ डल्ली गरुङ्गो झोला त मलाई बोकाइहालिस बरु तिमि पनि त्यहि झोला माथि बुइ चढेको भए म बोकि हाल्थेँ नि भनेर एक मस्का दिई हालेँ । हजुर पनि सबै झोला बोकेर मेरो बुई चढेको भए त भइहाल्थ्यो नि भनेर खितित्त गर्न थाली अनि दुबै जना हाँस्यौ र लपक्क टाँसियौँ ।

यहाँ त बीचमा विकनी मात्र लगाएर हिड्छन केटीहरु, सनबाथ गर्छन रोमान्स गर्छन कि तिमि र पनि त्यसै गर्ने हो र भनेर जिस्क्याएँ, अनि उस्ले पनि अलिकति लाजले अलिकति नशालु नजरले हजुरलाई मैले बिकनी लगाएको हेर्न उता किनारमै जानु पर्छ भन्ने छ र, छि बाहिर त म त्यस्तो लाउदिन लाज लाग्छ मलाई जे जे हेर्ने हो यहिँ हो हजुरको बीच भने पनि जे भने पनि हे हे हे हे मेरो कालु महाराज पति परमेश्वर । अब हजुर त मात्तिन त के पात्तिन पनि थाल्नु भएछ नि मेरो बुढो, नमरे बाँचे यस्तो दिन अनि यस्तो खुशी पनि देख्न पाइँदो रहेछ त ।

तिम्रो मायाका छालहरु जत्तिका यि समुन्द्रका छालहरु छैनन आँधिनै भएर आए पनि शायद, तर तिम्रो ममताले हरपल मेरो हृदयमा हानीरहेको हुन्छ । कुन समयले तँ सँग भेट भयो डल्ली म त यसैमा लुटुपुटु भएँ यार हारेँ म आफ्नो जिवनदेखि तिमिलाई जित्दा खेरी । हि हि हि गर्दै मलाई चोर औँलाले नाकैमा ठोक्कीने गरि जाली फटाहा मान्छे अनि मलाई जितेर पनि हारिन्छ कतै? कुरा गर्ने पनि दुइ पैसाको ढङ्ग भए पो हुन्छ, केटा मान्छे भएर पनि केटी मान्छे जस्तो हाऊ तपाई त  शँकै लाग्छ यार केटा हो कि केटि हो भनेर हि हि हि ।

अब के जाँच्न बाँकि छ र डल्ली म केटा हो कि हैन भनेर, नाटक नगर है धेरै फेरि बाटैमा हे हे हे, म त खतरा छु नि यस्तो कुरामा, अब मेरो नया अबतार देखाउन पर्ला जस्तो छ मेरो कालु लाई । भो भो हनुमान कै अबतार लिएर आए पनि अन्तिममा म्याउँ गर्ने होला भनेर फेरि पनि खिसीट्युरी गर्न थाली । यो काली सँग मैले बोलेर नसक्ने भएँ भन्दै एक छिन म पनि नबोली हिँडे उ पनि जुत्ता घिसार्दै मेरो ध्यान खिच्दै थिई म देखो नदेखो गर्दै थिएँ ।

ए मेरो पति परमेश्वर हामि यहाँ रमाइलो गर्न आएको हो, सबैलाई भुलेर दुइजना मात्र रमाउन आएको हो, मैले मायाले जिस्क्याएको हो नि, मलाई हजुरलाई सताउन मन लाग्छ के त्यहि भएर हो नि, मैले हजुरलाई नसताएर कसलाई सताउनु को सँग जिस्कनु त मेरो नानु । हाँस्यो नानु हाँस्यो ऊ ऊ हि हि भन्दै गालामा ओठको एक चड्कन खाइहालेँ अनि म पनि साम्य भएँ पानी पानी भएँ उस्को अगाडि अनि मुसुक्क हाँसेर काखमा टाँस्नु बाहेक म सँग बिकल्पनै भएन ।

घाम भर्खर अस्ताउन समुन्द्रको पानीको माथी रातो भएर बसिसकेको थियो, साँझमा सिरसिर बतास छालहरुसँगै किनारमा पसारिँदै थियो । घाम पनि हेर्दा हेर्दै डुब्यो अनि वरिपरिका बत्तिहरुको चमक बढ्न थाल्यो । मैले आज सभ्यताको मुहारमा निकै फरक लालि उदाएको देखेँ, शायद अरु सबै दिन भन्दा फरक थिइ । ऊ बल्ल फक्रेकी थिइ, फुल्न लाई तिन पात बाहिर निकालेर बसेको थिई भमराको अगाडी । भमरा चाहिँ उसको भरिएको रसमा मस्त हुँदै थिएँ । के हुँदैछ, किन यस्तो नशा आफैलाई डुबाउने गरि यति यति पानी गँगै रानी भन्दै टाउको भन्दा पनि माथि जाँदै छ भन्ने पनि मलाई याद थिएन ।

मलाई म आफू र सभ्यता लाई सभ्यता हो भन्ने पनि बिर्सिने गरि हामि हराइ सकेका थियौँ । जिवनको पहिलो यात्रा सहयात्रा अनि त्यस पछि जिवनयात्राको साइत मा थियौँ हामि । कैयौँ बर्षदेखिका खुल्दुली अनि एक आपसका रहस्यहरु खोतल्दै थियौँ हामि । गोवाको वीचमा अरु धेरै जोडिहरु पनि पच्ने नपच्ने सबै हर्कत गर्दै थिए त्यसको पनि हामिलाई न कुनै मतलब थियो न कुनै लाज थियो । हामि पनि जवानीको रसमा महमा डुबेको मौरी जस्तै भएका थियौँ, त्यसमाथि झन वाइनले अलि अलि रँग अनि छालहरु उचाल्दै थियो । हामिहरु रेष्टुरेण्टबाट समुन्द्रको किनारमा गयौँ छालहरु सँग लुकामारी खेल्न, जिवन सँग लुकामारी खेल्न अनि जिवनको अबिस्मरणिय इतिहास कोर्न, मनहरु मिलाउन अनि मायाहरु मिसाउन अरु सबै सँसार भुलेर ।

No comments:

Post a Comment