Friday 6 December 2013

कञ्चनजङ्घा एक्सप्रेस



कन्चनजङ्घा एक्सप्रेसको वातानुकूलित डिब्बामा करिब १०० किमि प्रतिघण्टाको गतिमा हुईँकिएको थियो रेलगाडि । नेपाल पनि आज भन्दा २० बर्ष अगाडि त के थियो र पूर्व मेचीबाट पश्चिम महाकाली सम्म पुग्दा पुगनपुग दुइ दिनै लाग्दथ्यो । एउटा डिब्बा बिचमा डाइनिङ्ग डेस्क उता तृष्णाको बेड यता चाहिँ आफ्नो तै पनि उताको बेड खाली थियो । खालि हाम्रा झोलाहरु, झोला बाट निकालिएका लुगा कपडाहरु उस्का सौन्दर्य सामग्रीहरु बिस्तरा भरि भाँडा कुटी खेलिरहेकै थिए । 

मानिसहरु पहिले पहिले गुन्यू चोलो लगाउँथे रे, कपाललाई चुल्ठी पारेर डोरीमा फुर्को पारेर बाँध्थे रे भनेर कथा हाल्दै थिएँ । रेलगाडी पहाडको सुरुङ्गमा पस्यो चकमन्न मनमा भए पनि त्यो भन्दा उज्यालो हुन्थ्यो भित्र भरि । ऊ भने आधि होशमा ए हो र बुढा मलाई पनि त्यस्तै किन्देऊ न लगाउंछु कस्तो हुँदो रैछ भन्दै थिई । मैरै पलङ्गमा मलाई नै अचेटेर उत्तानाट््याङ्ग लगाएकी थिई अरु त बुढाबुढीको नीजि क्याबिन भएकाले यसलाई सार्वजनिक किन गर्नु । 

कन्यामको चियाबारीमा एउटा रिजोर्ट त्यसको पनि डिलक्स कोठामा एक दिनको पुरा चक्र बिताइयो । उता चियाबारीमा श्रमीकहरुले चियाको मुना टिपेको देखेर सोध्थी म चाहिँ मुण्टा चिमोटेर चुँडेको भन्दा वाल्ल परेर लजाएझैँ गर्थि । फेरि लजाउनु पनि किन माइखोलामा नट बोल्टले कसेर झोलुङ्गे पुल बनाए जस्तो उस्को जिउडाल पहिरन हुन्थ्यो, आफै अलमल्लमा पर्थेँ कि कुन चाहिँ देखाएकी अनि कुन चाहिँ लुकाएकी हो, झन मेरो साथमा यसरी हिँडदा झन बहुलाउँछे, बैशले उन्मत्त हुन्छे उसैमा म पनि कुन चाहिँ ब्रम्हाचारी परेँ र फेरि । 

कन्यामको सुख्खा डाँडामा तल खोलाबाट लिफ्ट गरेर पानी तानेको रैछ,  हामि बसेकै रिसोर्टमा स्वीमिङ्ग पुल सँगै वाटर फन पार्क रैछ , प्राइभेट केजमा रमाइलो गरियो त्यहिँ ज्यान सुकाएर पाट्टिएपछि ओझेलतिर को वाइ क्याफे कर्नरमा बसेर स्न्याक्स सँगै बियर चुस्की लगायौँ । आष्ट्रिच चराको मासुको परिकार मिठो तर मासू चाहिँ निकै चाम्रो हुने चपाउनु मजै आउने रैछ । तृष्णाले म त अब बियर पिउँदिन बुढा एक ग्लास ग्रेप वाइन पिउँछु ल मलाई रुम सम्म तिमिले नै बोकेर लैजाऊ है भन्दै थिई म चाहिँ तँलाई घिसार्दै घिसार्दै लैजान्छु भन्दा कोपर्न आउँथि तर नँग्रा देखाएर किस खाएर जान्थी के भन्नु । 
हिजो बेलुका त म कति बेर निदाएँ के के भयो केहि थाहा पाइन डल्ले तिमिले बोकेर ल्यायौ कि घिसाररै ल्यायौ साँच्चै भनेर आँखा पल्टाउँदै थिई मैले भैँसिलाई बोक्छन कि घिसार्छन भनिरहनु पर्छ भन्दा कानमा रातै पार्ने गरि टोक्थी ऐया भने पछि सरि बाबा भन्दै मुसार्थि फेरि मलाई हाइसञ्चो यस्तैमा हुन्थ्यो । अलिबेर जिस्क्याएर सताएर माया गर्न मन लाग्ने भुक्तमान म पनि ऊ झन मेरो दोब्बर थिई कहिलेकाहिँ त ख्याल ख्याल गर्दा स्यालै पल्टन्थ्यो भन्या । ऊ रिसाउँदा चाहिँ अब फेरि कहिले यस्तो गर्दिन भन्थेँ तर गल्दै नगल्ने, मै सँग पराइको ब्यबहार गर्ने यो पीडा सहनु पथ्र्यो मैले । आफ्नो मान्छे रिसाउँदा वा मन दुखाउँदा उस्लाई भन्दा मलाई बढि मलाई पीडा हुन्थ्यो । 

तलाई त लिएर हिँड्यो कि एउटा न एउटा बितण्डा गरेकै हुन्छे अब देखि यो वियर सियर वाइन स्वाइन पि त मात्रै ।

के भयो ए बुढा अन्त तिमि यत्रो घोर्ले भएर के काम भयो त एउटी प्यारी हिस्सी परेकी बुढी पनि ततेर्न सक्दैनौ भने, तिमि छौ र त म रमाएकी छु, कहिले काहिँ त मलाई पनि वाइल्ड बन्न देऊ न यार तिम्रो साथ त मेरो लागि सँसार हो नि तिम्रो काख मेरो खेल्ने मैदान हो बुझ्या हो कि नाईँ 
तँलाई मैले कति सँझाए मेरी प्यारी तृष्णा यसरी नमात आफ्नो बस्त्र पहिरन खोलेर जताततै नफ्याल भनेर मान्ने होइन, ज्यान मा एउटा केहि नराखी कोहि ढोका तिर कोहि वाशरुमको ढोका तिर कोहि झ्याल तिर, पेण्टी त तेरो डस्ट बिनमा थियो झ्याल खुला भएका भए त एक दुइवटा बाहिरै गइसक्थे । अनि गफ गरुँ होशमा छैन सुत भन्दा मान्ने होइन जाडो छ कपडा ओढाउँदा ओढ्ने हैन । अनि सकि नसकि नाङ्गै वाशरुम जान खोज्छे तर जाने चाहिँ कोठाको ढोका तिर उस्स अनि समातेर वाशरुममा ल्यायो सबै पानीका धारा खोलेर अनि सावर खोलेर आफू पनि निथ्रुक्क भिजेर आइछ यति गर्दा पनि थाहा पाउन्नस भने पछि के भयो होला हालत आफै भन । 

खित्का छोडेर धित मारेर हाँस्न लागि कन्ट्रोल गर्न गारो पो भयो मलाई त उस्को खित खित धेरै बेर सम्म रोकिएन र शायद उ यति धेरै खुशी भएको पल मैले देखेको आजै थियो । ओइ डल्ली धेरै नहाँस फेरि पानी आउँछ आकाशबाट चरा खस्छन है बिचार गर भनेको बल्ल रोकियो हाँसो । त्यहि पनि बिसाउँदै खित्काउँदै थिई थाहा नपाउलान भनेर फुस्फुसाउँदै थिई । 

चुरियामाईको मन्दिरलाई दाहिने पार्दै देऊराली पुमपुम हेटौँडाको बजारमाथि स्टीलको फ्लाईओभर हुँदै शहिद स्मृति उद्यानको पीँधमा रहेको चामटारी स्टेशनमा रोकियो । रेलगाडिको सेवा पनि अति राम्रो सुरक्षा पनि भरपर्दो लाग्यो अनि त्यहिँ नेर होटलबाट भ्यान हामिलाई लिन आइसकेको थियो । तै पनि हामि आफ्नै तवरले होटलमा पुग्यौँ प्रायोजित भ्यानलाई फिर्ता पठाईदियौँ । उद्यानबाट रापती नदीको बेसिन सम्म आऊने सुपरफास्ट फ्लायरमा बसेर ४ मिनेटमै तल झर्न पाइयो, बाबै झण्डै सास खुस्केको ओरालोमा कति छिटो झारेको भन्या भन्दै खुइइय गर्दै थिई । यो आइमाईको जात कहिले डराउने कहिले हराउने यस्तै हुन तर घुम्न चाहिँ निकै मन पराउने भन्दै तृष्णालाई मायाको पप्पीले फकाउँदै थिएँ म ।

पुमपुम बाट चामटारीमा झरेपछिको पलहरु पनि अविष्मरणीय नै रहे, अझै बिर्सन भन्दा पनि भुल्न गारो हुँदो रहेछ त्यस्ता कुराहरु । तृष्णासँग बिताएका सेकेण्डहरुको पाई पाई हिसाब किताब हुन्छ यो पिरतीको कार्यालयमा उनैको जोड घटाऊ उसैको बखान उसैमा निहुँ त्यसैमा खिचलो अनि फेरि मिलन कत्ति मिठा यी भाँडाकुटीका भौचरहरु । पार्कको पहाडभित्रै सुरुङ्ग मार्ग त्यसमा चोइटिएका क्याफेहरु जता हेरुँ अनौठो अनि जति घुमियो भन्यो एकै छिनमा उहि ठाउँमा आइने रैछ कस्तो बेजोड बिज्ञान अनि कला कौशलता शायद हामिले कहिले भेटेनौँ । तुलनामा क्षेत्रफल सानै भए पनि दोब्बर सुबिधा र सञ्चयले पनि चकित नै पार्यो । चिडियाखाना, पार्क, फुलबारी, रमाइलो पानी खोप्पी जस्ता कत्ति हो कत्ति रमाउन लाइ तर चाहेर पनि हामि दुइजना समय अभावले पानी खोपीमा मज्जाले खेल्न पाइएन अर्को पटकका लागि निम्तो लिएरै आएको सहि । 

मैले तृष्णालाई मात्तिएको सम्हालेको अनुभव त थियो तर उसै गरि म आफू मात्तिएर उस्ले सम्हालेको देख्न भोग्ने इच्छा पुरा गर्न रहर जाग्यो अनि मलाई सम्हाल है आज त न पिउनु म टन्न पिउँछु तिम्रै काखमा भन्दा च्यास्सिँदै थिई । यस्तो भुस्तिघ्रे लड्यौ भने म कसरी उठाउनु नाईँ भो धेरै होसै नपाउने गरि चाहिँ नपिऊ ल भन्दै सँझाउँदै थिई ।

तिमि आइमाई हरु जस्तो हो र म सुँघ्दा बित्तिकै ढलीमली गर्ने किन पिउनु यस्ताहरुले ज्यानमा एउटा कपडा पनि नराखीकन हुर¥याउने हरुले । आज पख म पनि त्यस्तै गर्छु भन्दा धित खोलेर हाँसी तिमिलाई कपडा फाल्न पिउनै पर्छ र ? छोड यो कुरा किन बिबाद गर्नु पिऊ जति पिउन मन छ पिऊ म आज पिउँदिन उठाउन सकिन भने म पनि तिमि जहाँ लड्छौ त्यहिँ सुत्छु भनेर ओजस्वी जिम्मेवारी प्रकट गरि त्यो भन्दा बढि गर्व चाहिँ मलाई भयो कि आफ्नो मनको भाषा बुझ्ने बुढि पाएकोमा ।   

पहिला सुर्खेतमा बुलबुल ताल भनेको एउटा कुण्डहो भन्ने सुनेको थिएँ किताबमा पढेको थिएँ र पनि उति सारो मनमा तात्पर्यता थिएन ताल पुग्नलाई तर सुर्खेत आफैमा सुन्दर ठाउँ रमणीय उपत्याका भन्ने भएरै तृष्णालाई लिएर देश दर्शनमा हिँडेको थिएँ । लामो रेलको यात्रा भयो पटक पटक गरि जस्ले गर्दा उस्को ब्याक पेन हुन थालेकाले मैले अलिकति मालिस गरिदिए पछि आराम भयो । जति लुकामारी खेले पनि जति ठूलो युद्ध गरे पनि चाहिने यहि माया लाग्ने यसैलाई । कहिलेकाहिँ त भन्नु नभन्नु भन्छे भनाभन हुन्छ बोलचाल बन्द हुन्छ झन सँझिने कस्तो सम्बन्ध भयो थाहै भएन त्यसको एउटै औषधि दुइ जना एक ठाउँमा भए पछि अरु सबै साम्य हुन्थे न रिस न राग साम्य हुन्थ्यौँ दुबै जना । कामको शिल्सिलामा हामि अलग हुन्थ्यौँ अनि बिदा मिलाएर भेट्नु पथ्र्यो । 

सुर्खेत बुलबुल ताल, माया मै सानो हुनाले छुट्यो माया जाल भन्ने गित झलक्क मनमा आयो जतिबेला उहि कृतिम ताल माथिबाट हाम्रो रानीबन शुभयात्रा रेलगाडी मडारिँदै थियो मन अलि शितल भयो सोचे भन्दा । भर्खर बिहानी हुँदै थियो चरा चुरुङ्गीहरु आफ्नै भाषामा दिनको स्वागत गर्दे थिए । घामको लाली टाकुराहरुमा ओर्लिँदा हामि पनि गाडिबाट ओर्लियौँ । तृष्णा आफै प्यासी थिई नामैले त्यसैले त म ठिक्क परिदिन्थेँ उसको प्यास मेटाउन पानीको वा अरु कुनै तरल पदार्थहरुको बाहेक । 

मेरा केहि उसँग गुनासाहरु थिए र पनि भन्न सक्दिनथेँ किनकी मेरा गुनासाहरु उस्ले सुन्न चाहदिनथी ठाडै आउँथी कुनै कुरामा र पनि आफैले पचाएर सुकाएर भन्नै छोडिदिएको थिएँ र अहिले त ति गुनासाहरु पनि छैनन । अब मेरो गुनासो भने आफू सवल हुने हो मात्रै थियो । वास्तवमा म उस प्रति कस्तो भएको हेर्न चाहन्छु भन्ने कुरामा नै अभिमत बाझिन्थ्यो र म नै पछाडि हटिदिन्थेँ किनकी मलाई सबै भन्दा प्यारो उसैको साथ थियो । 

यति धेरै खुशी, यतिसारो उदण्डता अनि यतिसारो मायाको प्रयोग पहिलो पटक गरिएको थियो । अबिकसीत देशमा जन्मेकाे मान्छे, ६ ७ कक्षा सम्म पनि जाँगे र चप्पलमा बिद्यालय धाएकाे मान्छेलाई यि सबै कुरा अलाैकिक नै थिए, शायद अर्कै लोकमा पुगे जस्तो भयो । समाजमा भएका सबै चलन चल्ती मान्छेले नै बनाएका हुन । अाँगनबाट मूलबाटाे सम्म पनि अाउन नसक्ने मनस्थिती बोकेर हामि कञ्चनजङ्घा एक्स्प्रेसमा देश भरी कुद्याैँ । मानिसको सपना नै त हो बिकसीत देशकाे नागरीक हुन कस्लाई मन लाग्दैन र . चार खुट्टालाई किला ठोकेर ठम्क्याएको फलिका ठोकेकाे खाटमाथि पनि बिकसीत नेपालको नामुद कञ्चनजङ्घा एक्सप्रेशकाे अत्यन्तै मिठो ब्यूँझनै नमिल्ने सपना देखिरहेकाे रहेछु । 

सपना देखेपछि, हिजो सम्म चढेकाे म्याजिक गाडोको पछिल्लाे सीटमा बस्न मन लागेकै छैन । खुट्टामा लाएका म्याजिक चप्पल अचेल पड्किन थालेका छन । अरु सबै चीज सङ्ग या जीवनको यो दैनिकी सँगै तालमेल मिलिरहेको छैन । अब फेरी पनि अाँखाले, मनले त्यहि कञ्चनजङ्घा एक्सप्रेस कहिले अाउला भनेर मनको प्लेट फार्ममा पर्खिरहेको हुने छ । 

3 comments:

  1. धन्यवाद प्रीय सगुन जी साइत परिरहाेस दुबैजनाकाे ।

    ReplyDelete