Friday, 13 December 2013

अलबिदा


मचानमा सुकाएका बदाम केश्राहरु खानलाई काँचै पनि झुरुम झुरुम त थिए नै । घरमा बुढि हजुरआमा हुनुहुन्थ्यो, आफ्नै आँखा अगाडि एक पसार निकालेर रुमालको फुर्कोमा सबैले देख्ने गरि लुकाउनु भयो यसमा पनि म मख्ख नै थिएँ रमाइलो महशूस भयो । साँच्चै मागेको भए पनि हुन्थ्यो हामि दिई हाल्थ्यौँ नि भन्ने पनि भयो अलि बढि नै दिन्थ्यौँ होला । फेरि उस्की बहिनी आई उस्ले पनि भिना लौ है घरमा चोर पसे भन्दै एक माना जति गोजिमा भित्र्याई हाली म त्यो देखेर पनि बेखुशी भइन, जो सुकै पनि मेरो घरमा आऊन खाऊन बसुन रमाइलो गरुन भन्ने ठान्दथेँ म । 

साँझ अफिसबाट फर्किँदा हजुरआमा घरमा हुनु हुन्थेन, हजुरआमाको चासो घरमा मलाई मात्र हुन्थ्यो । मैले हजुरआमा कहाँ जानुभयो भनेर सोधेँ उस्ले ठस्किएर बुहारीले यसो गरि उसो गरि खान दिइन भन्दै चाहार्दै गइहोलिन नि शत्तुर हँसाउन । बिहान बेलका सबैले भन्दा पहिला हाम्रा भन्दा ठूला भाऊ खाँदा पनि मैले कहिले जस नपाउने भएँ । कस्तो दिन बिहा गरेर आइएछ कसैको राम्रो हुन सकिएन फुटेको कर्म भन्दै एक्लै फतफताउन थाली म चाहिँ केहि बोल्न उचित लागेन । 

साँझ पर्नै आँट्यो सिम सिम पानी परिरहेको थियो, कहिल्यै घर नछोडेकी मान्छे, कतै गए पनि म आफै पु¥यादिन्थेँ र लिन पनि आफै जान्थेँ तर आज सँभावित ठाउँमा सबैतिर सोध खोज गरेँ कतै पनि गएको सुइँको पाइएन । अनि साथीहरु लगाएर कोहि कता कोहि कता खोज्न गयौँ अन्त उहाँ शुक्रबारे हाट लाग्ने पालमा ओत लागेर काँप्दै रुँदै बस्नु भएको फेला पारियो, मन थाम्नै सकिन, आँखाभरी आँशु भए र पनि आफूलाई सम्हालेँ । म जान्न बाबु छोड्दै बरु यतै बृद्दाश्रम छ भने उहिँ लगेर छोड्दे मलाई भन्दै रुनुभयो तै पनि फकाएर लगेँ घरमा । पछि थाहा पाएँ मैले कि उस्ले त्यहि एक पसार बदाम दाना खाएको निहुँमा तथानाम गाली गरेको बचन छोडेको सहन नसकेर घर छोडेर हिँड्नु भएको रहेछ । 

मेरो सदासयता र सँयम रहने बानीले बास्तवमा मेरो नीजि पक्षलाई लतार पतार पार्यो र पनि निरन्तर यसलाई सहि ट्रयाकमा ल्याउन धेरै प्रयास गरेँ मैले गल्ती यसैमा भयो मैले सोचे जस्तो सँसार छ अथवा सबैले मेरै जस्तो सहज किसिमको धारणा राख्दछन, होइन रहेछ म चाहिँ गलत रहेछु । मैले अरुलाई भन्दा पहिले आफैलाई चिन्न सकिन समय अनुसार हिँड्न सकिन । जिवनमा जे गर्दछु भन्ने सपना बोकेको थिएँ सबै क्षत बिक्षत भए, जिवन भित्रका सिर्जशीलताहरु पनि बिस्तारै भाइरस ग्रस्त हुँदै गए । 

धेरै नमिठा क्षणहरु रहे, जहिले पनि अति साना भन्दा साना कुरामा मनमुटाव हुन्थ्यो । कहिले ५ बजे घरमा नआएको निहुँमा कि त भनेको कुरा समयमा नपु¥याएको निहुँमा यस्तै यस्तैमा कहिलेकाहिँ त एक हप्तासम्म पनि बोलचाल बन्द हुन्थ्यो यसमा पनि मैले नै सहजीकरण गर्नु पर्दथ्यो । म भित्र के चलिरहेछ, म के सोच्छु के चाहन्छु भन्ने कुरा उस्ले कहिले पनि सँझिने प्रयास गरिन अथवा भनौँ मलाई एकादुई अर्थमा बाहेक समग्र सामाजिक रुपमा आफ्नो श्रीमानको रुपमा ग्रहण गर्नै सकिन । मेरा यस्ता निर्मम अतितहरु त कति हो कति छन किन सबै एकै पटक पस्किनु समय भएमा पस्किँदै गरौँला । शायद यस्को मर्म बुझ्ने अर्को म छैन होला जस्तो लाग्छ किनकी यहाँ कोहि पनि अरुको भन्दा पनि आफ्नै दुख ठूलो ठान्दछन, यसमा पनि मेरो केहि गुनासो छैन । 

अहिले म स्वतन्त्र छु जे भए पनि जति बाँचेको छु खुशीले बाँचेको छु । यहाँका बा आमा दाजु भाईहरुले मलाई दिएको अपार माया नै मेरो उर्जा हो । स्कूलमा मैले पढाउने यिनै बालकहरु अब मेरा छोरा छोरी हुन जस्तो लाग्छ । मैले गाउँमा साना तिना सिर्जनशील कामहरुमा यहाँको समाजलाई सघाउने मौका पाएको छु । कति गर्न सकेँ वा सकिन यो त गाउँलेहरुले भन्ने कुरा हो तर उहाँहरुले जुन गुन म माथि लगाउनु भएको छ त्यसको पैचो तिर्न त म कहिले पनि सक्दिन । अब त मेरो घर परिवार समाज जे भने पनि यहि गाउँ हो । अब म यसलाई छोडेर कहिँ पनि जान्न जिबन पर्यन्त । 

बिकल दाईले लेखेको डायरीको अँश थियो यो, डायरीमा यस्ता फड्केहरु अरु धेरै थिए र पनि सबै उस्तै मर्माहत थिए । अस्ति बिहान जसो कुन्साङ्ग काकाले मलाई सर लाई बिमारले च्यापो निशानलाई बोलाइदिनु भने पछि बक्के बस्यो तिमि तुरुन्तै आऊ भन्नु भयो र घरमा नभनीकन यता हानिएको थिएँ । पक्की मोटरबाटोको बस यात्रा पछि कच्ची मोटरबाटो अनि पैदल यात्रा गर्दा छिटोमा पनि २ दिन लाग्यो आइ पुग्न तर मैले दाइको सासलाई पनि भेट्टाउन सकिन लाशलाइ पनि भेट्टाउन सकिन । गाउँको पुछारमा भएको अरुण नदी किनारमा धुवाँको मुस्लो आइरहेको थियो, गाउँमा कोहि थिएन केटा मान्छे । उहि बसन्तीलाई भेटेँ सबै जनाका आँखा ओभाना थिएनन उस्ले मलाई रिभानघाटमा पुर्याइदिई  ।

अफिसमा एकोहोरिएर काम गरिरहेको, बिहान अफिस आउँदा हाँस्दै पस्ने मान्छे घर फर्कने बेला टाउको धान्न नसके जस्तो झोलिएको गर्धन बोकेर घर फर्केको, जँगलमा फेला पारेको, कुन्साङ्ग काकाको गाउँमा ल्याएको, नाचगान गरेको यि सबै दृश्यहरु चिताको धुँवामा जल्दै बादलमा मिसिएको जस्तो भान भयो । म यता आउने बेलामा पनि भाउजुले मलाई देखेर उँधोमुण्टो लगाएर घुरेर हेरेको पनि त्यसैमा मिसिँदै थियो । उसका आसेपासे हरुको आफन्तहरुको भीडभाडमा कतै पनि दाजुको परछायाँ देखेको थिइन मैले । बरु केटा केटिहरु आफ्ना निर्दोष निस्वार्थी आँखाहरुले अझै पनि बाबाको बाटो हेर्दै थिएकि जस्तो भान भयो मलाई किनकी ति अन्जान हेराईमा अनौठो पीडा थियो । उमेरमा साना भए पनि भाउजु जस्तो उनीहरु रमाएका थिएनन प्राय सधैँ मौन बसेको देखिन्थे धेरथोर उनीहरुको भाषा म बुझ्थेँ होला । उस्तै रवाफ, उस्तै मचान, हाँसीखुशी बातावरण चलिरहँदा यता दाजूले सँसारबाट बिदा लिइसक्नु भएको थियो । 

कुन्साङ्ग काका भक्कानिएर बोल्नै सक्नु भएको थिएन, गाउँलेहरु पनि कोहि ओभाना थिएनन, गाउँनै सबै रिभानघाटमा थिए । मलाई सबभन्दा बढि पछूतो भयो कमसेकम बिकलदाईलाई उहाँको दिवँगत शरिरलाई समेत अँगालो हालेर अन्तिम पटक रुन पनि पाइन मैले यो अधूरो पन सधैँ रहिरहने भयो, उहाँलाईलै न मैले सबै भन्दा बढि माया गर्न थालेको थिएँ, जिवनको एउटा अभिन्न हिस्सा बनाइसकेको थिएँ । बिधिको बिधानलाई कसले टार्न सक्थ्यो र मेरा लागि जे भए पनि बिकल दाजुले अन्तिममा मिठो जिन्दगी बाँच्न पाउनु भयो शायद उहाँको असल कर्मको फल होला भन्ने पनि लाग्यो । मैले घाटमा कुन्साङ्ग काकालाई कमसेकम एक दुई घण्टा कुरेको भए हुन्थ्यो भन्दा उहाँले आज सम्म कुरियो तर खबर खाबर केहि भएन लाश राखेको २ दिन भयो अब रात पर्ने भयो तिन दिन राख्न हुँदैन भनेर लगेको भन्नु भयो यसमा मैले कुनै उत्तर फर्काउन जायज ठानिन । 

हरेक शनिबार बिहान २ घण्टा बिद्यालयमा गाउँका सबैजना आएर जति सकिन्छ त्यसको भौतिक सँरचना बनाउने जस्तै कहिले पर्खाल लगाउने, कहिले भत्केको गारो मर्मत गर्ने त कहिले काठको काम गर्ने, कहिले नयाँ कोठाको लागि ढुङ्गा बोक्ने काम गर्ने नियम नै बनेको थियो । काम सके पछि सबै जना आ–आफ्नो घर जान्थे जाने बेला दाजुले मेरा लागि त सबै गाउँ आफ्नै घर हो बरु कुन चाहिँ दूलामा पसुँ म भन्दा कुन्साङ्ग काकाले दूलो फेर्नु हुँदैन सर भनेर अँगालो हाल्नु हुन्थ्यो अनि सबै जना हाँसेर रमाइलो हुन्थ्यो । हँसि मजाक गर्ने बिकलदाइको बानीमा काकाले झन घिऊ थपिदिनु हुन्थ्यो । 

बसन्तीले आज हजुर हाम्रो घरमा आऊनु है खाना खान आमाले बोलाउनु भको छ भनेर काकाको आँगनमा सबैले सुन्ने गरि भनेर दुई गौँडा फँगाल्दै आफ्नो घर तिर लागि मैले हुन्छ भन्न नपाउँदै । कुन्साङ्ग काकाले पनि आँखाको इशारा बाहेक म सँग केहि बोल्न सक्नु भएन शायद उहाँ सँग यो प्रसङ्गमा यो भन्दा बोल्ने अरु केहि थिएन होला । मलाई पनि जाऊँ कि नजाउँ भयो कसरी कुरा गरुँ के भनुँ के नभनुँ । यहाँ जिन्दगी दोसाँधमा अल्झिएको थियो, उस्को मायामा केहि खोट थिएन मैले पनि म सभ्यता सँग लीपिबद्ध भइसकेको छु उस्कै कबितामा मैले लय भरेको छु भनेकै थिएँ र पनि नेपथ्यबाट अर्कै लय गुञ्जिरहेको थियो न मैले कान थुनेर नसुन्न सक्थेँ न बसन्तीले मुख थुनेर रोक्न सक्थी । कस्तो अबस्था आउँछ कहिले काहिँ जस्को उत्तर आफै सँग हुँदैन कहिले काहिँ ।


मैले काकालाई सँगै जाउँ भने काकाले आफै अगाडि हिँडेर सहमति जनाउनु भयो उहाँकै पछाडि लागेँ । 

नमस्कार आमा सञ्चै हुनु हुन्छ भनेर कुरा शुरु गर्न मै तम्सिएँ बसन्तीले पनि काकालाई नमस्कार गरि हात जोडेर तर मलाई इशाराले मात्रै । जिन्दगी के रैछ र माइली दिदी हिजो यि निशान बाबुलाई एक छिन पर्खेको भए यिनको पनि धोको पुरा हुने रैछ, हामि त अन्यौलमा पर्यौ, टाढाको बाटो कमसेकम काका म आउँदैछु है भनेर खबर गरेको भए तिमिलाई त हामि एक हप्ता पनि कुर्न तयार थियौँ यसैमा भूलभयो अब यस्तै हुन लेखेको भयो के गर्छौ त भन्दै मलाई थुम्थुम्याउनु भयो । सबै जना मिलेर खाना खायौँ कुराकानी गर्यौँ रमाइलो पनि भयो एक छिन । अगाडि जति बोझ महशुस अहिले चाहिँ भएन । 

हजुरले सभ्यतालाई लिएर आएको भए हुन्थ्यो नि देख्न पाइन्थ्यो दिदि कस्तो हुनु हुँदो रैछ भनेर आफू बहिनी भएको पारा पनि बसन्तीले तेस्र्याइ । लाग्थ्यो दिदिको भाग बाट मलाई आधा नभए पनि अलिकति भाग दिए हुन्थ्यो भन्ने आशय देखिन्थ्यो । कसरी ल्याउनु बिहे नगरिकन उसलाई गारो हुन्छ नि बसन्ती खै कुरा बुझेको । हामि त एक अर्काका लागि आफ्ना हौँ तर समाजको अगाडि झ्याई झ्याईँ त पार्न बाँकि नै छ नि त्यो पनि समय आउनु पर्यो पछि ल्याउँछु चिन्ता नमान अनि तिमिलाई सँगै बजार घुमाउन लैजाउँला ।

हेर कुन्साङ्ग भाई जति केटा आए पनि उस्ले मन पराउने हैन म बिहा गर्दिन तपाईँहरुकै सेवा गरेर बस्छु, म एक्ली छोरा भने पनि मै छोरी भने पनि मै भनेर कसैलाई पनि अगाडि पर्नै दिन्न । यस्को दिन नजुरेको हो कि कुनै दशा शशा छुन यस बेला कुन चाहिँले पक्कै रोकेको छ भन्छु म त भनेर आमाले मै माथि अनि बसन्ती माथी अदृश्य प्रहार गर्नु भयो । मैले बसन्तीलाई हेरेर तिमिले यसो नगर बिबाह गर्नु पर्छ नत्र पछि पछूतो हुन्छ भनेँ उस्ले चाहिँ उहि जिद्दी प्रकट गरि म किन बिबाह गर्नु यत्तिकै जान्छ जिन्दगी बिबाह गर्नका लागि बाँकि हुनु पनि त पर्यो नि कोहि केटा मान्छे । म निस्सासिएँ त्यहाँ बाट उम्किन मन लाग्यो बसन्ती जोर जबर्जस्ती उस्को ठाउँमा ठिकै भए पनि मलाई अप्ठेरो लाग्यो । तत्काल सभ्यतालाई म्यासेज गरेर आइ मिस यू बुढी मिस यू सो मच भनेर उत्तिखेरै मोबाइलमा म्यासेज कत्ति छिटो गरेँ मलाई पत्तै भएन र पनि नेटवर्क नभएकाले पेण्डिङ्गमा गएर बसिरह्यो र पनि मन अलि हल्का भयो । म जसका लागि समर्पित छु उस्को याद मलाई काफि थियो । 

कुन्साङ्ग काकाले बिकलदाईको सर सामान मलाई हस्तान्तरण गर्नु भयो आँखा भरी आँशु पार्दै । टिनको बाकसमा सानो चावी लगाइएको थियो त्यो चावी काकाले उहाँको प्राण पखेरु उडेपछि बन्धनहरु फुकाउने बेला जनै बाट निकाल्नु भएको रे । त्यहि चावीले बाकस खोलेँ, त्यसमा डायरीहरु थिए, लत्ता कपडाहरु थिए । दाई र म अफिसमा सँगै बसेर खिचेको छ बर्ष अगाडिको फोटो पनि थियो, छोरा छोरीको पासपोर्ट साइजको फोटो आफ्नो नागरिकताको प्लाष्टिकको खोल भित्र आफ्नै फोटोको लाइनमा मिलाएर राख्नु भएको थियो । लेख्दा लेख्दै मसि सकिएका डटपेनका खोराहरु पनि थिए र मैले एक पटक दाजुलाई उहाँको जन्मदिनमा दिएको सुनौलो कलम चाहिँ नलेखी राख्नु भएको रहेछ अझै पनि खोल भित्रै थियो । 

दाजुको जन्मदिनको दिनको याद गर्न मन लाग्यो । मलाई थाहा थियो उहाँको जन्मदिन र पनि उहाँलाई यो अवसर हो भनेर भनेको थिइन । दाजुलाई मैले कन्याम जाउँ भने किनकी झापाबाट सबभन्दा नजीकको रमणीय ठाउँ त्यहि थियो । घुमियो वरियो अनि साँझ बस्न फिक्कल बजार पुगियो, बजार सानै भए पनि चोटिलो थियो । साँझ अलिकति सोमरस पनि भिजाइयो ज्यानमा अनि दाजुलाई बल्ल यहि कलम अनि डायरी दिएर ह्याप्पी बर्थडे वीश गरेको थिएँ दाई एक्कासी झस्किए झैँ गर्नु भएको खुशी पीडा बिश्मय माया जति सबै मिसाएर अनुहार बिगार्नु भएको थियो ।

तिमिले याद दिलाई दियौ आफ्नै जन्मदिन जुन म आफैले बिर्सिसकेको थिएँ भनेर मलाई धन्यवाद दिनुहुन्थ्यो, म आफू मख्ख पर्न भन्दा उहाँको मनमा खुशी कसरी हुन्छ भन्ने ध्याउन्न मा हुन्थेँ सकेको लाइपरी गर्थेँ । उहाँको बाबा हुञ्जेल हरेक बर्ष पण्डित बोलाएर पुजा गरेरै जन्मदिन मनाउनु हुन्थ्यो रे । नयाँ कपडा जुत्ता ढाका टोपि अनि रसवरी, लालमन मिठाईहरु खुवाऊनु हुन्थ्यो रे जिवनको हरेक यस्ता १२ औँ खुड्कीला यसरीनै पार भएका अनि १३औँ खुड्कीला आउन भन्दा एक महिना पहिला आफ्नो बाबा लाई गुमाउनु भएको उहाँको कथाले मलाई पनि चिसो बनायो, कठ्याङ्ग्रिए म पनि । तर पनि यो श्रृँखला सकिएको धेरै बर्ष पछि तिमिले मलाई अमूल्य उपहार दियौ निशान यस्को म केहि सँग तुलना गर्न सक्दिन । मैले आफ्नो जन्म दिनको झल्को छोराछोरिहरुको जन्म दिन पारेर मेटाउँछु भन्दै रापिनुहुन्थ्यो मैले उहाँको ग्लासमा आइसको एउटा ढिको थपेर अलि सेलाउँथेँ ।  

आज उहि दाजु मेरो साथ छोडेर कहिले नफर्किने यात्रामा महा प्रस्थान गर्नु भएको छ । सँझेर सँझिनसक्नु पहिरो गएको छ मनमा अब म के गरु कसो गरुँ भन्ने सोच्न पनि सकिरहेको छैन म । बाकसमा भएका उहाँका नीजि सामानहरु मैले काकालाई नै फिर्ता गरेँ बाकस सहित मैले मात्र उहाँले लेखेका डायरीहरु अनि कापिहरु मात्र साथमा लिएँ अनि कलम पनि काकालाई नै दिएँ किनकी मैले दिएको निशानी आफैले फिर्ता लिन मन मानेन । काकाले पनि उहाँले चलाएका सबै सामानहरु शिशाको दराज बनाएर सबैले देख्ने गरेर राख्ने भन्नु भयो यसमा भने मलाई गौरव अनुभूति भयो किनकी यो गाउँबासीहरुले उहाँलाई मृत्युपर्यन्त पनि याद गरिरहेको र गरिरहोस भन्ने लाग्यो । अब बिकल सरको नियाश्रो तिमिले मेटिदिनु पर्छ निशान भलै तिमि बर्षमा कम्तीमा एकपटक मात्र भए पनि आऊ, हामिलाई यत्ति भए पुग्छ हामिले केबल तिमिमा मात्र बिकल सरको झल्को पाउँदछौँ भन्नु हुँदा मैले पनि सहर्ष स्वीकारेँ । किनकी म पनि यो गाउँको एउटा अभिन्न हिस्सा हुन पाएँ भनेर । 
मलाई कति बेला यहाँ बाट फर्कुँ अनि सभ्यतालाई सबै यो गाउँको कथा अनि बिकल दाजुको कथा सुनाउँ जस्तै भएको थियो । सभ्यता नियाश्रो मानीरहन्थी म कतै बाहिरफेर हिँडे भने, कहाँ गयो के गर्यो भन्ने चिन्ता उसलाई भइरहन्थ्यो । उसले लिएको चासो र मायाले मलाई उर्जा थपिदिन्थ्यो अनि त काममा पनि मन लगाउन सक्थेँ । सबै दिनहरु यस्तै बित्दैनथे, स सानो कुरामा भनाभन भइरहन्थ्यो । हाम्रा कुराका कन्थाहरुले त लाग्थ्यो हामिले एक अर्कालाई चिनेकै रहेनछौँ जस्तो लाग्दथ्यो । 

उस्ले घर छोडेर कतै बजार तिर वा काममा हिँडि भने वा कार्यालयको काममा हिँडेको बेला मलाई लामो समय सम्म पनि वास्ता नगरे जस्तो लाग्थ्यो, सञ्चारका बिभिन्न माध्यमहरु हुँदा पनि उस्ले नजाने जस्तो गरेर टारिदिन्थी तर मलाई असह्य हुन्थ्यो । म टुट्थेँ घरी घरी अनि जोडिन्थेँ बडा सकसले मात्र । कहिलेकाहिँ मनभरी भएर गुनासो गर्दा उल्टै म सँग चित्त बुझेन भने अर्कै खोज भन्न पनि पछि हट्दिनथी तर म चाहिँ त्यसो भन्न आँट नै गर्दिनथेँ । आफ्नै जिवन अनि परिवेशहरुलाई हेर्ने मानिसको आ–आफ्नै तौर तरिका हुँदो रैछ र पनि यसमा म नै कमलो मन भएको कम्जोर मानिस हुँ जस्तै लाग्थ्यो । 

गाउँबाट बिदा लिएर म घर फर्किने जोहो गर्न थालेँ गह्रुँगो मन लिएर, बिकल दाईको अधूरो याद लिएर । डायरीका हरेक पन्नाहरुमा हरेक उपकथाहरु थिए उहाँका जिवनका वास्तविक भोगाईहरु । बास्तवमै दाजु हँसिमजाक गर्ने जिवनलाई सरल बनाएर बाँच्न खोज्ने मानिस हुनु हुन्थ्यो र उहाँलाईनै जिवनको कठिन यात्रा भोग्नु पर्यो । हुन त जन्मोप्रान्त नै उहाँका एक खाले ग्रहणहरु शुरु भइसकेका थिए र पनि बैबाहिक जिवन सफल हुन सकेन, जिवनदेखि बिक्षिप्त भएर बैबाहिक जिवनबाट सन्यास लिनु भयो र केहि समयको कष्टता पछि रिभान गाउँको साथले उहाँको उत्तरार्ध चाहिँ अति सफल अनि सार्थक रह्यो । उहाँका सबै प्रयासहरु जिवन बनाउने सफल नभएपछि आफ्नै कपालमा कात्रो भिरेर आफ्नै मलामी हिँड्नु भएका मेरा अतिप्रिय दाजु साँच्चिकै महा प्रस्थान गर्नु भएको छ । गाउँलेहरुलाई दुख नदिईकन ३–४ घण्टाको अन्तरालमा जानुभो रे भन्दा सुनेँ उहाँले आफूले जिउँदो हुँदा त कसैलाई दुख दिनु भएन प्राण त्याग्ने बेला पनि केहि सुसार गर्न परेन कसैले हाँसि हाँसि बिदा हुनु भएछ ।  

जिवनमा अँश हुँदा हुन, धेरै बर्ष लाग्दो हो यो इहलिला समाप्त हुन तर साराँशमा जिवनको अर्थ भनेको मृत्यु रहेछ अनि त्यस भन्दा पछि सँझनाहरु नै रहेछन त्यसको पछि पछि सहनु पर्ने बाध्यता रहेछ । दाजु बाँचुञ्जेल यस्तो दिनको म कल्पना पनि गर्न सक्दिनथे आज त्यहि भोग्न परिरहेछ । दाजुका पनि पर्दा पछाडिका जिन्दगी हरु थिए होलान, रोमाण्टिक जिन्दगीका केहि छालहरु थिए होलान तैपनि यि सबैलाई निस्तेज पार्नु भयो । म मा अहिले पनि यो प्रश्न किन यत्ति धेरै तिरष्कार गर्नु भयो आफ्नै चाहना हरुलाई किन तिलाञ्जली दिनु भयो आफ्नै जिन्दगीलाई । उहाँ जस्तो सक्षम मानिसको खाँचो थियो देशलाई मैले दाजुको जिवनबाट सिकेको के हो भने मानिस आफैमा खुशी र सुखी हुन सकेन भने उस्ले केहि गर्न सक्दैन रहेछ, मनको खुशी जस्तो केहि पनि रहेनछ । जिन्दगी नाताले बाँधिदैन मायाले सद्भावले बाँधिन्छ भन्ने सावित गरिदिनु भयो । मैले दाइको जस्तो बैबाहिक जिन्दगी भोग्न नपरोस, सभ्यताले मेरो अन्तरमनलाई चिनोस म उ भित्र समाहित हुन सकुँ नत्र यसमा पनि केहि खटपट भयो भने म पनि भाँडिन्छु भन्ने ज्ञान भयो । 

मेरो आदरणिय बिकल दाजुलाई हार्दिक श्रद्धान्जली दिन चाहन्छु उहाँको आत्माले स्वर्गमा पनि राम्रो सम्मानित ठाउँ पावोस । दाजुका पाण्डुलीपिहरुलाई यहाँहरु माझ म उचित समयमा कथाको रुपमा होइन सम्पूर्ण पुस्तककाकार रुपमा पस्किने प्रयासमा छु । हजुरहरुको साथ पाएमा यो अभिभारा पक्कै पुरा गर्ने छु । प्यारी सभ्यताको अपार माया ममताले मेरो यो अभिभारालाई पुरा गर्न सहयोग पुग्ने छ, उसै सँग उसैका लागि समर्पित यि हरफहरु फेरि भन्छु म उसै भित्र खेलिरहन पाउँ जुनी भर । 







Friday, 6 December 2013

कञ्चनजङ्घा एक्सप्रेस



कन्चनजङ्घा एक्सप्रेसको वातानुकूलित डिब्बामा करिब १०० किमि प्रतिघण्टाको गतिमा हुईँकिएको थियो रेलगाडि । नेपाल पनि आज भन्दा २० बर्ष अगाडि त के थियो र पूर्व मेचीबाट पश्चिम महाकाली सम्म पुग्दा पुगनपुग दुइ दिनै लाग्दथ्यो । एउटा डिब्बा बिचमा डाइनिङ्ग डेस्क उता तृष्णाको बेड यता चाहिँ आफ्नो तै पनि उताको बेड खाली थियो । खालि हाम्रा झोलाहरु, झोला बाट निकालिएका लुगा कपडाहरु उस्का सौन्दर्य सामग्रीहरु बिस्तरा भरि भाँडा कुटी खेलिरहेकै थिए । 

मानिसहरु पहिले पहिले गुन्यू चोलो लगाउँथे रे, कपाललाई चुल्ठी पारेर डोरीमा फुर्को पारेर बाँध्थे रे भनेर कथा हाल्दै थिएँ । रेलगाडी पहाडको सुरुङ्गमा पस्यो चकमन्न मनमा भए पनि त्यो भन्दा उज्यालो हुन्थ्यो भित्र भरि । ऊ भने आधि होशमा ए हो र बुढा मलाई पनि त्यस्तै किन्देऊ न लगाउंछु कस्तो हुँदो रैछ भन्दै थिई । मैरै पलङ्गमा मलाई नै अचेटेर उत्तानाट््याङ्ग लगाएकी थिई अरु त बुढाबुढीको नीजि क्याबिन भएकाले यसलाई सार्वजनिक किन गर्नु । 

कन्यामको चियाबारीमा एउटा रिजोर्ट त्यसको पनि डिलक्स कोठामा एक दिनको पुरा चक्र बिताइयो । उता चियाबारीमा श्रमीकहरुले चियाको मुना टिपेको देखेर सोध्थी म चाहिँ मुण्टा चिमोटेर चुँडेको भन्दा वाल्ल परेर लजाएझैँ गर्थि । फेरि लजाउनु पनि किन माइखोलामा नट बोल्टले कसेर झोलुङ्गे पुल बनाए जस्तो उस्को जिउडाल पहिरन हुन्थ्यो, आफै अलमल्लमा पर्थेँ कि कुन चाहिँ देखाएकी अनि कुन चाहिँ लुकाएकी हो, झन मेरो साथमा यसरी हिँडदा झन बहुलाउँछे, बैशले उन्मत्त हुन्छे उसैमा म पनि कुन चाहिँ ब्रम्हाचारी परेँ र फेरि । 

कन्यामको सुख्खा डाँडामा तल खोलाबाट लिफ्ट गरेर पानी तानेको रैछ,  हामि बसेकै रिसोर्टमा स्वीमिङ्ग पुल सँगै वाटर फन पार्क रैछ , प्राइभेट केजमा रमाइलो गरियो त्यहिँ ज्यान सुकाएर पाट्टिएपछि ओझेलतिर को वाइ क्याफे कर्नरमा बसेर स्न्याक्स सँगै बियर चुस्की लगायौँ । आष्ट्रिच चराको मासुको परिकार मिठो तर मासू चाहिँ निकै चाम्रो हुने चपाउनु मजै आउने रैछ । तृष्णाले म त अब बियर पिउँदिन बुढा एक ग्लास ग्रेप वाइन पिउँछु ल मलाई रुम सम्म तिमिले नै बोकेर लैजाऊ है भन्दै थिई म चाहिँ तँलाई घिसार्दै घिसार्दै लैजान्छु भन्दा कोपर्न आउँथि तर नँग्रा देखाएर किस खाएर जान्थी के भन्नु । 
हिजो बेलुका त म कति बेर निदाएँ के के भयो केहि थाहा पाइन डल्ले तिमिले बोकेर ल्यायौ कि घिसाररै ल्यायौ साँच्चै भनेर आँखा पल्टाउँदै थिई मैले भैँसिलाई बोक्छन कि घिसार्छन भनिरहनु पर्छ भन्दा कानमा रातै पार्ने गरि टोक्थी ऐया भने पछि सरि बाबा भन्दै मुसार्थि फेरि मलाई हाइसञ्चो यस्तैमा हुन्थ्यो । अलिबेर जिस्क्याएर सताएर माया गर्न मन लाग्ने भुक्तमान म पनि ऊ झन मेरो दोब्बर थिई कहिलेकाहिँ त ख्याल ख्याल गर्दा स्यालै पल्टन्थ्यो भन्या । ऊ रिसाउँदा चाहिँ अब फेरि कहिले यस्तो गर्दिन भन्थेँ तर गल्दै नगल्ने, मै सँग पराइको ब्यबहार गर्ने यो पीडा सहनु पथ्र्यो मैले । आफ्नो मान्छे रिसाउँदा वा मन दुखाउँदा उस्लाई भन्दा मलाई बढि मलाई पीडा हुन्थ्यो । 

तलाई त लिएर हिँड्यो कि एउटा न एउटा बितण्डा गरेकै हुन्छे अब देखि यो वियर सियर वाइन स्वाइन पि त मात्रै ।

के भयो ए बुढा अन्त तिमि यत्रो घोर्ले भएर के काम भयो त एउटी प्यारी हिस्सी परेकी बुढी पनि ततेर्न सक्दैनौ भने, तिमि छौ र त म रमाएकी छु, कहिले काहिँ त मलाई पनि वाइल्ड बन्न देऊ न यार तिम्रो साथ त मेरो लागि सँसार हो नि तिम्रो काख मेरो खेल्ने मैदान हो बुझ्या हो कि नाईँ 
तँलाई मैले कति सँझाए मेरी प्यारी तृष्णा यसरी नमात आफ्नो बस्त्र पहिरन खोलेर जताततै नफ्याल भनेर मान्ने होइन, ज्यान मा एउटा केहि नराखी कोहि ढोका तिर कोहि वाशरुमको ढोका तिर कोहि झ्याल तिर, पेण्टी त तेरो डस्ट बिनमा थियो झ्याल खुला भएका भए त एक दुइवटा बाहिरै गइसक्थे । अनि गफ गरुँ होशमा छैन सुत भन्दा मान्ने होइन जाडो छ कपडा ओढाउँदा ओढ्ने हैन । अनि सकि नसकि नाङ्गै वाशरुम जान खोज्छे तर जाने चाहिँ कोठाको ढोका तिर उस्स अनि समातेर वाशरुममा ल्यायो सबै पानीका धारा खोलेर अनि सावर खोलेर आफू पनि निथ्रुक्क भिजेर आइछ यति गर्दा पनि थाहा पाउन्नस भने पछि के भयो होला हालत आफै भन । 

खित्का छोडेर धित मारेर हाँस्न लागि कन्ट्रोल गर्न गारो पो भयो मलाई त उस्को खित खित धेरै बेर सम्म रोकिएन र शायद उ यति धेरै खुशी भएको पल मैले देखेको आजै थियो । ओइ डल्ली धेरै नहाँस फेरि पानी आउँछ आकाशबाट चरा खस्छन है बिचार गर भनेको बल्ल रोकियो हाँसो । त्यहि पनि बिसाउँदै खित्काउँदै थिई थाहा नपाउलान भनेर फुस्फुसाउँदै थिई । 

चुरियामाईको मन्दिरलाई दाहिने पार्दै देऊराली पुमपुम हेटौँडाको बजारमाथि स्टीलको फ्लाईओभर हुँदै शहिद स्मृति उद्यानको पीँधमा रहेको चामटारी स्टेशनमा रोकियो । रेलगाडिको सेवा पनि अति राम्रो सुरक्षा पनि भरपर्दो लाग्यो अनि त्यहिँ नेर होटलबाट भ्यान हामिलाई लिन आइसकेको थियो । तै पनि हामि आफ्नै तवरले होटलमा पुग्यौँ प्रायोजित भ्यानलाई फिर्ता पठाईदियौँ । उद्यानबाट रापती नदीको बेसिन सम्म आऊने सुपरफास्ट फ्लायरमा बसेर ४ मिनेटमै तल झर्न पाइयो, बाबै झण्डै सास खुस्केको ओरालोमा कति छिटो झारेको भन्या भन्दै खुइइय गर्दै थिई । यो आइमाईको जात कहिले डराउने कहिले हराउने यस्तै हुन तर घुम्न चाहिँ निकै मन पराउने भन्दै तृष्णालाई मायाको पप्पीले फकाउँदै थिएँ म ।

पुमपुम बाट चामटारीमा झरेपछिको पलहरु पनि अविष्मरणीय नै रहे, अझै बिर्सन भन्दा पनि भुल्न गारो हुँदो रहेछ त्यस्ता कुराहरु । तृष्णासँग बिताएका सेकेण्डहरुको पाई पाई हिसाब किताब हुन्छ यो पिरतीको कार्यालयमा उनैको जोड घटाऊ उसैको बखान उसैमा निहुँ त्यसैमा खिचलो अनि फेरि मिलन कत्ति मिठा यी भाँडाकुटीका भौचरहरु । पार्कको पहाडभित्रै सुरुङ्ग मार्ग त्यसमा चोइटिएका क्याफेहरु जता हेरुँ अनौठो अनि जति घुमियो भन्यो एकै छिनमा उहि ठाउँमा आइने रैछ कस्तो बेजोड बिज्ञान अनि कला कौशलता शायद हामिले कहिले भेटेनौँ । तुलनामा क्षेत्रफल सानै भए पनि दोब्बर सुबिधा र सञ्चयले पनि चकित नै पार्यो । चिडियाखाना, पार्क, फुलबारी, रमाइलो पानी खोप्पी जस्ता कत्ति हो कत्ति रमाउन लाइ तर चाहेर पनि हामि दुइजना समय अभावले पानी खोपीमा मज्जाले खेल्न पाइएन अर्को पटकका लागि निम्तो लिएरै आएको सहि । 

मैले तृष्णालाई मात्तिएको सम्हालेको अनुभव त थियो तर उसै गरि म आफू मात्तिएर उस्ले सम्हालेको देख्न भोग्ने इच्छा पुरा गर्न रहर जाग्यो अनि मलाई सम्हाल है आज त न पिउनु म टन्न पिउँछु तिम्रै काखमा भन्दा च्यास्सिँदै थिई । यस्तो भुस्तिघ्रे लड्यौ भने म कसरी उठाउनु नाईँ भो धेरै होसै नपाउने गरि चाहिँ नपिऊ ल भन्दै सँझाउँदै थिई ।

तिमि आइमाई हरु जस्तो हो र म सुँघ्दा बित्तिकै ढलीमली गर्ने किन पिउनु यस्ताहरुले ज्यानमा एउटा कपडा पनि नराखीकन हुर¥याउने हरुले । आज पख म पनि त्यस्तै गर्छु भन्दा धित खोलेर हाँसी तिमिलाई कपडा फाल्न पिउनै पर्छ र ? छोड यो कुरा किन बिबाद गर्नु पिऊ जति पिउन मन छ पिऊ म आज पिउँदिन उठाउन सकिन भने म पनि तिमि जहाँ लड्छौ त्यहिँ सुत्छु भनेर ओजस्वी जिम्मेवारी प्रकट गरि त्यो भन्दा बढि गर्व चाहिँ मलाई भयो कि आफ्नो मनको भाषा बुझ्ने बुढि पाएकोमा ।   

पहिला सुर्खेतमा बुलबुल ताल भनेको एउटा कुण्डहो भन्ने सुनेको थिएँ किताबमा पढेको थिएँ र पनि उति सारो मनमा तात्पर्यता थिएन ताल पुग्नलाई तर सुर्खेत आफैमा सुन्दर ठाउँ रमणीय उपत्याका भन्ने भएरै तृष्णालाई लिएर देश दर्शनमा हिँडेको थिएँ । लामो रेलको यात्रा भयो पटक पटक गरि जस्ले गर्दा उस्को ब्याक पेन हुन थालेकाले मैले अलिकति मालिस गरिदिए पछि आराम भयो । जति लुकामारी खेले पनि जति ठूलो युद्ध गरे पनि चाहिने यहि माया लाग्ने यसैलाई । कहिलेकाहिँ त भन्नु नभन्नु भन्छे भनाभन हुन्छ बोलचाल बन्द हुन्छ झन सँझिने कस्तो सम्बन्ध भयो थाहै भएन त्यसको एउटै औषधि दुइ जना एक ठाउँमा भए पछि अरु सबै साम्य हुन्थे न रिस न राग साम्य हुन्थ्यौँ दुबै जना । कामको शिल्सिलामा हामि अलग हुन्थ्यौँ अनि बिदा मिलाएर भेट्नु पथ्र्यो । 

सुर्खेत बुलबुल ताल, माया मै सानो हुनाले छुट्यो माया जाल भन्ने गित झलक्क मनमा आयो जतिबेला उहि कृतिम ताल माथिबाट हाम्रो रानीबन शुभयात्रा रेलगाडी मडारिँदै थियो मन अलि शितल भयो सोचे भन्दा । भर्खर बिहानी हुँदै थियो चरा चुरुङ्गीहरु आफ्नै भाषामा दिनको स्वागत गर्दे थिए । घामको लाली टाकुराहरुमा ओर्लिँदा हामि पनि गाडिबाट ओर्लियौँ । तृष्णा आफै प्यासी थिई नामैले त्यसैले त म ठिक्क परिदिन्थेँ उसको प्यास मेटाउन पानीको वा अरु कुनै तरल पदार्थहरुको बाहेक । 

मेरा केहि उसँग गुनासाहरु थिए र पनि भन्न सक्दिनथेँ किनकी मेरा गुनासाहरु उस्ले सुन्न चाहदिनथी ठाडै आउँथी कुनै कुरामा र पनि आफैले पचाएर सुकाएर भन्नै छोडिदिएको थिएँ र अहिले त ति गुनासाहरु पनि छैनन । अब मेरो गुनासो भने आफू सवल हुने हो मात्रै थियो । वास्तवमा म उस प्रति कस्तो भएको हेर्न चाहन्छु भन्ने कुरामा नै अभिमत बाझिन्थ्यो र म नै पछाडि हटिदिन्थेँ किनकी मलाई सबै भन्दा प्यारो उसैको साथ थियो । 

यति धेरै खुशी, यतिसारो उदण्डता अनि यतिसारो मायाको प्रयोग पहिलो पटक गरिएको थियो । अबिकसीत देशमा जन्मेकाे मान्छे, ६ ७ कक्षा सम्म पनि जाँगे र चप्पलमा बिद्यालय धाएकाे मान्छेलाई यि सबै कुरा अलाैकिक नै थिए, शायद अर्कै लोकमा पुगे जस्तो भयो । समाजमा भएका सबै चलन चल्ती मान्छेले नै बनाएका हुन । अाँगनबाट मूलबाटाे सम्म पनि अाउन नसक्ने मनस्थिती बोकेर हामि कञ्चनजङ्घा एक्स्प्रेसमा देश भरी कुद्याैँ । मानिसको सपना नै त हो बिकसीत देशकाे नागरीक हुन कस्लाई मन लाग्दैन र . चार खुट्टालाई किला ठोकेर ठम्क्याएको फलिका ठोकेकाे खाटमाथि पनि बिकसीत नेपालको नामुद कञ्चनजङ्घा एक्सप्रेशकाे अत्यन्तै मिठो ब्यूँझनै नमिल्ने सपना देखिरहेकाे रहेछु । 

सपना देखेपछि, हिजो सम्म चढेकाे म्याजिक गाडोको पछिल्लाे सीटमा बस्न मन लागेकै छैन । खुट्टामा लाएका म्याजिक चप्पल अचेल पड्किन थालेका छन । अरु सबै चीज सङ्ग या जीवनको यो दैनिकी सँगै तालमेल मिलिरहेको छैन । अब फेरी पनि अाँखाले, मनले त्यहि कञ्चनजङ्घा एक्सप्रेस कहिले अाउला भनेर मनको प्लेट फार्ममा पर्खिरहेको हुने छ । 

Wednesday, 24 July 2013

नाता र सम्बन्ध

साउने झरी, बाढि पहिरोको वास्ता नगरी म बाम्चे जान ठडिएको थिएँ कसैलाई नसोधी घरमा समेत नभनिकन । बिबाह गरेका मानिस त हराएको ३ बर्ष बित्दा पनि उनका जहानहरुले खोज्न नहिँड्ने रैछन, झन मेरो त जहाँ जाला जोगी भातै खाला जस्तो मान्छेलाई कस्ले पो खोज्नु भनेर आफैसँग बाउँठिएर अनि आफैसँग बोझ भएर फेरि उसैलाई सकि नसकि ठस ठस कन्दै बाम्चेको उकालोमा बोक्दै थिएँ । माइखोला आफ्नै गहिराईमा निरन्तर बगे पनि बेशरम बाटो चाहिँ घरी घरी माथि माथि सरिरहन्थ्यो ।

धेरै नै उकालो उकासिए पछि आँगन सँगै जोडिएको समीको फेदको ढुङ्गे चौतारीमा टुसुक्क बसेर पुन्पुराको पसिना पकेटबाट रुमाल झिकेर सलक्क पुछेँ । आमैले बाहिर आउँदा दुइ झुतेली मकै अनि भित्र जाँदा एक अँगालो भरी दाउरा लैजानु भो । गोठमा २ वटा चिल्ला भैँसी देखेपछि आम्मै यसो गोरस पाइन्छ कि, सारै खरो भयो बरु कति पैसा पर्छ तिर्छु भनेँ डीलैमा बसेर । मज्जाले ठोक्कियो नि निधार पनि टुटुल्कै उठ्ने गरि, एक छिन पर्खँदा पनि महि किन आएन भनेर हुर्रिँदै भित्र जान खोज्दा त बैँसले डोलिएकी सोल्टीनी सँग कहिल्यै नभुल्ने गरि ट्वाङ्गै ठोक्कियो भन्या, महि पनि भुइँमा न भाँडामा भयो । महिले गुन्द्री छिचोलेर गए पनि एक मुठी नौनीको डल्लो चाहिँ त्यहिँ अड्किएको थियो ढडियामा माछा अड्के जस्तै ।
 
भन्न नहुने ब्यथा सारो भनेको यस्तै हो भन्थे हो रैछ, उता सोल्टिनी पनि रुनु न हाँस्नु भएर बिचैमा अड्किएकी थिई । मान्छेको जातलाई गुन गरम भनो यस्तै हुन्छ जहिले पनि भन्दै गुन्द्रीमा अड्किएको नौनी भुत्लाले उठाउँदै थिई । अन्त तिमी जहिले पनि कसैले पानी मोही मागे भने यस्तै गरि ठोकिन्थ्यौ र । तर त्यति सारो हेपेर चाहिँ नभन है, मैले के पो उपद्रो गरेँ र ? झुक्कियौ तिमि पनि म पनि झुक्किएँ, ठोक्कियौ तिमि पनि म पनि ठोक्किएँ, न तिम्रो गल्ती न मेरो बिराम अब हिसाब बराबर । अब तिमि र म ढोकामै ठोक्किन लेख्या रैछ त के गरम । म यहि बाटो हिँड्नु, तिम्रै आँगनमा बिसाउनु तिम्रै मोई माग्नु, तिमिले पनि ढिलो गर्नु मैले छिटो गर्न खोज्नु सबै लेखान्तर हुन के । यहि हो कि तिम्ले मलाई भुल्दिनौ, अब त अरु कुनै बटुवाले मोहि मागे भने पनि तिमि मलाई सम्झिने भयौ सोल्टिनी ।
 
अन्त मईमा सन्दुक बाट नौनीको डल्लो राख्दा बेर भयो नि छिट्टो गर्छु भनेको त हो नि भनेर नङ्ग टोक्दै थिई, अनि हातको छेल पारेर मलाई भिजाउने गरि पग्लिरहेकी थिई जुन म अलग्गै चाल पाउँथेँ । धेरै आँखा नलाऊ है सोल्टीनी लभ पर्ला फेरि के गर्नु आफ्नो जोर जाम नभा भे त आजै तिमिलाई लिएर हिँड्थेँ के गर्छयौ भाग्यमा नलेखे पछि, तर जे भए पनि म तिमिलाई चाहिँ किमार्थ भुल्दिन । तिम्रै लागि भए पनि यो बाटो ओहोर दोहोर गर्छु र मिले सम्म फर्किँदा यहिँ बास बस्ने गरि आउँछु ल सोल्टीनी खै नाम पनि भनिनौ, साइनो त भयो तर बोलाउने नाम पनि पाए कति जाती हुन्थ्यो है ।
 
पछ्यौरीको सप्को हातमा निचोर्दै अनि निमोठ्दै उसले मलाई कहिले आउनु हुन्छ हजुर, म ठेकीमा दुधको तर मात्र दहि जमाएर राख्छु, हजुर आउने दिन महि पारम्ला अनि हजुर लाई पेट भरी नौनी ख्वाएर पठाउँछु नि । ममता हो मेरो बोलाउने नाम अर्को नाम त भन्दिन भो लाज लाउँछ हि हि हि । म फेरि धेरै घिऊ खाएर छेरपाटे लाग्यो भने के गर्छौ भन्दा बोली खस्न नपाउँदै टिप्पा खेलाइहाली । हाम्रा बहत्तर बर्षका हजुरबाले त चरेसका एकमाने बोडकामा मनतातो घिऊ सनक्कै पिउँछन, त्यत्ति पनि नपचाए त के मर्द भको सार भयो र ह्या यहाँ त घिऊ नपचाउने लाई त नामर्द भन्छन ओई होस गर्नु । मैले पनि किन सानु बन्नु भनेर बाजी भयो तिमि र म सँगै सँगै उत्ति उत्ति खाने बराबर अनि कसलाई नपच्दो रैछ हेरौँला ल ।
 
म बाटोमा ओर्लिए पछि जस्सरी पनि बस्ने गरि आउनुस है पक्का । मान्छे त हजुर सारै असल तर हाड नभाको जिब्रो कतै लल्याकलुलुक होला नि फेरि डरै लाग्छ के त । मैले पनि यति धेरै माया नमान होई मेरो घरबार बिग्रला फेरि भन्दै  हिँडे ऊ चाहिँ लुरुक्क घर भित्र छिरिहाली । ममता सँग जे जति कुरा गरे पनि मेरो मथिङ्गलमा चाहिँ त्यस्तो भुईँचालै चाहिँ गएन । एक्कासी ठोक्किएर एक्कासी झ्याम्मिँदा चाहिँ साँझ बिहान स्वीच अन अफ गरेर अँध्यारो उज्यालो गराए जस्तै भयो । खुलेको अनुहार, सलक्क परेको जिऊ, गिलो माटो जस्तै  खेलाऊँ खेलाऊँ झैँ जस्तो, गहुँ गोरी, बोलिमा पनि कति मिजास, स्याहार सम्हार, उस्को नाम जस्तो काम पनि भरिपूर्ण थियो ।
 
चार घण्टा हिँड्दासम्म एकादुई बाहेक बटुवाहरु पनि भेटिएनन, भेटिए त बरु लँगूर बाँदरको हूल, बाटैमा घेरेर मलाई गिज्याउन उल्याउन थाले । म पनि केहि चलमल नगरिकन ढुङ्गामाथि बसेँ कोहि आऊला अनि जाउँला भनेर । एक छिनमा १० १२ जना केटाकेटीको हूल बाँधेर आए, उनीहरु ओरालो लागे म चाहिँ उकालो लागेँ । डाँडा माथिका घामलाई भेट्टाउन जति कस्सिए पनि सकिएन हेर्दाहेर्दै घाम डुबे, कताकति लाली किरणहरु हिमालमा झुल्किए पनि यता तलतिर चाहिँ अँध्यारोको बिस्कुन थियो । वरिपरि ओडार बाहेक केहि देखिएनन, सोधौँ भने बाटोमा हिँड्ने मानिस पनि चालमाल सेलायो । एक मनले गुहार मागौँ कि झैँ लाग्यो तर अर्को मन त्यो गर्न मानेन तै पनि मोबाइल बाल्दै उकालिएँ । अलि माथि पुगे पछि अझै माथि जँगलको छेऊमा घरमा बत्ति बलेको देखियो ।
 
अब त छिचोल्नै नसक्ने गरि चकमन्न भयो तै पनि लौरोको सहाराले हिडिरहेकै थिएँ । मेरै पछाडिबाट के चिज हो झ्याम्म हाम फाल्यो सासै रोकिएला जस्तो भयो र पनि चिच्याउन सकिन । आधा सास रोकिँदा रोकिँदा पनि हिँडे, पछि म आफै पनि कान्लोबाट तिन बल्ड्याङ्ग लडे हिलै हिलो भयो ज्यान । धन्य नजिकै एउटा घरमा टुकी बालेको मधूरो देखियो बल्ल जीउमा पालुवा पलाएर आयो ।
 
को हुनु हुन्छ घरमा भनेर आँगनमा टेक्दै के थिएँ लेऊ लागेको रैछ फेरि चिप्लिएँ आवाज सुनेर सबै जना पिँढीमा निस्के । म त अस्ति ब्याएको लैनो पाडो फुत्केर लोटेच कि भनेको त मुन्छे नै पाडा जस्तै छाँट्टिनु भएच नी कठै बरा चोट लाओ भन्दै दाइले पाखुरामा समातेर फेरि चिप्लीन्छ कि भनेर पिँढी सम्म ल्याउनु भयो । कपडा हिलै हिला, जुत्ता भरी हिलो झोला त माले गोरु जस्तो पो भाको थियो त । यिनको त के सुर्ता भयो र बाँचेर यहाँ सम्म कसरी आइयो भन्ने चिन्ता र बल्ल पो मनमा अगाडिको डर लाग्न थाल्यो ।
 
यस्ता राती बिखाँआ बत्ति छैन लाइट छैन बर्खाको बाटो धन्न हजुरको गरहे बलिया रचन । यता त यो साल किन हो कुन्नी बर्खा मासै बाघले बेला बेला पाडा बाख्रा थुतेर लान्च धन्न भन्दै आमाले सकि नसकी जिब्रो लेप्रयाउनु भयो । म त नजिकै बस्ने बास पाइएला भन्दा भन्दै यस्तो भयो तर केहि छैन अब त आइपुगेँ आजको रात बास बसेर हजुरहरुलाई दुख दिने भएँ भन्दै झोला बिसाएँ कपडा फेरेँ अनि मुल खामोमा अडेस लगाएर बसेँ । उसिनेका मकै र नून खुर्सानी अनि मरहठीको चटनी सँगै खायौँ । बाक्लो न बाक्लो महि सँग मकैको स्वाद कहाँ दाँज्न सकिन्थ्यो र बजारिया रिसीपी सँग ।
 
दोश्रो दिन बिहान दुइ घण्टा उकालिए पछि तेरपाएँ बस्तीमा पुगियो । आँखाले हेर्दा भौतिक रुपमा मिलेको गाउँ, छेवैमा पुवा खोलाबाट सानो टर्वाइन राखेर गाउँलाई २४ सै घण्टा मनग्गे पुग्ने गरि बत्ति, घर घरमा चर्पी, प्राय जसोका घरमा करेसाबारी, ब्यबसायिक रुपमा तरकारी खेती, पशुपालनको राम्रो उपयोग भएको बिकसित बस्तिमा आइ पुगिएछ र त पत्याउनै गारो भइरहेछ यतिका माथि आएर कसरी सुगम भयो भनेर ।
 
गाउँमा एउटा अजीव मानिस आएर बसेको पनि एक हप्ता भइसक्यो तै पनि मानिसहरु बेखबर थिए । दुकानमा गएर कहिले चाउचाऊ किनेर कहिले तरकारी रोटी खाएर त्यहिँको एक घरमा दिन भरनै अन्तध्र्यान भएको धेरैले वास्ता गरेका थिएनन । कुन्साङ्ग काकाले चियो गरिरहेका थिए, उनी चाहिँ भोकले छटपटाइरहेका थिए कि उसको बारेमा बुझ्न, अझ उसको मासुम उदासिनतालाई चिर्न हतारो भएको थियो ।
कुन्साङ्ग काका सक्नुहुन्छ भने मलाई यहि प्राथमिक बिद्यालयमा पढाउन दिनुहोस मलाई तलब केहि चाहिँदैन बढि, मात्र यस गाउँमा बस्न बास अनि बिहान बेलुका हात मुख जोर्न पाए हुन्छ मलाई रोजी होइन छोडी खान्की भए पनि केहि फरक पर्दैन कुनै गुनासो गर्दिन म । कुन्साङ्ग काकालाई निहूँ भइहाल्यो मेरै घरमा बस्ने हो सर, तपाईँले नभने पनि मैले हजुरलाई हप्ताभरीमा धेरै पढेको छु, भोलिबाटै यो बिद्यालयमा पढाउनु भए पनि म मिलाइदिन्छु भन्दै काकाले आफ्नो घरमा बास सार्नु भयो ।
 
उतिबेला कसैको घरमा चर्पी थिएन । चर्पी नहुँदा गाउँमा हुने गरेको स्वास्थ्य सम्बन्धि समस्याहरुको बारेमा केटाकेटी सँगै राखेर अभिभावकलाई पढाउँदा औधि रमाएका थिए केटाकेटीहरु । पाकाहरुले केटाकेटीहरुलाई सँगे तोते सँगत सँगै चर्पी बनाउने अठोट गरेर फर्केका थिए । एक हप्ता बिद्यालय बन्दै गरेर सबै जना काममा जुटेका थिए । तेरो मेरो भन्ने थिएन हाम्रो भन्ने थियो सबैले सबैको नसकुञ्जेल सघाउने भनेर सबैका सकिएपछि मात्र छोडेका थिए । यहि काम गर्दा गर्दै बिद्यालयका सरले सहकारीको बारेमा पनि जागरण फैलाई सकेका थिए र त चर्पी सकिएपछि सबै मिलेर गाउँमै हातेमालो बचत तथा सहकारी सँस्था पनि खोलिकन शेयर बापत आफूले सके जति जम्मा पारेका थिए अनि सबैले महिनामारी पनि बुझाउँथे । अब त सहकारी भनेको कुरो गाउँको बिकास गर्न अर्म पर्म गर्न दुख सारो गर्जो टार्न अझ त्यस भन्दा बढि आयमूलक काम गरेर पैसा कमाउनलाई असली काम रैछ भन्ने सबै गाउँलेलाई थाहा भइ सकेको थियो ।
 
गाउँमा सबैलाई काम पुगेको थियो । त्यस भन्दा अगाडि गाउँमा तरकारी समेत बाहिर बाट आउँथ्यो तर पछि भने गाउँमै सबै तरकारी फल्न लाग्यो गाउँले लाई पनि बढि भएर बाहिर समेत पठाउन थाले, यो सबै काम सहकारी बाटै हुन्थ्यो । गाउँभरीका तरकारी सहकारीले किनेर पहिले उनै गाउँलेहरुलाई नै सस्तो मुल्यमा बेच्थ्यो र बाँकी बाहिर पठाउँथ्यो र यस बाट भएको फाइदा समेत उनै गाउँलेहरुलाई हुन्थ्यो ।
 
दुई बर्षको पैसा जम्मा पारे पछि गाउँलेहरुले नजीकैको पुवा खोलाबाट पुग्ने गरि बिजुली निकाल्ने अठोट गरे अनि गाउँ बिकास समिति बाट दश लाख अनि आफू सँग जम्मा पारेको ३ लाख अनि अरु १ लाख थप थाप गरेर १४ लाखमा गाउँमै बिद्युत निकाले । त्यसको पनि महिनामा सबै घरले २० रुपैँया महशूल उठाउँथे अनि त्यहि बचत मै जम्मा पार्थे । दिनभर केटाकेटीलाई पढाएर साँझमा उनै अभिभावकहरुलाई प्रौढ शिक्षा समेत पढाउँथे । अब त गाउँमा अक्षर नफोर्ने कुनै अभिभावक पनि बाँकी थिएनन । अरु त के उहि कुन्साङ्ग काकाकी ७८ बर्षकी आमा समेत अब त बाह्र खरी खर्ररै पार्नु हुन्थ्यो कति रमाइलो भएको थियो गाउँ सिमै थिएन ।
 
यो भनि रहँदा कुन्साङ्ग काका धेरै पटक रुनु भयो बरर्ररै आँशु झारेर । मलाई पनि परदेशी सर प्रति श्रद्धा जागेर आयो अनि फोटो सोटो केहि छ कि काका कि कुनै हुलिया छ कि उहाँको भनेर सोधेको थिएँ उसैमा काका तस्वीर त यो छातिमा छ नि तर हनुमानले जस्तो फोरेर देखाउन नमिल्ने बाबु तर फोटो खिच्ने त अत्तो पत्तो नै भएन, हामि सँग त कमेरा पनि छैन । ऊ पल्लो गाउँको देबेन्द्र काजीले दशैँको बढाइँमा फोटो त खिचे जस्तो मान्थें बजारमा बस्ने मान्छे उतै गए होलान बाबु भनेर त्यो पनि बिर्को लगाउनु भयो काकाले ।
 
तर बाबु उहाँलाई एकान्तमा धेरै पटक रोएको देखेको थिएँ मैले । अरु भन्दा पनि छोरा छोरी लाई सँझेर सिरानी लाई झम्टेर सासले रोएर भक्कानिएको धेरै पटक देखेको हो मैले । एक पटक त दारी कपाल लामो भएर मैले नै लाहुरे कैँचीले काटेर छोटो पारेको थिएँ । तो मान्छे अरुलाई सहयोग गर्न परोपकार गर्दा आफ्नो सास पनि गएको थाहा पाउँदैनथ्यो । अरु कुनै कुरा फुस्काउने भए पो मरिकाट्टे भन्ने होइन, अलिकति सोध्न पनि हजार दाऊ मिलाउनु पर्ने ।
 
यो गाउँ बाट जान भन्दा एक हप्ता पहिला जरोले शिथिल परेर बल्ल उठ्नु भा थ्यो तै पनि तँग्रिएपछि बिद्यालयमा गएर हाम्रा नानी बाबुहरुलाई कहिले नराम्रो नसोच्नु, नराम्रो काम नगर्नु, आमा बाबुको सेवा जस्तो ठूलो अर्को कुनै धर्म छैन, घर टोल सफा पार्नु पर्छ, अब मैले सकेको गरिलाएँ अब तिमिहरुले गर्नु पर्छ म माथि बाट भए पनि हेर्छु भनेर केटाकेटीहरुलाई सबैलाई चकलेट बाँडेर पठाउनु भएको रैछ अनि त्यसै राती कसैलाई केहि नभनी हिँड्नु भएछ । एक दिन हामिले पनि कतै जानु भएको होला भनेर खोजेनौ, अर्को दिन यता वल्लो गाम पल्लो गाम सबै खोजेम कतै भेटिएन त्यस पछि केटाकेटीले एक महिना सम्म बिद्यालय जानै मानेनन बाबु यहि हो अबस्था । मलाई यसैमा ठूलो दुख छ कमसेकम कहाँ जाने हो के छ अबस्था कहिले काहिँ भेटन मन लाग्दा भेट्न कहाँ जाने भन्ने सोध्न पनि पाइएन । यि गलामा गला मिलाएर बिदा गर्न पनि पाइएन । मर्ने बेला पनि यहि घिडघिडोले सास नजाने भो बाबु । गाउँलाई झलमल्ल पारेर आफू कुन अँध्यारोमा जानु भो भन्दै काका मज्जाले रुनु भयो र अनि त्यसबेला सम्म वरिपरि भेला भएका सबै जना रोए कोहि खाली रहेनन । 
 
मेरो मन पनि भाँडियो खैला बैला भयो मनमा सुनामी आए जस्तै भयो । तै पनि पिडा लुकाएर उहि कुन्साङ्ग काकाकै घरमा बसेँ, मेरो मनमा जति ज्वारभाटा आए पनि उहाँलाई शितल पार्दै थिएँ । मैले सबै गाउँलेहरुलाई भेटेँ । अन्तमा कुन्साङ्ग काकाले मेरो एउटा साथी थियो मलाई असाध्यै माया गर्ने उसलाई पनि छोडे हामि सँगै काम गथ्र्यौँ भनेर काकाले सुनाए पछि मलाई मेरै बिकल दाई हो भन्ने कुरामा शँका नै रहेन । मैले उहाँको हुलिया बताएँ जे जे भनेँ काकाले सहि थाप्दै जानु भयो  तर मैले म सँग भएको बिकलदाईको फोटो देखाउन मनमा साहस आएन किनकी यि यस्ता मृदुभाषी गाउँलेहरुलाई म सम्हाल्नै सक्दिन । यो घटना १ महिना अगाडिको मात्र रहेछ अझै आशा रह्यो मनमा उहाँलाई भेट्ने । मैले पनि उहाँको सबै बेलीबिस्तार लगाएँ गाउँलेहरु झन थामिन सकेनन म त झन कसरी थामिनु र ।
 
३ दिनको बसाईपछि उहाँ अगाडि बढेकै दिशामा अगाडिको बाटोको बारेमा सोध खोज गरेँ । काकाले म पनि जान्छु भन्दै हुनु हुन्थ्यो तर मैले मानिन र त्यहाँ बाट अगाडि बढेँ । मनभरी झन उत्सुकता एवँ आशा भरोसाले शरीर थाकेको पनि थाहा पाउँदिनथेँ म । अलिकति माथि पुगे पछि अन्तिम बस्ती ओढार गाउँ आउँदो रहेछ । त्यहाँका बासिन्दाहरुको बसोबास आधा ओढारमा अनि आधा चाहिँ घरमा कटेरामा रहेछ । एउटै पानी ढलो पखेरामा उहिँ निर तीन वटा झुप्प झुप्प गाउँ थिए । त्यहाँ भने केटाकेटी गाउँको कुलो तिर फर्केर दिशा पिशाब गर्दा रहेछन मलाई शँका लाग्यो कि बिकल दाई आएको गाउँ यस्तो फोहोर त हुने थिएन ।
 
को छ घरमा आज बास बस्न पाइन्छ भनेर सोध्दै आँगनमा लौरो टक्टक्याएँ ट्याक ट्याक ट्याक । मेरै पछाडि बस्नु भका बुवाले यस्ता झुपडीमा बाबु कसरी रात काट्नु हुन्छ । उडुस उपियाँ ले टोकेर हैरान पार्चन बरु ऊ माथ्लो घरमा बस्न भनेरै कोठा बनाका छन क्यार ३ ४ वटा उसो गर्दा कसो हुथ्यो कुन्नी बाबुलाई भनेर बाले नढाँटीकन म भित्रै पसेर भन्नु भयो ।
 
त्यहाँ पनि उहि कुरा दोहोर्याएँ । भित्रबाट गुर्सिनी कान्छी आधा लिटरको स्टिलको मगमा दुध चिया लिएर आई, मेरो अगाडि टूलमा आवाज नआउने गरि बिस्तारै राखी अनि बोल्दै नबोलि एक टकले मलाई हेरेर बसि । के भो तिमिलाई बसन न कि बोल्न आउँदैन तिमिलाई, केहि कुरा छ भने भनिहाल मनमा नराख भनेँ । उसले पनि मुखले भन्दा ज्यान ले धेरै बोली मैले त्यसको दोब्बर बुझेँ । खाना खाने बेला भयो हात धून लाई उस्ले जगबाट निहुरेर पानी खन्याई म पनि त्यहि बेला हात मुख धोएँ । खै कस्तो पहिरन हो कुन्नी म नचाहेर पनि ऊ निहुरीँदा आधा लाज देख्नु पर्यो तै पनि अस्ति जस्तो कसैसँग जिस्कीन पनि मन लागेन मात्र बिकलदाईको अनुहार झल्झली आइरह्यो मनमा, बरु हिँडेरै भेटिने भए त रात भरी हिँडेर भए पनि पुग्ने थिएँ झैँ लाग्यो ।
 
म सँग बिकलदाई को छायाँ चित्र पनि थियो त्यहाँका बासिन्दालाई देखाएँ कसैले पनि देखेँ भनेनन । गाउँमा अशक्त बृद्ध बृद्धा केटाकेटी तथा सुत्केरी केटी मान्छे अनि कोहि कोहि घरमा सुसारे बाहेक सबै जना यार्सागुम्बा टिप्न हिम पहाड तिर लागेका थिए । दुइ दिन बसे पछि झन मलाई अगाडि बढौँ कि फर्कौ भन्ने द्धिबिधाले सतायो । पछाडि फर्कौ युद्ध हारेर फर्के जस्तो अगाडि बढौँ कतै पनि सुइँको सम्म पनि छैन अब त बस्न लाई बस्ती पनि छैन । आफै माथि समस्या पर्ने हो कि भन्ने डरले खुम्चिइरहेको थिएँ ।
 
ए दाई यो फोटोको मान्छे लाई यता कतै देख्नु भयो भनेर उतै बाट फर्किँदै गरेको बटुवा सँग सोधेँ । उस्ले भारी बिसायो पसिना पुछ्यो अनि फेरि एक टक लगाएर फोटो हेर्यो अनि मैले देख्यो देख्यो जस्तो लाग्यो होई, मो उता माथि लेक जाने बेला माथि तम्बेलाको ओडारमा कापीमा के हो लख्दै बस्याथ्यो, नयाँ मान्छे देख्यो नि जाम भनेको त तपाईँ जानुस म बिस्तारै आउँछु भन्दैथ्यो, फर्केर आउँदा कतै देखिन मैले । तपाईँ नजानुस भो भिरबाटो चिप्लो छ खस्यो भने त निकै तल पुग्छ, यतै हुर्केका मान्छे त बर्षका ७ ८ जना त खसेरै मर्छन ।
 
मलाई त्यो चिप्लोले भिरले भन्दा पनि बिकलदाइको तम्बेलाको ओडारमा नपुगी त जिन्दगी सार्थक होला झैँ लागेन । त्यहि उकालो भिरको चिप्लो बाटोमा धरापमा उनीइरहेँ मात्र ओडारको घिडघिडोमा । सान्सानो गौँडोमा त म पनि चिप्लीएँ तै केहि चाहिँ भएन शायद दोष काटियो भन्ठानेँ ।
 
हिँड्दा हिँड्दै डाँडाको कुनामा ओडार देखियो, एक छिन सुस्केरा हालेँ । पहाडको कुइनेटोमा सानो ठाउँमा बनाएको चौतारी पनि पहाड जस्तै घुमेको थियो । एक छिन थकाई मारे पछि त्यहिँ मुख ओझेल पारेर बसेका बुढा बटुवालाई यो तम्बेलाको ओडार भनेको अब कति टाढा छ भनेर सोधेँ, उनले पनि ऊ त्यहि ओडार त हो नि । बरु बाबु कहाँ बाट अअअअअअ भन्दै बुढा दारी पालेका मान्छे मलाई देखेर बोल्नै सकेनन र पनि म बिरोधाभास मै रहिरहेँ । म ज्युँदै छु कि यो सबै सपना हो बाबु एक पाली छाम त मलाई भन्दा पो बिकल दाई को खप्टिएको दाँत नाक माथिको कालो कोठीले मलाई चिन्न गारै परेन ।
 
खुशीको सिमै रहेन, यस्तो हालतमा दाइलाई भेट्छु भन्ने लागेकै थिएन । मैले दाईलाई यस्तो हालत मा देखेर सपना झैँ भयो । दाईको जिऊको हालत लाई एकपटक राम्रो सँग गोडेँ, अँगालोमा बाँधे । किन किन स्वर्ग पुगेर स्वर्गका राजालाई ने भेटे जस्तै भयो । बिकलदाई भन्दा उर्जाशील मानिस मेरो लागि कोही छैन जिवनमा । दाइले रोएरै बिताउनु भयो धेरै समय तर पुरानो कुरा कोट्टयाउन चाहनु भएन बरु भाई म जिबनको दोश्रो भागमा छु सम्झ पहिलो भाग सकियो, म पनि उप्काउन चाहिन उहाँको घाऊ जुन सबै कुरा हुबहू थाहा भए पछि केका लागि उप्काउनु । शायद जिवनमा यति सार्थक अवसर अनि पल कहिले आउँदैन होला झैँ भयो ।
 
उहाँ एक दम बिरामी हुनु हुँदो रहेछ, ज्वरो आउने खोकी लागी रहने कहिले काहीँ त खकारमा रगत पनि आउँदो रहेछ । मेरो ख्यालमा क्षयरोग लागेछ भन्ने लागेर मैले स्वास्थ्य सँस्थामा जानका लागि फकाएँ । पहिला नमाने पनि पछि मेरो अनुरोधलाई कत्ति पनि आनाकानी गर्नु भएन । दुई दिनमा फर्केर फेरि हामि फेरि कुन्साङ्ग काकाको घरमा पुग्यौँ । बिकल दाई लाई भेटे पछि सबै गाउँले डाँको छोडेर रोए, अभिभावक सँग धेरै समय आत्तिएको बालक झैँ रोए, आँशु सकिएपछि सबै जना खुशी भए शायद गाउँ बिजुलीको उज्यालो ले भन्दा बिकलदाई को मनको ज्योतिले झन उज्यालो बनाइरहेको थियो । मायामा यत्रो शक्ति हुँदो रैछ बिरामी मान्छे पनि निकै उज्यालो देखिनु भयो ।
 
कुन्साङ्ग काकाले स्वास्थ्य चौकिको मान्छेलाई रोगको लक्षण बताएर हुमाने कान्छालाई बेँशी पठाउनु भयो त्यस पछि स्वास्थ्य कर्मी आए सामान्य औषधि दिएर अनि रगत र खकार जँचाउन फेरि बेँशीको स्वास्थ्य चौकिमा गए हुमाने कान्छालाई लिएर । भोलिपल्ट औषधि लिएर आयो हुमाने कान्छो अनि बिकल दाई को उपचार शुरु भयो गाउँमै । दाइलाई त त्यहाँका दुइ दर्जन भोटे कुकुरहरुले समेत पछ्याउँदा रहेछन, कस्तो खुशी हुँदा रहेछन । म त झन अलमल्ल भएँ । कचहरीमा बिकलदाईले मेरो बारेमा बताए पछि गाउँलेहरुको माया मैले पनि पाएँ ।
 
दाई हजुरले त्यो तम्बेलाको ओडारमा के लेखिरहनु भएको थियो भनेर प्रश्न गर्दा उहाँले आफ्नो आत्मकथा लेखिरहेको कुरा बताउनु भयो । चार वटा डायरीमा लेखेर भ्याएकै दिन मैले उहाँलाई भेटेको रहेछु । धेरै बेरको रस्सा कस्सी पछि बल्ल मलाई उक्त कथा पढ्न दिने र छाप्न दिनका लागि राजी हुनु भयो यसमा उहाँ प्रति म निकै आभार ब्यक्त गरेँ । अनुकूल समयमा बिकलदाई को मर्मस्पर्शी आत्मकथा उहाँकै अनुमतिमा हजुरहरु माझ पस्किने छु शायद समय लाग्न सक्छ, अलिकति धैर्य बाँकि छ भने पर्खिनुहोला यदि छैन भने पर्खिनुको पनि कुनै सान्दर्भिकता छैन, यो कथा पढेर मनमा क्यानभास बनाउनुको पनि कुनै अर्थ छैन । मैले उहाँको भावनामा न्याय गर्न सकेँ या सकिन यो त दाजु लाई नै थाहा होला तर उहाँकै मर्म उहाँकै कलमबाट झन खारिएर आऊने छ ।
 
दाई उमेर ढल्केका भए पनि म चाहिँ त लक्का जवान नै थिएँ । हिम चिम बढेपछि कुन्साङ्ग काकाले के छ निशान बाबु बिचार हजुरको पीयार सियार त उतै बजार तिरै होला तर यहाँ पनि एक से एक छन, कुनै छल छाम छैन, कुनै गुनासो पनि गर्दैनन, यिनीहरुमा लोभ लालच छैन, कर्ममा बिश्वास गर्छन भाग्यमा होइन । निश्वार्थ कर्म गरे सो अनुसारको फल पाइन्छ अनि त्यसैले आफै भाग्यरेखा कोर्छ भन्ने ठाउँका मान्छे यिनिहरु त ।
 
एक दिन साँझ बिमलदाई को पुनरागमनको खुशीयालीमा नाचगान अनि भोजको आयोजना पनि भयो । रमाइलो त कति हो कति मलाई घर छोडेको पनि भान नै भएन । घर भन्दा बढि पारिवारिक पन माया र सौहार्दता थियो । थाहा थिएन मायाको परिभाषा यति बिघ्न हुन्छ भनेर, मात्र थाहा थियो फिलीमे माया, प्रेमी प्रेमिका को माया अब त यि माया पनि फिका लाग्न थाल्यो । सभ्यता सँग हप्तामा कम्तीमा पनि ३ बार त झगडा हुन्छ अनि मिलाप पनि हुन्छ तर कहिँ न कहिँ छास्स छुस्स नभएको दिन नै हुँदैन, मेरो मन मुटु छिया छिया हुने गरि भन्छे र पनि माया लाग्छ, एक पल पनि उसलाई भुल्न सक्दिन म ।
 
तर यहाँको परिवेश चाहिँ अलि फरक छ, मायाको परिभाषा पनि फरक छ, ब्यबहार पनि फरक छ, जिवन प्रतिको त्यति ठूलो बिरोधाभासपूर्ण सोच पनि छैन । जे कुरा छ सिधा कुरा छ, जे गुनासो छ त्यो पनि सिधा छ धेरै जसो, तर लुकाउन पर्ने कुरो बाहेक अरु सबै कुरामा सबैको बराबरी खालको सोच छ । गाउँको बिकासको लागि सबैको एउटै स्वर छ, न फोहोरी राजनीति छ न नेताहरु प्रति को भरोसा छ, बिश्वास छ त केबल आफ्नै कर्ममा त्यसैले त कसैका अगाडि सित्तिमित्ती हात फैलाउँदैन गाउँलेहरु, सहयोगी मृदुभाषी त छँदै छन त्यसमा अझै स्वाभिमानी पनि छन ।
 
नाचगान हुने साँझ मलाई पनि नचाए ठिटीहरु, म त नाच्न नजान्ने मान्छे तै पनि आँगन टेढो भएको पत्तै पाइन, कति पटक मर्किएँ त्यो पनि होश भएन, जिवनमा पहिलो पटक हौसिएर नाँचे मदमस्त तरुनीहरु सँग । लाग्यो म पनि जवान केटा हुँ, बल्ल थाहा भयो आफ्नो उमेरको अनि अबस्थाको । जिवनका कहिल्यै नखुलेका रँगहरु पनि मनको आँगनमा मान्द्रो भरी भए तै पनि म सम्हालिएँ । नाच्दा नाच्दै थाकेर के बसेको थिएँ, पछाडिबाट आँचलीले चिरिप्प पारेर आँखा छोपिदिई । मैले हात हटाउन उस्का पाखुरा सम्म पुगेँ निकै बल लगाएँ, जोरका तोर भयो तै पनि बलिई रैछे, सकिन मैले अनि ज्यान जे सुकै मरोस भनेर छोडिदिएँ, आँचलीकै काखमा सतरम्म भएँ, ऊ पनि आफ्नै बच्चा काखमा च्यापेर ढुक्क भए जस्तो सञ्चो मानिरही ।
 
त्यो गाउँ नै यस्तो मिजासिलो थियो, कुनै कुरामा शँकोच नमान्दा पनि हुन्थ्यो किनकी मानिसहरु आफ्ना कुराहरु सिधै भन्थे । कसैसँग माया पीरीम छ भने पनि सिधै भन्थे अनि कुन्साङ्ग काका पनि यस्तोमा लाइपरी गर्नु हुन्थ्यो । नाचगान चलिरहेकै थियो आँचली कानेखुशी गर्दै थिई कुन्साङ्गकाका सँग म चाहिँ बिमलदाइ लाई टेको दिएर धानिएको थिएँ । सारा गाउँलेहरु एउटा नयाँ खबर छ सुन होहोहो भन्दै काका घोक्न थाल्नु भयो । आज आँचलीले आफ्नो साथी रोजेकी छ, भन्दै छे उहाँले पनि आँचलीलाई मन पार्छ रे निशान बाबुलाई मेरो बनाइदे भनेर म सँग गुहार माग्दैछे हो हो कतै मया पीरीम नभए निशान बाबुले भन्दिन पर्यो ।
 
छाँगा बाट खसे झैँ भयो मन, जति गाउँमा आउँदा खुशी भएको थिएँ त्यस भन्दा पनि तल थेचारिए झैँ भयो । 

मेरो र सभ्यता बिचको सम्बन्धको बारेमा बिमल दाईलाई पनि घुर्मैलो थाहा थियो । फसाद पो पर्यो भन्दै दाई जुरुक्क उठ्नु भयो अनि काकालाई साउती गर्नु भयो, अनि काकाले आँचलीलाई बोलाएर कानेखुशी गरे पनि कुरा सबै सामसुम भयो अनि फेरि नाचगान शुरु भयो । म चाहिँ बिलखबन्दमा परेर नाचगान भन्दा बाहिर बरपीपलको चौतारीमा बसेको थिएँ, आँचली पनि आई र कान समातेर मेरो अगाडि टुसुक्क बसी, म बाट गल्ती भयो माफ दिनुहोस भनेर भन्दै । मैले पनि उसलाई पाखुरामा समातेर उठाएँ अनि उसलाई ढाडस दिएँ तिम्रो गल्ती होइन नि मैले पनि भनिन, मन नदुखाऊ आँचली सम्बन्ध र मित्रतालाई एउटै अर्थमा मात्र सिमित राख्नु हुँदैन । यो गाउँ यति प्यारा गाउँलेहरु अनि तिमिलाई म भूल्न कहाँ सक्छु र । दिन पनि ढल्यो रात पनि गुज्र्यो अनि बिहान भयो, झलमल्ल भयो हिजो राती नाचेको आँगन । त्यो कस्तो नमिठो रात कसैको मन अँकुर्न नपाउँदै बिऊमै कुहियो मलाई पनि नमज्जा भयो त्यो भन्दा बढि आँचलीलाई हुने भो जिवनभर । उस्ले पहिलो पटक कसैलाई आफ्नो ठानी तर बुहनी खराब भयो जिन्दगीको ।
 
बिकलदाई पनि अलि बौरिँदै आउनु भयो । दाई अब फर्कौ हामि भनेर भन्दा दाई ले सिधै इन्कार गर्नु भयो, एउटा तिमि थियौ मेरो भन्ने तिमि आयौ लाख भयो मलाई, तिमि त काख पनि भयौ मेरो । तिमिले मलाई खोज्दै नहिँडेको भए यहि रोगले जान्थेँ अनि यो श्रृँखला यहिँ सकिन्थ्यो । मलाई झलझली आँखामा आउने छोराछो भन्दा भन्दै भक्कानो छोडेर रुनुभयो । काकाले र मैले थुम्थुम्यायौँ निकै बेरमा बल्ल थामिनु भयो । मैले पनि काकालाई फर्किन कर गरिन तर काकालाई त्यहिँ गाउँमा बस्न लाई बाचा कसम खुवाएँ बरु गाउँमा बस्न काकाले कुनै आनाकानी गर्नु भएन अनि सबै गाउँले सँग बिहानै जाने भनेर साँझ सबैको घरमा गएर बिदा मागेँ ।
 
भोलिपल्ट बिहान ५ बजे उठेर काकालाई उठाएँ फेरि फेरि आउने बाचा गरेर बिदा भएँ, कचहरी चौतारीमा बसेर वरीपरी हेरेँ कोहि पनि भेटिएनन बाहिर फेर अनि झिसमिसेमा हिँडे गाउँबाट खुशी अनि बिस्माद बोकेर । करिब १५ मिनेटको दुरी हिँडे पछि गाउँ छेकिने कुइनेटो थियो कुइनेटोमा अनौठो दृश्य देखियो जुन म सोचेकै थिइन । आँचलीले हातमा साँझभरी बुनेको फूलको माला हातमा लिएर सबै भन्दा अगाडि बसेकी थिई । मलाई शुभयात्राको टिका लगाईदिई, फुलको माला लगाई दिई, मैले पनि उसलाई उहि थालीबाट टिका लगाई दिएँ अनि मलाई नै लगाई दिएको मालाबाट चुँडेर उसको टाउकोमा पनि फूल उनिदिएँ ।
 
हजुरको र सभ्यताको जिवन सुन्दर बनोस, यो जन्ममा हजुरकी बन्न नपाए पनि मेरो कुनै गुनासो छैन । यो त मेरो भाग्यमा नलेखेको कुरा हो । म हजुरकी बन्न नसकेपनि अरु कसैकी बन्दिन । हजुरले मलाई केहि दिनु पर्दैन यहि टिका र फूल मलाई अनेक छ, जिवनमा कहिले पनि ठेस नलागोस, सधैँ सफल बनिरहनुस, कतै बाटोमा देख्नु भयो भने आँचली तँलाई कस्तो छ सम्म भन्नुहोला यहि हो भनेर पछयौरालै सपक्क मुख छोपी । आफ्नो बोली त घाँटीमा अड्के झैँ भयो । 

तिमिले त्यसो गर्यौ भने मलाई पाप लाग्छ आँचली तिम्रो कल्कलाउँदो जिन्दगीको, तिमिले यसो भन्यौ भने म कहिले खुशी हुन सक्दिन भन्दै थिएँ तर ऊ त दौडिँदै निकै टाढा पुगिसकेकी थिइ शायद मेरो बिदाई गर्ने उसमा हिम्मत नभएर होला । अरु गाउँलेहरु उसका सैँसाथे हरुलाई सँझाइदिनु आँचलीलाई भनेर म पनि गुर्गुरी ओरालो लागेँ । 
 
(पहिलो आफ्नै मलामी कथा श्रृँखलामा बिकलदाई जिवन देखि दिक्क भएर सार्वजनिक जिन्दगीबाट अलप हुनु भएको थियो त्यसको निरन्तरता प्रयास हो यो । यस पछिको श्रृँखला फेरि ब्लगमा अनुकूल समयमा राखिने छ र त्यो भाग चाहिँ यो कथाको तेश्रो तथा अन्तिम भाग हुने छ । )

Sunday, 23 June 2013

लघुकथा - नियाश्रो




पनि कहाँ एक्लो छु हजुर जस्तो सहयात्री भेटेको छु नि भनेर यसै के भनेछु उनले मलाई नीलो कार्पेट बिछ्याइहालिछन सपनामा उठेर हिँड्ने बानी भएको मानिस जस्तो पनि उनको सत्कारलाई पन्छाउन सकिन अनि उनको छेउमै किनारमै पुगेँ कस्तो सामिप्य थियो लाग्थ्यो हामिहरु अब कहिले पनि छुट्टिन पर्दैन तर २४ घण्टाको रेलयात्रा २४ मिनेट भएन त्यति बेला उनलाई लाग्ने मैले बीचैमा छोडेर हिँडे जस्तो अनि मलाई लाग्ने चाहिँ मलाई बिचैमा झारेर आफू एक्लै गई जस्तो पीडा एउटै थियो छुट्नु पर्ने

लामो समय भेट भएन, भेट घाट कुराकानी हरु पनि पातलिँदै गए, चासो खाँचो पनि पातलिँदै गयो खै अब उस्को पनि फोन आउन एसएम एस हरु केहि पनि आउन छाड्यो अनि पनि मरिच र्झै चाम्रिन लागेँ

अब समय पनि बर्ष बितिसकेछ, सँझना मात्र बाँकि थियो माया सल्काउनलार्इृ फेरि परालको आगो मात्र बाँकि थियो एक झट्काले जिवनभर कति बजार्दो रहेछ, नचाहेरै नसोचेरै अनि नसँझेरै पनि केहि चीज हराइरहे जस्तो केहि चीजलाई खोजीरहे जस्तो, कुनै तृष्णाको तृप्ति नभए जस्तो भइहन्थ्यो

मनको मैलो पखाल्न इलामको चिया बगानमा हराउँदै थिएँ पातहरुको शितसँग मैले सात बर्ष अगाडिको अतितलाई आँशु सँग साट्दै थिएँ बास्तवमै मैले त्यसबेला उनको अभाव महशूस गरेको थिएँ

शितहरु सुक्न नपाउँदै आँखाहरु ओभाउन नपाउँदै मेरा आँखामा छोपिएका थिए भिजेका परेलीहरु बाट चिसा कपडा निचोरे झैँ थिए आँशुहरु मैले आँखा खोलाउन मरिहत्ते गरिन किनकी यहि अन्धकार थियो मेरो मन झलमल्ल पार्ने जुन मैले आफूले पाएको थिएँ मैले कुनै चाल भुलेको रहेनछु उनका स्पर्शहरु भूलेको रहेनछु उतिबेला जस्तो थिएँ आज फरक भइन मैले पनि छामेरै उनको अनुहार फेला पारेँ, कानहरु फेला पारेँ एक छिन चलाएँ, ओठहरुमा पनि एकछिन खेलेँ बच्चाको जस्तो, नाकमा आफ्नो किल्ला जमाएँ उनका बग्रेल्ती पसारीएका केशलहरहरुमा चल्मलाएँ एक छिन पनि मेरा आँखा बन्दि थिए मैले आँखा खोलिन, अनि खोल्ने चाहना पनि भएन यहि पल जोगाएर राखुँ शायद उनलाई भन्दा अब अरु कसैलाई नदेखुँ