आँखाले भ्याउने क्षितिज भन्दा पनि पर एउटा दुबोले भरिएको चौर छ, यदि पुग्न सक्यौ भने म त्यहाँ हुने छु ।
Thursday, 14 February 2013
भ्यालेण्टाइन हाम्रो पर्व
भर्खर जाडोले छोडेको छ, जाडोमा गुम्सिएको जीऊ पनि अलि खुकुलो हुन थालेको छ । एकजोडी हप्ता पनि बितेको छैन त्यहि पल्लो चूचूरोमा हिउँ परेको तर बिर्साउने गरि उखुम पनि हुँदैछ । रात भरि, हप्ताभरि झरिले छोडेर दिनहरु जब पहिलो पटक उघारिन्छन अँशी कति खुशी हुन्छ मन, कति चञ्चल हुन्छ मन, भँगेरा को चाल जस्तै फुट्टफुट्ट गर्न मन लाग्ने । औँसिको रातको भोलिपल्ट आकाशमा घाम र जून सँगै उदाउँदा रहेछन मिर्मिरेमा अनि बिस्तारै घाम बल्दै जाने अनि जून ढल्दै जाने रहेछन । आज मलाई पनि त्यस्तै भएको छ, कति नर्भस छु म आफैसँग । आस्थाहरुका महलहरु अनि बिश्वासका पहाडहरु त झन सगरमाथा छोउँला झैँ उचालिइरहेछन । खटपटी भइरहेछ मन म कहा जाउँ के गरुँ को सँग यो खुशी पोखुँ झैँ भइरहेछ । मलाई साँच्चै आफै सँग पनि आफैलाई बिश्वास छैन कि म काम सहि गर्छु कि बिराउँछु भनेर ।
सभ्यताले हिजै बिहान, आज त भ्यालेण्टाइन दिवस हो नि बुढा भन्दै थिइ मैले सुनो नसुनो गरेँ । तर मन त मेरो पनि उसलाई त्यस भन्दा बढि मायाले पुर्ने बिचार छ । मलाई सिँदूर टिका पोते अनि कानमा मारवाडी ल्याइदिनु है बुढा भन्थि मलाई तर मैले त सामान्य गिफ्ट पनि पठाउन सकिन अनि मैले मेरो अबिरल माया छ बुढि तँलाई, मारवाडी त बिहेमा ल्याइहाल्छु नि भनेँ, ऊ सुँक्क गर्न थाली, कुरौटे बुढो खाली नखरा मात्र पार्छ बरु दिन्न भन न, लाउन त मेरै छन नि भनेर घुर्की पनि लगाउँथी । मैले पनि अब भेट्दा म आफैले लगाई दिन्छु काली धेरै नकरा न डल्ली भनेर थम्कारेको थिएँ । हाम्रा यस्ता भ्यालेण्टाइन दिवसहरु धेरै बिते फुत्त फुत्त चालै नपाई तर यो चाहिँ अलि बिकसित भयो दुबैको लागि ।
हिजोको दिन छोडेर अस्ति मात्र उस्ले भ्यालेण्टाइन दिवस २ दिन बाँकि भनेर मोबाइलमा राती बाह्र बज्न एक मिनेट छँदा पठाएकी थिई तै पनि अरु धेरै म्यासेजले ठेलेर दुई तीन पेज पछाडी हटिसकेछ । म पूर्व नेपालको मान्छे ऊ चाहिँ पश्चिम नेपालकी मान्छे दूरी टाढा हुँदा पनि हामि रत्तिभर पनि टाढा छैनौँ । मैले समयमा खाना खायो कि खाएन अनि समयमा घर आयो कि आएन भने उस्लाई चासो हुन्छ । केहि समय फोन एस एम एस भएन भने मनमनै पिर मान्छे तर मलाई भने सताएर नभए कहिले त मोबाइलनै बन्द गरेर बसेर कायल पार्दछे निचोरेको कागती भन्दा पनि बेहाल हुन्छ मेरो तै पनि ख पारिरन्छे मलाई । मैले कति माया गर्छु भनेर मैले यहाँ कतै पनि उल्लेख गर्दिन किनकी यो मैले भन्दा पनि उस्ले गर्ने मुल्याँकन हो तर बेला बेला तिमि मलाई हेला गर्छौ बुढा भन्छे अनि मैले ख पार्न थाले पछि हैन हैन सरि भन्न पनि पछि पर्दिन फेरि ।
मेरो कथा लेखनमा मेरो ब्लगमा जुन सुकै पात्रमा कथा लेखे पनि उस्को र मेरो प्रेमालापको कुरा कुनै न कुनै रुपमा आइरह्यो । मैले मेरो दृष्टिमा, मेरो पाइलामा, मेरो मष्तिष्कमा त छँदै थियो अब कलममा पनि उसलाई अछुतो राख्न सकिन । सभ्यता त मेरो जिवनको उर्जा हो, मेरो जिवनभरीको गृहकार्य हो जुन बिधाताले मलाई सुम्पिएको छ जुन मैले भगवान साँक्षी राखेर आफ्नो बाचा पूरा गर्ने छु अब्बल तरिकाले गृहकार्य सम्पन्न गर्ने छु । खास गरि ब्यबसायिक लेखक भन्दा पनि मनको भावनाहरुलाई ब्यबस्थापन एवँ लिपीबद्ध गर्नका लागि पनि पछिल्ला दिनहरुमा मैले यो ब्लगमा केहि कथाहरु सँकलन गरेको छु । स साना मुक्तकहरु एवँ छोटा कविताहरु त यदाकदा फेसबुकमा पनि आउँछन तर यसरी ब्लगमा राखेको छैन मैले ।
आज त्यहि भ्यालेण्टाइन दिवस मेरो अगाडि छ, मैले सभ्यतालाई यस बखत मिस गरिरहेको छु । नेपालको क्यालेण्डरका केके जाति जति सुकै बिदा सहितका दिवस भए पनि त्यसमा मेरो कुनै चासो रहेन तर यो अलि फरक महत्वको छ किनकी म सभ्यतालाई औधि माया गर्छु यो भन्दा अर्को बिषय के हुन सक्छ हाम्रा लागि यो त दिवस होइन पर्व नै हो भन्छौँ हामि । कहिलेकाहीँ मैले उसमाथी बिश्वास नभए झैँ गरेर सोधेँ भने ऊसलाई बिझाउँछ म थाहा पाउँछु । मनमा अथाह माया हुँदा हुँदै पनि घाटीमा अड्काएर बोल्दा आफैलाई कहिलेकाही निल्नु न ओकेल्नु भएका घटना हरु पनि हामि सँग छन । खोजी रहन्छौँ हामीहरु एक एर्कालाई न थाहा पाउने गरि । कहिले काहिँ त यस्तो हुन्छ कि उस्ले भन्न मुख उक्काउन खोजेको कुरा म बोलिदिन्छु अनि मैले भन्नु भन्दा पहिला उस्ले प्वाक्क बोलिदिन्छे ।
यो त हामिले एक आपसमा पढेको मन हो । म के चिताउँछु भन्ने पनि सभ्यतालाई थाहा छ अनि ऊ के चिताउँछे, के मा खुशी हुन्छे के मा दुखी हुन्छे भन्ने पनि थाहा छ । ऊ त मेरो अर्धाङ्गिनी मात्र नभएर मेरो अभिभावक पनि हो जहाँ म लरबराएर बाटो बिराएँ भने । कहिले काहिँ म लरबराएको बेलामा उस्ले पनि केटाकेटी पन देखाउँछे र झन समस्या पर्दछ र पनि अन्तमा ठिक भैहाल्छ, शायद उस्लाई लाग्दोहो मैले खेलाँची गरेको होला भन्ने तर त्यसो नभएको थाहा पाएपछि ऊ आफै कूल हुन्थी अनि मलाई सँझाउन थाल्छे आफ्नै आमाले जस्तै । हो ! यहि हो माया भनेर मैले सिकेँ उसबाट !! बर्षौँदेखिको हाम्रो सम्बन्ध यहि मान्यता बिश्वासमा अझ मायाको उर्जामा अझै मजवूत भएको छ ।
कस्तो गहिरो आस्था कति गहिरो माया, अनि मायाको सागर भित्र मायाको कस्तो मिठो प्यास त्यहि प्यास मिठो त्यहि काकाकूल को स्वर मिठो .......
भ्यालेण्टाइन दिवसको अवसरमा तिम्रो सम्झनामा लेखेको शब्दहरु तिम्रो पोल्टामा राखेको छु, तिम्रो मनको किस्तीमा सजाउनका लागि,
उहि तिम्रो भ्यालेण्टाइन
तिम्रो मायालु निशान
Saturday, 9 February 2013
YOU ARE MY VALENTINE & MORE
मलाई लाग्दैन सभ्यताको र मेरो सम्बन्ध कुनै कथा जस्तो हो तै पनि मैले हाम्रा अनुभव एवँ अनुभूतिहरुलाई कैयन कथाहरुमा कहिँ आधा कहिँ साठी बनाएर मिसाएँ । सत्य तथ्य अनुभूतिहरुलाई अनि मनका तरङ्गहरुलाई मायाका छालहरुमा हल्लाई दिएँ । कहिले सपनामा देखेँ त कहिले बिपनामै आत्मसाथ गरेँ उसलाई । तर यो प्रेम दिवस अर्थात भ्यालेण्टाइन डे अबसरमा सँझन योग्य पात्र भने मेरा लागि नृपेश र आयुशी हुन । मैले बुझेको परिबेश र परिस्थिति अनि मेरो नजरबाट देखिएको परिदृश्यलाई शब्दमा डोर्याउने कोशिशमा छु म ।
कति तितो जिन्दगी भोगेको छ नृपेशले जन्मै देखि । कोहि मान्छेहरु जहिले पनि दुख पाउनकै लागि मात्र जन्मन्छन भन्ने जस्तो लाग्दथ्यो जहिले देखि म उसलाई चिन्दथेँ । उसको मानसिकतामा अथवा ज्ञान चच्छुले आफ्नी आमाको बात्सल्यता त अनुभव गर्नै पाएन त्यहि भएर अहिले पनि अपूरो देखिन्थ्यो ऊ । उसका बाबु पनि ऊ सानै हुँदा स्वर्गे भए, मैले पनि अलिअलि जान्दछु कडा मिजासका तर मनमा पाप केहि नभएका अनि सबैको गरि पुर्याउन खोज्ने र गरिपुर्याउँथे पनि ।
नृपेशले त्यहि चोटै चोटले भरिएको चारै तिरबाट कुच्चिएर कुरुप भएको गाग्री जस्तो मनस्थितिमा पनि आफ्नो जिन्दगी यस्तो होस भनेर सोचिरहन्थ्यो । आफ्नो घरमा आफन्तहरुको आवत जावत भइरहने निकै चहल पहल अनि सबै गाउँ छिमेकीहरुको सेवामा हरपल उपलब्ध भइरहन पाउने अबस्था अनि घरपरिवारको सहयोग होस भन्ने पनि चाहन्थ्यो ऊ । अरुका परिवार देखेर राम्रा कुराहरु मेरा पनि यस्तै भइदिए भनेर सोच्दथ्यो । जिवन यसै गरि बित्दै थियो नृपेशको अब त ऊ पनि १२ कक्षा पढेर पनि पास भइसकेको थियो ।
एक दिन पल्लो गाउँ जाँदा हिँड्दा हिँड्दै कमजोरीले ऊ बिच बाटोमै ढल्यो, अरु साथीहरु अगाडि थिए ऊ ढलेको कसैले पत्तो पाएनन । एक छिनमा ब्युझिँदा एउटी नानीले कर्कलो को पातमा पानी ल्याएर खुवाउँदै थिई अनि ब्युँझे पछि ऊ पनि फुत्त भागी लाजले हो कि के ले हो थाहा भएन । दुबैले दुबैलाई देखे एक आपसमा चिने तर को कसको छोरो को कस्की छोरी कहाँ हो घर केहि थाहा भएन तै पनि नृपेश चाहिँ धेरै बेर सम्म उस्को बारेमा घोरिइरह्यो । यसो नाम भनेर गएको पनि त हुन्थ्यो कतै बाटो घाटोमा भेट हुँदा नाम बोलाएर तिमिलाई मूरी मूरी धन्यवाद छ भन्न त हुन्थ्यो, भैगो भनेर जुरुक्क उठेर हिँड्यो । तै पनि मनमा चिसो बनेर बसिरह्यो उस्को तस्वीर केहि भन्न नपाएर मन पोलिरह्यो ।
उस्ले सोचेको उस्को भविष्यकी ऊ पात्र बन्न लायक थिई उस्को नजरमा तै पनि एक छिनभरमै कता हराई कता, के भनेर खोज्नु कहाँ खोज्न जानु, न साइनो न सम्बन्ध अझ नाम समेत थाहा नभएको मान्छेलाई खोज्न अगाडि कुनै मुख्र्याइँ गरेन उस्ले । समयले पनि अनेकौँ डाँडाकाँडाहरु मा उकाली ओराली गर्दै थियो, जुँगाका रेखी पनि अब त परिपक्व पनि हुँदै थिए । उसका आफन्तहरुले बिबाहको कुरा चलाए र पनि ऊ एउटामात्र शर्त राख्यो कि ऊ एक्लो मान्छे लाई सम्पूर्ण सदस्य भएको परिवारमा गर्नु पर्छ मात्र अरु चाहिँ उस्को कुनै शर्त थिएन । सानै देखि उसले ख्याल गर्ने कुरा उस्को आफ्नो स्वाभिमान र हैसियत थियो ।
समय फेरियो परिस्थिति फेरियो जिवनको नक्शा पनि फेरियो जिम्मेवारी र दिनचर्या हरु पनि फेरिए । शायद उसलाई उस्को जिवन पूर्ण भए जस्तो पनि लाग्यो र सबै छोडेर एकोहोरो परिवार प्रति नै पूर्ण जिम्मेवार भयो हद भन्दा पनि बढि । बिस्तारै बिस्तारै उसको सदासयता अरुका लागि उस्को कम्जोरी ठहरियो । उस्ले सोचेको गाउँ छिमेकमा नाता गोतामा नाता सम्बन्धहरु टाढा टाढा हुँदै जान थाले । सोचेको ठिक उल्टो हुन थाल्यो, अनि आफ्ना हरेक तर्कहरु परिवारबाट कुतर्क सावीत हुन थाले अनि बोल्नु भन्दा नबोल्नु ठिक ठानेर बिस्तारै पारिवारिक सम्बन्धको छेऊ बाट पहिरो जान थाल्यो । ऊ मन भक्कानिएर रुन खोज्दा पनि आँखाबाट आँशु बगाउन नसकेर कति पीडित भएर बस्यो । कति दिन खाइ नखाई पनि बस्यो तर उस्को कन्तबिजोगमा सान्त्वना दिने कोहि भएनन, खेदो खन्ने नै धेरै भए ।
खपि नसक्नु भयो जिन्दगी यो त फोर्न नसकेको पिलो जस्तो हरपल बल्किरह्यो । फेरि उहि अतितको अर्को पाटोमा पुग्यो ऊ उहि पात्र लाई सम्झियो, शायद जिवनमा यस्तो त कसैलाई पनि नपरोस भनेर दश औँला जोडेर चिताउनु बाहेक ऊ सँग केहि बाँकि रहेन । कोहि त्यस्तो हात भेटिएन जसमा समातेर जँघार तर्न सकियोस । खोलाको बिचमा आएर जिन्दगी दोधारमा पर्यो उसको, धेरै समय सोचे पछि उसमा नयाँ अबधारणा आयो कि जिवन अब आफैमा पनि बाँड्न सिक्यो उसले । जिवनलाई सार्वजनिक र नीजि जीवनमा दुइ चिरा पार्यो, नीजि कुराहरुलाई र सार्वजनिक कुराहरु एक आपसमा छुट्टिए अनि बल्ल उसलाई हल्का भयो उस्को बाँच्ने आधार अब सार्वजनिक जिवन होइन नीजि जीवन हो भनेर बल्ल मन स्थिर भयो र सोच्न सक्ने शक्ति मनमा आयो ।
नृपेशको जिवन प्रतिको फरक परिभाषा सँगै उसको बैबाहिक जिवन अब सँझौतामा परिणत भएको थियो । जिम्मेवारी र कार्यसूचीहरु लिखीत बुँदामा भएका शर्तहरु जस्ता भएका थिए । तर जिवन साँच्चे खस्रु जस्तै अररो भएको थियो उस्को । उस्ले आफ्नो नियमित रुपमा अफिसमा १० देखि ५ को जागिर पनि छोडेर आफ्नै काम गर्न लाग्यो जस्ले उसलाई कहिलेकाहिँ बहकिन घर छोड्न सजिलो हुन्थ्यो । उसलाई सबभन्दा मन पर्ने एकान्त भयो, उसको सृजनशीलता एकान्तमै फुर्दथ्यो । उसले पनि अब फरक जिवनशैलीमा आफूलाई ढाल्न थाल्यो । अब त नसोचेरै पनि उसलाई खोजीरहने उसको बानी भयो । बिहानै उठेर सोच्ने बिषय बन्दथि आयुषी ।
समयले आयुषीको तनलाई पनि हर्लक्कै बनाइदियो । ऊ पनि केटीबाट तरुनी भई, चियापसलमा घर घरमा उसको मिजास देखेर उसको लगन जुराइदिने अनि कालान्तरसम्म जस लिइरहन उस्को बिहाको कुरा प्रतक्ष्य अनि अप्रतक्ष रुपमा लिएर आउने धेरै भए । उसको घरमा अब त बिहाको रन्को छुट्न थाल्यो । आयूषीको मन पनि उस्तै पोलिरहेको थियो जुन नृपेशको हालत थियो । उनीहरु आपसमा एक शब्द नबोलेरै पनि एक आपसमा खोजिरहेका थिए । अब त नृपेश सँग छुट्टिएको पनि पाँच बर्ष बितेछ तै पनि उसले मनबाट नृपेशलाई हटाउन सकिन । मनमा अठोट थियो मेरो प्रथम पुरुष छ भने उहि हो नत्र म बिबाहनै नगरि बस्छु भनेर घरमा पनि भनिदिई जे हो त्यहि । उसको मिजास अनि अहिले सम्मको ब्यबहारले घरमा पनि उस्को कुरा कसैले हारेनन अनि बहिनीको बिबाहको कुरा चल्न थाल्यो बिहे पनि भयो तर पनि उसको रौँ पनि हल्लिएन ।
उसले आफ्नो स्नातकको पढाई सकाएर एउटा परियोजनामा सामाजिक परिचालकमा काम पाई अनि त्यसैमा दिलो ज्यान दिएर लागि । उसलाई आफ्नो भूमिका र सुरक्षा प्रति बढि चासो हुन्थ्यो । अब उसलाई कामकै शिल्शीलामा पनि नृपेशलाई खोज्न सजिलो हुने भयो । तर के भनेर खोज्ने, कुन ठाउँमा खोज्ने भन्ने सन्नाटा मनमा छाइ रह्यो अझै रहस्यमय मँगलग्रहको कथा जस्तो पनि हुन्थ्यो घरी घरी । उस्का आँखा पत्रिका पानामा हरेक फोटोहरुमा छिरलिन्थे अनि टिभिमा पनि त्यस्तै थियो ।
एक दिन आयुषी भाउजुको माइत गइ भाउजु सँग अनि त्यहाँ एल्बममा नृपेशको फोटो देखि अनि भाउजुलाई सोधी । भाउजुले बेलिबिस्तार लगाइदिनु भयो नाम घर ठेगाना सहित र उसलाई अलिकति समाउने हाँगो फेला परेजस्तो पनि भयो त्यतिबेला । अनि उस्ले त्यहि ठेगानामा पत्र लेखी र हुलाकमा राखिदिई । अनि दुई हप्ता पछि त्यहि पत्र फिर्ता भएर आयो घरमा कोहि नभएर । अनि फेरि भाउजुलाई सोधी सबै कुरा बताई, भाउजुले पनि चासो दिएर ऊ घरमा भए नभएको छिमेकीको मोबाइलमा फोन गरेर सोध्नु भयो तर उनीहरु त ४ बर्ष अगाडिनै गाउँ छोडेर हिँडेका रे कहाँ बसाईँ सरे गाउलेलाई कसैलाई पनि थाहा नभएको बताउनु भयो ।
उसले साथीहरुले फेसबुक एकाउण्ट खोलेको साथीहरु खोजेको च्याट गरेको म्यासेज गरेको देख्दथी तर आफूलाई फेसबुकको कुनै काम नभएको ठान्दथी । चाहिने नचाहिने मानिसले उर्मिलालाई ट्याग गरेर फोहोरी तस्वीरहरु राखेको पनि हेर्थि कहिलेकाहीँ र त फेसबुक मन पर्दैनथ्यो उसलाई । उसलाई नृपेश भन्दा अरु सँग च्याट गर्नु म्यासेज गर्नु केहि थिएन । तर अब आबश्यक भयो कतै खोज्दा फेसबुकमा नृपेश भेटिन्छ कि भनेर उर्मिलाको सहयोगमा नयाँ फेसबुक खाता खोली अनि दुबै जना मिलेर नृपेशलाई खोजे । अब त उसको टोलभरी थाहा थियो ऊ नृपेशलाई मन पराउँछे भनेर तै पनि उसलाई कसैले गलत रुपमा लिँदैनथे । नृपेश भेटिएन कतै पनि, कुनै पनि नृपेश नामको मान्छे उसको हुलिया सँग मिलेन फेरि निराश भई उत्निखेरै एकमनले फेसबुक एकाउण्ट बन्द गरौँ जस्तो भयो तर सम्हालिई एक छिन ।
यता नृपेशले पनि नयाँ फेसबुक एकाउण्ट खोल्यो अनि उसकी पात्रलाई खोज्न थाल्यो तर उस्को अझै नाम सम्म थाहा थिएन तै पनि उस्को ठेगाना भएका ठाउँका आई डि हरुको खोज गर्न थाल्यो सबै फोटोहरुमा आँखा बिछ्यायो तै पनि उसकी पात्र भेटिइन । यो सँसार पनि कति ठूलो रहेछ जस्तो लाग्यो उसलाई तै पनि हरदम प्रयास छोडेन एक दिन त कसो नभेटिएला । हेर्दै जाँदा अर्कै साथीको पिकनिकको फोटोमा उसकी पात्रलाई देख्यो पहिलो पटक र त्यो आई डि को मान्छेलाई सोध्यो च्याटमा अनि उसले पनि नाम र अन्य सामान्य जानकारी दियो, तर अफशोच आयुषी ३ बर्ष अगाडि देखि घर नआएको थाहा पायो । नृपेशको मनमा चिसो भयो, कतै बिहा गरेर पो गई कि भन्ने तै पनि के भयो र मैले पनि त बिबाह गरेँ नि भनेर चित्त बुझायो । जेहोस भेट्न मात्रै पाए पनि हुन्थ्यो झैँ भयो उसलाई । अनि आयूषी भन्ने नामबाट खोज्दा फेसबुकमा उसको आई डि फेला पार्यो, उसले हिजो मात्र खाता खोलेको पनि थाहा पायो अनि मन अलि हलुका भयो अब भेटिने सुत्र त फेला पर्यो । अनि फ्रेण्डशीप एड गरेर लग आउट गर्यो ।
आयूषीले एक दिन नृपेश एउटा तालिममा पढाउँदै गरेको फोटो पत्रिकामा छापिएको देखि तर कुन ठाउँ भन्ने तस्विरमा खुलेन अझै पनि उस्तै लाग्यो नृपेश उस्तै रैछ कत्ति नफेरिएको जस्तो लाग्यो । उसले मनमनै म त हर्लक्कै बढेँ पहिला जस्ती छैन ज्यान पनि चौडा भएको छ भनेर गम्दै थिई । फेरि पनि नृपेशको बारेका ठोस जानकारी थिएन उसलाई आशाहरु मनमा हुँदा हुँदै पनि ऊ अझै खोजीमा भौँतारिइरहेकी थिई । उस्का लागि उस्को जीवन त रातोमाटोको डल्लो जस्तै भएको थियो तै पनि फेसबुकमा, पत्रिकामा टेलिभिजनमा एफ एममा सुन्न र हेर्न बाँकि राख्दिनथी । एक दिन टिभिमा एउटा सानो अन्तरवार्तामा नृपेश झुलुक्क देखियो अनि पलेटी कसेर बस्न नपाउँदै बत्ति झ्याप्प गयो अनि फेरि कहाँ के भनेर जान्न पाईन यो बत्ति पनि यहि बेला जान्छ कत्ति बेइमानी अनि निष्ठूरी झैँ लाग्यो ।
पर्सि पल्ट फेसबुक पोष्टमा छोटो चिठि लेखेर नेपाली युनिकोडमा पोष्ट गरि । त्यतिबेला पनि धेरै फ्रेण्डशिप रिक्वेष्टहरु थिए चाङ्ग भरि उसको त्यता ध्यान गएन अझै भन्दा जहाँ नृपेश छैन त्यहाँ आयुषिको ध्यान हुँदैनथ्यो । उस्ले साइनआउट नगर्दै एउटा म्यासेज आयो र खोलेर हेरि यसै यसै हेरिहालौँ के रैछ भनेर ।
मेरी प्रिय साथी आयूषी, मैले तिमिलाई कहाँ कहाँ खोजिन, खोज्दा खोज्दै लखतरान हुँदा पनि म तिमिलाई भेट्टाउन जहिले पनि असमर्थ भएँ तर आज म धन्य छु लाग्यो म आज सफल भएँ, शायद जिवनको सबभन्दा अप्ठेरो परिक्षा पास गरेँ । अझै खुशी त्यतिबेला हुने छु जतिबेला तिमि मेरो फ्रेण्डशीप एसेप्ट गरेर म सँग अनलाइनमा कुरा गर्ने छौ या मलाई यसको जवाफ को म्यासेज पठाउने छौ ।
अब त आयूषिको खुशीको सिमानै रहेन तै पनि त्यतिबेला नृपेश भने अफलाइनमा थियो । उसलाई नृपेशको औधि माया लागेर आयो भेटेँ भने त दौडिँदै गएर झम्टौँ झैँ लाग्यो उसलाई अनि भाउजुलाई अनि आमालाई फोन गरि मेरो नृपेश फेला पर्यो भनेर । आज उस्को अनुहारमा अर्के चमक छाएको थियो बास्तवमा जिवनमा पहिलो पटक यति धेरै खुशी थिई । अनि उस्ले पनि त्यहि म्यासेज बक्स मा नृपेशलाई उत्तर लेख्न थाली । उसले नृपेशलाई लेखेको पहिलो पत्र फर्केको अनि मन अमिलिएको यादहरुलाई खुच्चिङ्ग गर्न पाई आज ऊ ।
मेरो प्रिय हजुर, म आज अति खुशी छु, बल्ल आज जिवन ज्यूँदो र सार्थक भएको छ, म आज हजुरको म्यासेजले मौलाएकी छु । हजुरसँगको सम्बन्ध मेरो लागि सम्बन्ध मात्र रहेन । मैले हजुरको जिवनमा अधिकार जमाउन खोजेकी होइन, मैले त हजुरको मनमा सानो ठाउँ खोजेकी हुँ । हजुरको नीजि जीवन प्रति अनि बाध्यताहरुमा अनि जिम्मेवारीहरुमा कुनै अप्ठेरो पार्न चाहेकी हैन तै पनि हजुरको उपस्थिति र स्थान सर्वोच्च हो मेरा लागि । हजुर जहाँ भए पनि जस्तो अबस्थामा भए पनि हजुर मलाई आफ्नो लाग्छ खै किन हो थाहा छैन । यो म्यासेज पढ्दा हजुरलाई अचम्म लाग्ला । मलाई कहिले पनि गलत नसम्झनु होला । म हजुरको स्टुपीड साथी हुँ, मलाई मात्र हजुरको मनमा एउटा साथीको स्थान दिन होला त्यति भए मलाई पुग्छ, एक्लै ज्यूँन त मैले सिकेको छु आफ्नै अतितबाट ..............
उहि हजुरकै स्टुपीड साथी आयूषी
बत्ति नआएको पनि आज त ५ घण्टा बितेछ ल्यापटपमा पनि चार्ज थिएन, उसलाई खुल्दुली थियो आफ्नो म्यासेजको रिप्लाई कतिबेला आउँछ भनेर । अनि झट्टपट्ट मोबाइल पसलमा गएर इन्टरनेट एक्टिभेट गरायो मोबाइलमा फेसबुक चलाउन । पहिलो पटक मोबाइलमा फेसबुकमा लग इन गर्यो, नोटिफिकेशनमा र म्यासेजमा अँकहरु थिए त्यस मध्ये आयुषीले उसको फ्रेण्डशीप एसेप्ट गरिसकेकी थिइ र म्यासेज पनि थियो साथमा । आयूषि त्यति बेला पनि अनलाइनमै थिई । पहिला आयूषिले उ सँग फोन नं. मागी अनि दुबै जनाले फोनमा कुरा गरे बल्ल उघ्र्यो दुबैको मनको ढोका अनि खुलेर कुरा गरे आज मोबाइलमा दुबै तिरको पैसा सकिने गरि ।
आयुषीको कामको दौरानमा कहिले कहाँ कहिले कहाँ हिडिरहनु पर्ने हुन्थ्यो । त्यहि दौरानमा आयुषी र नृपेशको पनि भेट भयो । आ आफ्ना मनका भारीहरु बिसाए दुबै जना । समस्या अनि परिस्थितिहरु पनि बिसाए । यस्तै क्रममा अरु एक दुइ पटक पनि भेट भयो । भेटमा नितान्त घर सल्लाहका जस्ता कुरा बुढा बुढी बिच हुने जस्ता कुरा हुन्थे दुबैको एक आपसमा कुनै सँकोच थिएन । नृपेश पनि कामको शिल्शीलामा १५ दिनका लागि कर्णाली जानु पर्ने भयो र आयुषी सँग बिदा मागेर हिँड्यो ।
यता एक हप्ता देखि नृपेश सँग फोन म्यासेज केहि पनि भएको थिएन आयूषीको । उराठे डाँडा जस्तै हुन्थ्यो मन उसलाई अनलाइनमा नदेख्दा तर आज दुइ हप्दा बितिसक्दा पनि नृपेशसँग कुरा हुन पाएको थिएन । फोन गरुँ फोन लाग्दैन, न फेसबुक चल्छ न मोबाइलमा कुनै म्यासेज जान्छ । मन हुर्हुरी हुन थाल्यो आयुषीको । आयूषीले उस्को साथी मार्फत उस्को घरमा सोध्न लगाई त्यहाँ त एक हप्ता त के एक महिना एक बर्ष नआए पनि हाइ सञ्चो रैछ । उस्ले नृपेशले भनेको झल्झली सम्झी मनले मनलाई नचिने पनि यस्तै हो भनेर चित्त बुझाई ।
आयूषीले फेरि उस्को साथी मार्फत उस्लाई तािलममा पठाउने सँस्थाको फोन नं लिएर कुन ठाउँ हो भनेर पत्ता लगाएर त्यहाँको गाउँ बिकास समितिको कार्यालयमा भएको एक मात्र सिडिएमए फोन गरेर दुइ घण्टामा फोन गर्छु बोलाइदिन भनी । दुइ घण्टा पछि एउटा भोटे दाई बोल्नु भयो, मास्टरबाबु त १० दिन देखि लेक लागेर इन्तु न चिन्तु भाछ, अबो त लामाले पनि सकेन अनि आजै बिहानै डोकोमा बोकेर बेसी झारेछ बैनी, मलाई त तो बाबुको सारै माया लागो, निदैमा बर्बराएर आउसी आउसी भन्थो के भनेको हो । उसका आफ्ना मुन्छे पनि हैन्चन कि के हो भन्दै हुनु हुन्थ्यो । उसले बिचैमा कुरा काटेर त्यो ठाउँमा आउने बाटो सबै सोधी र फोन राखीदिई ।
उसलाई झन सहि नसक्नु भयो, अनि झोलामा २ जोर कपडा हाली अनि दराजबाट भएका सबै गहना पैसा पोको पारेर हिँडी तार्घाबेँसी तिर । एक दिनभरको यात्रा पछि एउटा बजारमा पुगी साँझ पनि झमक्कै पर्यो । भोलि बिहान ५ बजे मात्र त्यहाँ बाट जिप चल्दो रहेछ अनि एक दिन त्यहिँ बसी । मन त चिरा चिरा भइरहन्थ्यो आयूषीको घरी घरी, निदाउनु त परै जावोस एक रात पनि एक जुनी जस्तै भयो । बिहानै जिप चढेर सैली खोला पुगी अनि आधा दिनको बाटो हिँडेर तार्घा बेँसी पुगी र झटपट त्यहाँको स्वास्थ्य केन्द्र पुगी ।
उसलाई भेटे पछि लामा दाइले अनि दिपक ले तपाईँ नै हो आयूषी बैनी भनेर सोध्नु भयो उस्ले नधानिएको टाउको पनि धानेर हल्लाई हो भनेर । अनि दाइले बल्ल मास्टरबाबुको परान छिर्ने भयो आँगमा नत्र बैनी २ ३ दिन पनि के हो के हो जस्तो थियो भको थ्यो भनेर भन्नु भयो । दिपक र लामा दाइको अनुहारमा पनि अलि चमक भरियो, निधारमा आशाका रेखीहरु तैरिए त्यो सबै पहिले पढि आयूषीले अनि मनमनै धन्यवाद दिई ।
हेर्नुस त म आएँ भनेर उस्ले नृपेशको निधारमा मुसारी, उस्का आँखाका परेली अलि अलि नजानिँदो चल्मलाए, खुट्टाका कान्छि औँला थरथराए, ओढहरु कलेठी हल्लिने गरि काम्न थाले । पहिलो पटक बोलेको ऊ गए पछि उस्कै नाम थियो आयूषी । आयूषी सम्हालिन नसकेर भक्कानिई एक छिन, अलिकति खुशीले, त्यो भन्दा धेरै बेदनाले अनि त्यो भन्दा पनि धेरै मायाले ।

अर्ध चेतन अबस्थामा पनि नृपेशले निधारमा न्यानो स्पर्शले छामेको अनुभव गर्यो । उसका आँखा अहिले पनि बन्द थिए चाहेर पनि उघार्न सकिरहेको थिएन तै पनि स्पर्शको शक्तिले अर्ध बेहोशीमै मन जुर्मुराउँदै थियो, उसलाई थाहा थियो यो अनुभव अरु दिन भन्दा फरक थियो साँच्चै ओखती भन्दा पनि बढि उपचार थियो यो स्पर्श । मन पलाउँदै आउन थाल्यो बल्ल जिवन प्रति आशा पलाएर आयो, अनि आफूसँग बचेको तागत जम्मा पारेर बल्ल बल्ल सकि नसकि आँखा उघार्यो । उस्को अगाडि उहि लामा दाई र दिपक भाई थिए तै पनि उस्को मन मानेर अर्को सिरानी राखेर टाउको अग्लो गराइदिन इशारा गर्यो ।
उता उल्टो फर्केर एउटी केटी मान्छे रोइरहेकी देख्यो शायद आफ्नो हालत देखेर होला भन्ने ठान्यो अनि आयूषी यता आऊ म ठिक भएँ हेर त भनेर पहिलो पटक पूरा बाक्य बोल्यो धेरै दिनमा । नृपेशले आयुषी भनेर बोलाउँदा उस्को मन हलुका भयो । आँशु पनि कति बग्न सकेका गण्डकी बगे जस्तै, यो त मायाको मूल पो रहेछ जुन मनको सागरमा गएर बिलिन हुन्छ अनि हरपल डुबाइरहन्छ जुरो सम्म भन्ने लाग्यो उसलाई । अझै पनि नृपेश पुरा होशमा आइसकेको थिएन उसका आँखा अझै बन्द थिए । आयूषी बिरामीकै खाटमा गएर उस्को काखमा राखेर बिरामी भए देखि काट्न नसकेका दाह्री मुसार्दै बसी ।
आज कति सुन्दर भएको मेरो नृपेश मेरो मनको सँसारको पति देव झै लाग्यो आयूषीलाई । सयौँ बर्ष पहिले देखि उनीहरु श्रीमान श्रीमति नै हुन झैँ लाग्यो । एक घण्टा जति आयूषीकै काखमा निदायो नृपेश अनि आफ्नो सपना बिपना मा सजाउने नृपेशलाई यो हालतमा पनि भेट्न पाउँदा सँसारकै भाग्यमानी मान्छे सम्झि आफूलाई आयूषीले । जब ऊ आयूषीको काखमा निदाएको थियो, उसलाई जीवनको अति सूनौलो स्वर्गमा प्रवेश गरेझैँ भयो । जिवनलाई जस्तो बनाउँछु भनेर उहिले सोच्दथ्यो त्यो साकार भए जस्तो आभास भयो । ऊ आँखाले निधाए पनि मनले निधाएको थिएन ।
कति दिन देखि अन्न नखाएको मान्छे निद्राबाट ऊ ब्यूँझिए जस्तो गरेर आयूषी मलाई त भोक लाग्यो भन्यो । अब छिट्टै निको भएर यहि हामि आएको बाटो तिमि सँग हात मिलाएर हिँड्न अनि डुल्न मन लागेको छ भन्दै थियो । नृपेशले खाना माग्दा आयूषीलाई उस्की पत्नी हुनुको जिम्मेवारी थपियो । एक मुठी चामल मा दाल सबै मिसाएर जाउलो अनि लेकाली साग पुरुक्क पारेर ल्याइदिई र धेरै दिनमा अन्न र नून उसको शरिरमा छिर्यो । अनि ३ ४ दिनमा नृपेश अलि उठ्न अनि हिड्न सक्ने भयो ।
उसले तालिम दिएका बिद्यार्थि तथा अभिभावकहरु पनि बेशी झरे । उनीहरु दुबैलाई फूल माला लगाइदिए अनि फेरि माथि गाउँ जान कर गरे । उनीहरुले पनि नकार्न सकेनन । एक दिनका लागि भए पनि माथि हिँडे । सानो साँस्कृतिक कार्यक्रम पनि भयो आयूषी पनि नाची अनि नृपेशलाई पनि नचाई थोरै थोरै । अन्तमा आयूषीले सबै गाउँलेहरुलाई उस्को नृपेशलाई बचाइदिएकोमा हजुरहरु प्रति जिवनभरी ऋणी छु भन्दै आँखाभरी आँशु पार्दै धन्यवाद दिई गाउँलेहरु पनि रसाए । लामा दाइले अर्धाङ्गिनी हुनु त यस्तो अनि बुढाबुढी हुनु त यस्तो भनेर उनिहरुलाई शुभकामना र आशिर्वाद दिनु भयो ।
सबै सँग बिदा बादी भएर हात हल्लाउँदै उनीहरु पनि भोलिपल्ट साँझमा बेसी झरे । बेसीमा उहि दिपक भाई र लामा दाई हुनु हुन्थ्यो । निकै रात सम्म पनि दुख सुखका कुरा भए रुँदै हाँस्दै । त्यहि दिन थियो आयूषीले श्रीमान सँग वास्तविक भ्यालेण्टाइन दिवस मनाइरहेकी थिई । नृपेशले बिरामी हालतमै मोबाइलमा नेटवर्क नभएर पेण्डीङ्गमा रहेको Happy Valentine my Aayushi !! You are my Valentine, You are my life & more ... भन्ने म्यासेज देखायो । आयूषी पनि नृपेशको नाक समातेर Same to you & More ... भनी अनि बाँकी दुइ जनाले ताली बजाए त्यति बेला सम्म रातको २ बजिसकेको थियो ।

Thursday, 31 January 2013
यात्रा, सहयात्रा अनि जिवनयात्रा
मुम्वर्ईबाट गोवा जाने बातानुकूलित रेल यात्राको क्याबिनमा सवारीले द्रुत गतिमा भए पनि मन्द मन्द हल्लाइरहेको थियो । अगाडि टेबलभरी भएका सामग्रीहरु छरपष्ट थिए, मन चाहिँ टेबल तिर भन्दा पनि सभ्यता तिर नै थियो किनकी यो नै मेरो सभ्यता सँग प्राबिधिक रुपमा पहिलो भेट त्यसमा पनि पहिलो यात्रा थियो । बन्द क्याबिनमा भएकाले पनि सजिलो भयो सभ्यता सँग भलाकुसारी गर्न ।
ओइ काली नसुत न उठ भन्थेँ मैले उसले चाहि आफ्नै घरको बिस्तरामा सुते जस्तो मलाई एक छिन नउठाउनुस न कति कराको हजुर पनि, हजुर पनि सुत्नुस यति राती छ, हजुर पनि आउनुस न सुत्नुस भन्थी । ज्यान मडारेर फर्किँदा पृथ्वीनै कोल्टे फेरे जस्तो लाग्ने, उस्ले भने जस्तै बाहिर चकमन्न रात थियो अनि रेलको गति सँगै बत्तिहरु फुत्त फत्त भागिरहन्थे बिपरित दिशातिर मिलिक्क मिलिक्क गर्दै । मलाई उसलाई घर बनाउने गिलो माटो मुछे जस्तै गिथोलीरहुँ जस्तै हुन्थ्यो घरी घरी चलाइदिन्थेँ अनि उसले हात च्याप्प समातेर आफुतिर खिच्थी अनि मलाई पनि सुत्न करै लाग्थ्यो ।
धेरै बेर गुडेपछि रेलगाडि अब त गोवा आउने बेला पनि धेरै बाँकि थिएन अनि पूर्वबाट लालीकिरणहरु उचालिँदै थिए बिहानीलाई रातो पार्दै तर म रातभर तीनभागमा एक भाग मात्र निदाएँ सभ्यता भने दुइ भाग त निदाईहोला । मैले गुड मर्निङ्ग म्याडम जरा उठो भनेर हिन्दी पनि मिसाई टोपलेँ अनि आँखा बल्ल बल्ल खोल्दै अलि अलि हाँसो अलि अलि लाज अनि मायालु अनुहार लिएर जुरुक्क उठेर मेरो काखमा लिपिक्क टाँसिई । मेरो पति परमेश्वर म त हजुरको साथ पाए पछि यति ढुक्क भएँ कि बल्ल जिवनमा पहिलो पटक शान्ति मिल्यो अनि मज्जाले निदाएँ । मनले खोजेको खुशी अनि सुख मिले पछि मन यति शितलो भयो कि कसरी भनुँ मैले हजुरलाई भनेर गालामा चिमोटी ।
सभ्यता र मेरो भेट अनि सँयोग पनि अनौठो छ जुन म अझै पनि रहस्य मै राख्न चाहेँ । जुन कैयौँ बर्ष पछि मात्र खोल्ने छौँ हामि । हाम्रो जिवनको सबै यथार्थ अहिल्यै खुल्यो भने त के मतलब भयो र जस्तै हामि कपडा लगाउँछौ हाम्रा केहि कुराहरु लुकाउँछौ, केहि कुरा देखाउँछौ, त्यहि लुकाउने र देखाउनेको असल सँयोजन नै ब्यक्तित्व हो भन्ने लाग्दछ । सभ्यता केटि मान्छे हो म भन्दा उमेरमा पनि केहि बर्षहरुले सानी छ र पनि केहि कुराहरुमा म भन्दा पनि समझदार छ । समाज प्रति हेर्ने दृष्टिकोण उसको प्रष्ट छ, मेरो स्थान र उस्को जिवनमा मेरो भूमिका प्रति उ सजग अनि उत्तरदायि पनि छ ।
मैले उसले चाल नपाउने गरि उसको सिउँदोमा मिठो चुम्बन गरे अनि उ पनि मेरो काखमा लुपुक्क टाँसिई फेरि लाग्दथ्यो उसले सास पनि फेरेकै छैन । कति एकाग्र हुन सकेकी अनि कति ध्यान खिच्न सकेकी उस्ले । मैले उस्को नाकमा ओठमा हातले छामेँ र पनि त्यति चाल पाइन अनि ओइ डल्ली के भो मनकुन्दरी सास फेर्न पनि बिर्सीयौ कि क्या हो तिमिले भन्दा भन्दै मेरो छातीमा गहिरो चुम्बन गरिदिई एउटा जिल्ला नै तातो भयो । कति नशालु माया उस्को कत्रो उर्जा मायामा, मनमा आँधी नै चल्ने गरि उस्ले खिचेको हरकत म आफ्नै शरिर सँग हार्थेँ घरी घरी बरु उस्को साम्राज्य चाहिँ मेरो कब्जामा थियो यस्तै हुँदो रैछ मायामा भन्ने लाग्यो । एक अर्काको साम्राज्य फेरिँदो रैछ, अधिकार र क्षेत्र फेरिँदो रैछ ।
सूर्यको किरण पनि बिस्कुन सुकाए जस्तै भुइँभरी भयो अनि त्यसैमाथि चढ्दै चढ्दै रेलगाडी पनि गोवाको स्टेशनमा रोकियो । मान्छेहरु झुम्मिन थाले ब्यागहरु क्यारी गर्नका लागि तछाडमछाड गर्दै थिए । सभ्यताले रुफस्याक झोला अनि मैले अलि ठूलो ट्रलीवाला ब्याग अनि साथमा आफ्नो ल्यापटप ब्याग थियो । एक हप्ताको यात्रामा बन्दोबस्तीका सामान जोहो गर्नै पर्यो । रेलबाट बाहिर निस्किँदा चाहिँ एकदम ख्याल गर्नु पर्ने पकेटमार देखि अनि सामान कहिँ छोड्न नहुने भन्ने साथीहरुबाट सुनेको ठिकै जस्तो पनि लाग्यो ।
मैले अटोरिक्शा लाई जरा मिडियम टाइपका होटलकी ओर ले चलो भाई भनेर हिन्दीमै टोपलेँ अनि उस्ले एक सय पचास आइ सि मा मिलेनियम रोडमा सेञ्चुरी होटल मार्ट अगाडि लगिदियो । ब्याग बोकेर कता जानु भनेर हामि पनि त्यहिँ छिर्यौ र एउटा डबलबेड रुममा बस्यौँ । झोलाहरु बिसाए पछि बल्ल हल्का भयो गोवा आए जस्तो भयो नत्रत भरिया भन्दा बढि भइएन । ओइ डल्ली गरुङ्गो झोला त मलाई बोकाइहालिस बरु तिमि पनि त्यहि झोला माथि बुइ चढेको भए म बोकि हाल्थेँ नि भनेर एक मस्का दिई हालेँ मैले । हजुर पनि सबै झोला बोकेर मेरो बुई चढेको भए त भइहाल्थ्यो नि भनेर खितित्त गर्न थाली अनि दुबै जना हाँस्यौ र लपक्क टाँसियौँ ।
यहाँ त बीचमा विकनी मात्र लगाएर हिड्छन केटीहरु, सनबाथ गर्छन रोमान्स गर्छन कि तिमि र पनि त्यसै गर्ने हो र भनेर जिस्क्याएँ, अनि उस्ले पनि अलिकति लाजले अलिकति नशालु नजरले हजुरलाई मैले बिकनी लगाएको हेर्न उता किनारमै जानु पर्छ भन्ने छ र, छि बाहिर त म त्यस्तो लाउदिन लाज लाग्छ मलाई जे जे हेर्ने हो यहिँ हो हजुरको बीच भने पनि जे भने पनि हे हे हे हे मेरो कालु महाराज पति परमेश्वर । अब हजुर त मात्तिन त के पात्तिन पनि थाल्नु भएछ नि मेरो बुढो, नमरे बाँचे यस्तो दिन अनि यस्तो खुशी पनि देख्न पाइँदो रहेछ त ।
तिम्रो मायाका छालहरु जत्तिका यि समुन्द्रका छालहरु छैनन आँधिनै भएर आए पनि शायद, तर तिम्रो ममताले हरपल मेरो हृदयमा हानीरहेको हुन्छ । कुन समयले तँ सँग भेट भयो डल्ली म त यसैमा लुटुपुटु भएँ यार हारेँ म आफ्नो जिवनदेखि तिमिलाई जित्दा खेरी । हि हि हि गर्दै मलाई चोर औँलाले नाकैमा ठोक्कीने गरि जाली फटाहा मान्छे अनि मलाई जितेर पनि हारिन्छ कतै, कुरा गर्ने पनि दुइ पैसाको ढङ्ग भए पो हुन्छ, केटा मान्छे भएर पनि केटी मान्छे जस्तो हाऊ तपाई त शँकै लाग्छ यार केटा हो कि केटि हो भनेर हि हि हि ।
अब के जाँच्न बाँकि छ र डल्ली म केटा हो कि हैन भनेर, नाटक नगर है धेरै फेरि बाटैमा हे हे हे, म त खतरा छु नि यस्तो कुरामा अब मेरो नया अबतार देखाउन पर्ला जस्तो छ मेरो कालु लाई । भो भो हनुमान कै अबतार लिएर आए पनि अन्तिममा म्याउँ गर्ने होला भनेर फेरि पनि खिसीट्युरी गर्न थाली । यो काली सँग मैले बोलेर नसक्ने भएँ भन्दै एक छिन म पनि नबोली हिँडे उ पनि जुत्ता घिसार्दै मेरो ध्यान खिच्दै थिई म देखो नदेखो गर्दै थिएँ ।
ए मेरो पति परमेश्वर हामि यहाँ रमाइलो गर्न आएको हो, सबैलाई भुलेर दुइजना मात्र रमाउन आएको हो, मैले मायाले जिस्क्याएको हो नि, मलाई हजुरलाई सताउन मन लाग्छ के त्यहि भएर हो नि, मैले हजुरलाई नसताएर कसलाई सताउनु को सँग जिस्कनु त मेरो नानु । हाँस्यो नानु हाँस्यो ऊ ऊ हि हि भन्दै गालामा ओठको एक चड्कन खाइहालेँ अनि म पनि साम्य भएँ पानी पानी भएँ उस्को अगाडि अनि मुसुक्क हाँसेर काखमा टाँस्नु बाहेक म सँग बिकल्पनै भएन ।
घाम भर्खर अस्ताउन समुन्द्रको पानीको माथी रातो भएर बसिसकेको थियो, साँझमा सिरसिर बतास छालहरुसँगै किनारमा पसारिँदै थियो । घाम पनि हेर्दा हेर्दै डुब्यो अनि वरिपरिका बत्तिहरुको चमक बढ्न थाल्यो । मैले आज सभ्यताको मुहारमा निकै फरक लालि उदाएको देखेँ, शायद अरु सबै दिन भन्दा फरक थियो । ऊ बल्ल फक्रेकी थिइ फुल्न लाई तिन पात बाहिर निकालेर बसेको थिई भमराको अगाडी । भमरा चाहिँ उसको भरिएको रसमा मस्त हुँदै थिएँ । के हुँदैछ किन यस्तो नशा आफैलाई डुबाउने गरि यति यति पानी गँगै रानी भन्दै टाउको भन्दा पनि माथि जाँदै थियो भन्ने पनि मलाई याद थिएन ।
मलाई म आफू र सभ्यता लाई सभ्यता हो भन्ने पनि बिर्सिने गरि हामि हराइ रहेको थियौँ । जिवनको पहिलो यात्रा सहयात्रा अनि त्यस पछि जिवनयात्राको साइत मा हामि थियौँ । कैयौँ बर्षदेखिका खुल्दुली अनि एक आपसका रहस्यहरु खोतल्दै थियौँ हामि । गोवाको वीचमा अरु धेरै जोडिहरु पनि पच्ने नपच्ने सबै हर्कत गर्दै थिए त्यसको पनि हामिलाई न कुनै मतलब थियो न कुनै लाज थियो । हामि पनि जवानीको रसमा महमा डुबेको मौरी जस्तै भएका थियौँ, त्यसमाथि झन वाइनले अलि अलि रँग अनि छालहरु उचाल्दै थियो । हामिहरु रेष्टुरेण्टबाट समुन्द्रको किनारमा गयौँ छालहरु सँग लुकामारी खेल्न, जिवन सँग लुकामारी खेल्न अनि जिवनको अबिस्मरणिय इतिहास कोर्न, मनहरु मिलाउन अनि मायाहरु मिसाउन अरु सबै सँसार भुलेर ।
Tuesday, 15 January 2013
जाडो भित्रको न्यानो
आथ्थु ! थु !! थु !!!
बिना सित्ति घर छोडेर हिडिएछ होऊ डल्ली, जाडोले मार्ने भयो । यो पटक त जाडो पनि कति सारो बढ्या हो भन्या हेर त ! भन्दै मुखबाट धुवाँ फुक्दै बात मार्दै थिएँ बुढि सँग । सिस्नेरी भञ्ज्याङ्गको उकालोमा हामिहरु हिँड्दै थियौँ दुइ जना सभ्यता र म दोपहरमा, त्यहि भएर भएका मलिना घाम पनि उसै अस्ताउँदै थिए, माघे सक्रान्तिमा सिस्नेरी भञ्याङ्गमा मेला हेर्न हिँडेका ।
सभ्यता बोल्नलाई ओठ चलाउँदै थिई, मैले तल्लो र माथ्लो ओठ समातेर च्याप्प पारेँ, यो जाडोमा मुख बाट हावा पस्छ मुख नखोल भन्दै थिएँ, उस्ले त झन नाकबाट हावा लिएर मुख हनुमानको जस्तो बनाएर फूऊऊऊ गरि, मेरा हातहरु उस्कै बेजोड धकेलाईमा हुत्तिए, म अवाक भएँ अनि उस्ले आफ्ना मिलेका बत्तिस दाँत लम्पसार पारी म पनि उस्को अगाडि भुतुक्कै भएँ अब के भन्नु र उसलाई ।
कुकुर सँग डरायो भने टोक्न आउँछ नि पतिदेब ! जाडो पनि त्यस्तै हो । हेर ! हेर !! खै !खै !! भिइइत्र एउटा सेण्डो गन्जी, त्यस माथि टि शर्ट, त्यस माथि हाइनेक, अनि ऊलनको शर्ट, तातो कपडाको पातलो ज्याकेट अनि त्यस माथि यो सगरमाथा चढ्ने भक्कु ज्याकेट ! जम्मा गरेर छ पत्रा, अनि आफ्नो छालाको पत्रो सँग त सात पत्रै भएछ नि बुढा ! मेरी आम्मै नि खच्चडको जस्तो कति भिर्न सक्या हुन यि मेरा बुढाले ! अझै जाडोले मरेँ भनेर आथु ! आथु !! गर्न पनि बाँकि राख्नुहुन्न फेरि ।
यि मेरो हेर्नुस त जम्मा तिन वटा ! भित्र हाइनेक, अनि त्यसमा माथि यो पातलो स्वीटर अनि यहि ज्याकेट त हो नि त्यहि पनि हजुरको जस्तो भुक्के हैन केरे । मेरो भने पातलो गन्जी समेत गन्छे आफ्नो पनि गन न झर्लाङ्ग झुर्लुङ्ग न सिँग न पुच्छर जस्ता भन्दा हाँस्दै उल्टै मलाई बिल्याउन थाली । सिँग र पुच्छर भएको त हजुरनै होइसिन्छ नि ! एक सिँगे गैँडाको पुच्छरको त के बयान गरुँ म !! हजुर सर्बज्ञान सम्पन्न ब्रम्हाजि होइसिन्छ नि, कहिँ नभाको पुच्छर हि ! हि !! हि !!!
भो छाड यो कुरा ! बरु अलि पाइला लम्का के, जिस्कीन पाए त बाटैमा मर्नु पार्छे, हिँड छिटो !! नत्र यतै यो जाडोमा जङ्गलमा ओडारको बास होला फेरि, भन्दै हामि अलि अगाडि तन्कियौँ । थाहा छ बुढा ! पोहोर साल हामि यहिँ पदयात्रामा आउँदा एउटा धन्सारमा बसेर रात बिताएर गएका थियौँ नि । मैले मकै भुटेँ, सागको सब्जी बनाएँ, अनि टमाटरको चटनी ट्वाक्क पारेँ, अनि हजुरले बाहिर दाउरा जोडेर आगो बाल्नु भयो । धेरै बेर हामि गफ गर्यौ मकै खाएर पेट भर्यौ, आगो सँग लाज नमानीकन बस्यौँ अनि सुतेर अर्को दिन बिहान ९ बजे सम्म सुतेर उठ्यौँ । त्यहि ठाउँमा पुग्न पाए त झन अहिले हनीमूनै मनाउन हुन्थ्यो नि बुढा !! भन्दै डल्लीले मेरो आङ्गको मैन पगाल्दै थिई झन जाडोमा न्यानो पार्दै थिइ ।
आफूलाई चाहिँ यहाँ भोकले मर्नु पर्या छ ! उसलाई भने के के हो के के !! आफू चाहिँ खानेकुरामा वास्ता गर्दिन र त यस्ति पाल्पा जिल्ला जस्ती छ नि । मेरो यो डोल्पा जिल्ला जत्रो भुँडि हेरन ! त्यसै जिल्लै पार्छे भन्या । तेरो सँगतले त म भोक भोकै मर्ने भएँ बुढि, फेरि जे पायो त्यहि खाने पनि होइन, यो खान्न ऊ खान्न, तँलाई खानेकुरा रोजाउनु पर्छ । आफूलाई त एक थाल खानेकुरा बजाउन पाए जहाँ पाएनि लडिन्छ, शित र हिँउँ नपर्ने ठाउँ भए पुग्यो । सुत्नलाई स्लिीपिङ्ग ब्याग छँदैछ क्यार । तर एउटा कुरा गारो भयो के डल्ली !
के भन्नुस त ?
यो स्लीपिङ्ग ब्यागमा बुढा बुढी अँगालो मारेर सुत्नै नमिल्ने के, छुट्ठाछुट्ठैमा सुत्यो अनि एशिया र अमेरिकामा सुते जस्तो हुने बुढि, बित्यासै पार्ने भो । म पनि तिमि जस्तै पातलो भएको भए त एउटैमा अटिन्थ्यो क्यार है बुढि । डल्ली च्यास्सिई बोल्दै बोलिन एक छिन त । हजुरलाई मै सँग सुत्नै पर्छ भन्ने के छ र, घ्याम्पो भरे पछि निद आइहाल्छ क्यारे भइहाल्यो नि म सधैँ एक्लै त हो नि बालै छैन जे सुकै होस । अहिले फेरि मेरि डल्ली!! मलाई भोक लाग्यो भनेर म सँग लुसुक्क नआउनु नि । मान्छेको जातै स्वार्थी के ! जति माया गरे पनि नहुने आफूलाई पुगे पछि अरुको त वास्तै छैन ।
मैले पनि डल्लीलाई अँगालोमा कसेर सासै फेर्न नमिल्ने गरि च्याप्प समाते अनि मायाले मिठो चुम्बन गरेँ अनि उस्को सबै गुस्साका सगरमाथाहरु ढले, अनि प्रशान्त महासागरको पानी बराबर भयो । छोडन बुढा, मलाई दिशा लाग्यो के । तिमि कहिँ नजाऊ ल, यहिँ बस मै सँग ऊता फर्केर, यस्तो जँगलमा बाघले लैजाला अनि रुँदै बसौला फेरि । ओइ डल्ली अलिकति पोइको पनि लाज त मान मैल भनेँ । उस्ले झन हाँसेर तिमिलाई थाहा छ बुढा ? दिशा गर्ने लाई भन्दा देख्नेलाई लाज भनेको यहि हो नि, मलाई के को लाज बाँकि के छ र तिमि सँग लुकाउन । ऊ त्यो धुर्सुलको हाँगा भाँचेर ल्याइदेऊ न पुच्छ्नलाई मेरो प्यारो पति परमेश्वर भन्दै थिई ।
आफ्नै बुढि सँग लाज शरमको त कुरै भएन नि, यो त बुढा बुढी भाँडा कुटी खेलेको नि । नानी बाबु पाउँ भन्दा मान्दिनस, त्यहि भएर आफै खेल्नु पर्यो नि भाँडा कुटी । हे ! हे !! बुढा, कति हतारिएको पाउँला न त एक दुइ बर्ष पर्खन हो, नानी बाबु पाएको भए यसरी बुढा बुढी हिँड्न पाइन्थ्यो त लाटा, यसो रमाइलो पनि गर्न पर्यो नि तिमि त बैँशैमा बुढा भयौ हो पतिदेब, झन बुढेसकालमा मैले कसरी ततेर्नु होऊ तिमिलाई, भन्दै उल्याउन थाली म पनि उसै सँग हाँसे नहाँसेर पो के गर्नु र !
साँझ पर्न त अझै एक घण्टा भन्दा पनि बढि समय बाँकि थियो क्यार तर खुट्ठा गलेका, जाडोले फोक्सो पनि हुप्प भको महशूस भयो, अब अगाडि हिँड्न सक्दिन म मेरो त रुद्रघण्टी नै फुस्कला जस्तो भयो लौन भन्दै थिई, मैले पनि स्या स्याँ भए पनि पाको बेला भनेर भनिहालेँ, अन्त केटि मान्छको त रुद्रघण्टी हुने भए पो ! थाहा छैन तँलाई । मेरो मानी पनि गल्यो हिँड्न सकिएला जस्तो लागेन फत्रक्क गल्यो मन, यस्तो थकाई लाग्यो कि दुइ गिलास तताएर नारे पा खाएर सुतौँ जस्तो लाग्यो मनमनै तर मार्छे बुढिले भनेर त्यसै चाम्रिएर बसेँ । हामि गल्नु को अर्थ ज्यान छोड्नुको अर्थ, त्यत्रो नाटक गर्नुको अर्थ चाहिँ हाम्रै अगाडि जँगलको माझमा बाटो मूनि सानो पठार खेतीबाली अनि बाटोमै आँगन जोडिएको बाटो माथिको चिटिक्क परेको घर थियो । हामि चाहिँ बासै नमागी सिधै पिँढीको खाटमै गएर बस्यौँ ।
भित्र बाट नाकमा बुलाँकी लगाएकी, चौबन्दी चोलो लगाएकी, टाउकोमा पछ्यौरा घुमाउँदै सप्को हल्लाउँदै घरभेटी आमा आउनुभयो र सिधै बाहिर जाडो छ भित्रै आवो यता पट्ठि आगो तापेर बस, थाकिच्चौ होला । दुख सुख जस्तो भए पनि यस्तै हो केटाहाटी हो भन्दै डल्लीलाई हातमा समातेर भित्र लैजानु भयो अनि म पनि भित्र लागेँ । मैले बेहुली लिएर आएको अनि आफ्नै आमाले मेरी बेहुलीलाई भित्राएर हातमा समातेर लगे जस्तै भान भयो तै पनि आत्मियता अनि सौहार्दतामा कत्ति पनि कम थिएन । धेरै बर्षमा छोराले बुहारी ल्याएर आमाले भित्राए झैँ भयो मलाई । बास्तवमा गाउँ ठाउँमा अझै पनि पारिवारिक पन अझै मेटिएको रहेनछ । म त के गरुँ के गरुँ जस्तो भयो ।
मैले आमालाई सगुन ल्याउन नपाएर यसै थक्क थक्क भएको थियो । हामि त डुल्न आएका के दिऊँ, मन भारी भयो आमाको गुन तिर्न नसकेर, उता आमाकी बुहारी चाहिँ त कता हो कता हराएकी थिइ, उसका पनि आँखा भरी भरी थिए, यसै त नारीको मन केटाको भन्दा कोमल हुन्छ भन्थे, तर मैले सभ्यतालाई यति धेरै भावुक मुडमा कहिले पनि देखेको थिइन । उसले आमालाई झम्टेर रोई म पनि ओभानो रहन सकिन तर पनि आफूलाई केटा हुनुको नाताले सम्हालेँ तै ।
के भयो छोरी किन रोएकी तिमि ? म पनि तिम्रै आमा त हुँ नि । मलाई पनि तिमिहरुलाई देखेसी मेरा शहर पसेर उतै हराएका छोरा बुहारीको झल्को आओ, तिमिहरु पनि त मेरो छोरा बुहारी नै त हौ नि । तिमिहरु पाहूना हैनो घरका जहान हौ । नरो नरो नानी ! भन्दा आमा पनि आँखा भरी आशु टिलपिल गर्नु भएको थियो । त्यत्तिकैमा बा पनि बाहिरबाट दौरा सुरवाल कोट लगाएर काने टोपीको भेषमा भित्र छिर्नु भयो । मलाइ पनि आज यिनिहरुसँअ बसेर मज्जाले बात मारम जस्तो भको हो अगाडिनै बाटामा देख्याथेँ लगालग हिँडे, म पनि चा खाँदै थिएँ दोकानाँ । बल्ल आज यो घराँ सरेसी तिमिहरु आयौ घरका जहान भरी भए जस्तो भयो बाबु ।
हामि यता गुन्द्रीमाथि कम्बल ओछ्याएर आगो ताप्दै थियौँ । बाले मोहि पार्नु भयो, नौनी निकाल्नु भयो, आमा भने झिनुवाको चामल भिजाएर त्यहि घिऊमा कसौँडीमा कोर्दै फर्काउँदै भात पकाउँदै हुनु हुन्थ्यो, बास्ना चाहि घर भरि भयो झिनुवाको चामल । गिठा, आलु, बाह्रमासे सिमि अनि सुकाएको काउली अनि मूला पनि तातो पानीमा भिजाएर ओइरिँदै हुनु हुन्थ्यो । हाम्रो घरमा जस्तो बिकासी तेल नभएर सबै परिकार घ्यू मै पाक्दथे । मकै सँग नौनी, फापरको रोटी सँग कनिका परेको घ्यू खेतालालाई पनि त्यहि सबै मा त्यहि चल्दो रैछ । बाको छेऊमा किस्न बसेको थियो । बा आमालाई उहि नै हेरबिचार गर्दथ्यो दुख बिमार पर्दा, अनि गाउँले हरुले पनि सघाउँदा रैछन ।
सबै जना खाना खान बस्यौँ आमाले सबै लाई खाना पस्केर आफू चाहिँ कुरेर बस्नु भयो, मान्नु भएन सँगै खान । भन्दै हुनु हुन्थ्यो लाज चाहिँ नमान है केटाहाटी हो । कहिँ मेलापात जानु छैन सञ्च सुबिस्ताले खाओ है जत्ति पनि छ थपी थपी खाओ है रहे भोलि बिहान किस्ने फेरि घिऊ हालेर खट्ठै जस्तै बनाएर भुटेर खान्छ, घिऊ त एक मानै खाए पनि पचाउँछ यस्ले । सत्ते भए मलाई त आज तिमोरु लाई देखेसी तेसै अघाइछु, भन्दै खोक्दै बाहिर तिर लाग्नु भयो ।
हामि पनि तो बेलाँ मन पराएर बिहा गरेका हुम छोरा, उस्को र मेरो जात मिल्दैनथ्यो म क्षेत्रीको छोरो ऊ चाहिँ खाट्ठि बाहूनी अनि हाम्लाई गाम मा बस्न दिएनन अनि यो गाममा आएर बसेम । पाखोबारी अलिकति खेतबारी स्याहारेम । छोरा छोरी भए तिनोटा सबैका बिहा पनि भए बजार गए, उतै घर बनाएर बसे, उनिहरु आम्दैनन, हामिलाई चाहिँ आवो भन्चन तर यहिँ स्वर्ग छ हामिलाई बाबु । तिमेरुकी आमा सँग भएँ भने त आधा बिसञ्चो पनि त्यसै ठिक हुन्छ बाबु, यो मया भन्ने कुरो पनि अजिवको हुँदो रैच, यसैका खाँतिर कति दुख पाइयो उस जमनामा तर हामि डगिएन बाबु, भगवानले दिएकै छन क्यार । साँचो माया गर्ने लाई त देवताले पनि माफ गर्दा रैछन बाबु । तिमिहरुको पनि जिवन सुखि हुन्छ चिन्ता नगर, हामि आमा बा को सधैँभरी तिमिहरुलाई आशिर्वाद छ ।
पोहोर साल हामि आउँदा ऊ त्यो धन्सारमा बसेर गएको नि आमा भनेर सबै बेलिबिस्तार लगाई डल्लीले । भए भरीका सबै कुरा छताछुल्लै हुने गरि पोखीई आमाको काखमा अनि आमाले उसको पोखिएको जवानी ओभानो हुने गरि सोहोर्नु भयो । तिमिले त हिरै पाइचौ नि पोइ त, तिम्रो फुलबारीमा राम्रो गोडमेल गर्ने माली भेटाइछौ नानी, यस्ता दामलीहरु लोकमा धेरै हुन्नन । बाले आमालाई आँखा मार्नुभयो उ बेलाको जवानी झल्किने गरि बा चाहिँ आमाको आँखामा गाडिनु भयो, सभ्यताले मलाई हेरेर खिसिट्युरी गरि म चाहिँ के गरुँ गरुँ भयो अनि अगाडि अगेनामा दाउरा फुकेर मज्जाले धुवाँ उडाएर बा र आमाको मायाको गाँठो फुकाएँ मैले ।
आमाले खाना खाइवोरी सुत्ने बेलामा फेरि एक गिलास तातो दुध अनि अनदीको तातो चाम्रे पनि सालको टपरीमा राखेर ल्याइदिनु भयो । अनि धुवाँ उड्ने गरि कोलमा पेलेको तोरीको तेल सानो दियालोमा तताएर ल्याइदिनु भयो । लौ त सुताओ तिमिहरु थाकेका हौला, दुइटा सिरक अनि काम्लो पनि खप्ट्याइदिएकी छु । जाडो भयो भने भन है मलाई म त गएँ लौ भोलि बिहान फेरि गहुँ छर्नु छ खेतमा लौ लौ । सभ्यताले पनि मेरो गोडा माडिदिई त्यो भन्दा बढि ऊ थाकेकी हुनाले मैले पनि उसलाई मज्जैले मालिस गरिदिएँ नत्र फेरि आफैले बोकेर हिँड्नु पर्छ ।
दिन भरि थाकेकी डल्ली मेरो काखमा लुपुक्क लागे पछि कति छिटो निदाई पत्तै भएन । मलाई तै पनि निद्रा लागिरहेको थिएन मैले धेरै पटक उसलाई कोट्याएँ, कत्ति हलचल गरिन । थाहा पाएको बेला पनि मलाई नै च्याप्प समातेर चल्न दिन्न थि । नचल न बुढा आज म एक दम थाकिछु के ! सुत न थुपुक्क मलाई मस्त निधाएको बेलामा नगिज्याऊ है म त चिच्याएर आमालाई बोलाई दिन्छु भन्थि ।
बाहिर जँगलमा रुखहरु लाई हावाले हल्लाएको बतासको मन्द आवाज अनि खोलामा बगेको पानीको चिसो सम्झेर मनमा कता कता चिसो भयो । बाटोमा खच्चडले भिरे जस्तो गरेर कपडा भिरेको याद पनि ताजै थियो । तर अहिले ति सबैले पनि थकाई मारेका थिए म सँग त केबल डल्ली मात्र थिई । बाहिर हिँउँ नै परे पनि, चिसो बतास चले पनि म चाहिँ सभ्यताको काखमा एकदम उखुममा थिएँ । उता बा आमाको मायाको न्यानो अनि घर भित्रको न्यानो अनि सभ्यताको न्यानो अझै उसको मायाको न्यानोले म तापिएको थिएँ । बल्ल जिन्दगीको न्यानोपन अनुभव गरेको थिएँ पहिलो पटक, खै कस्तो सँयोजन भयो जिन्दगीमा त्यो दिन, मुटु थर्थराउने गोडा ठिहिर्याउने चिसोको बिचमा पनि म जाडो भित्रको न्यानोमा थिएँ ।
Subscribe to:
Posts (Atom)