Wednesday 12 November 2014

उप्केको तलुवा र चप्केको मन


जुत्ताको तलुवा आधा फुस्किएर दायाँ खुट्टाको चाल बिग्रिएको थियो । पदयात्राको तेश्रो दिनमै यो हालत अझै झेल्नु सात दिन कसरी हो भन्ने उत्सुकताले म भरिएको थिएँ त्यसै सँग मेरो चाहना पोखिन्छ कि भन्ने समेत मलाई डर थियो । हामि त बेशी मै थियौँ तै पनि तलुवा फुस्किसकेको थियो । ताल तालका साथीहरु देश बिदेशका साथीहरु भेट भएका थियौँ । जेरिया सँगको पहिलो भेट पनि अचम्मको थियो । 

डन्ट वरी गाइज आइ एभ वन सलुशन वेट अ मोमन्ट भन्दै जेरिया तम्सिई । आफै जुत्ता फुकालिदिई अनि फट्टिएको तलुवामा खाक्सीले घोटेर ग्ल्यु लगाएर एक छिन हावामा सुकाए पछि चप्काएर ढटाएर फेरि गोडामै भिराई त्यसमा आफै लेस बाँधे र पाइला अगाडि बढाएँ । हैन तिमोरु ह्वाँ देखि हाम्रो देशमा घुम्न आउँदा पनि जुत्ता टाल्ने गम पनि ल्यायौ है मान्नै पर्छ हो तिमिहरुलाई त । उस्ले पनि उस्कै भाषामा तिमिहरु पनि त्यति बेबकूफ त छैनौ होला नि, आफूलाई चाहिने सामान त लिएर हिँड्छौ होला त भन्दा त्यसको चिन्ता नगर न जेरी भनेर बिर्को लगाउन मन लाग्यो उसै त हाम्रो हगाई भन्दा पधाइ ठूलो किन सानो मुख गर्नु जस्तो लाग्यो । 

निकै लामो बाटो हिँडुन्जेल त औपचारिक भन्दा बाहेक कुनै कुरै भएको छैन आज । उहि जेरिया थिई दिन भरि हिँड्दा पनि बाटोमा सहारा हुन्थी, बोली मिलाउँथी अलिकति भए पनि हाँसिदिन्थी अनि त पसिना पनि भुलिन्थ्यो स्याँ स्याँ पनि छलिन्थ्यो । तर आज उसमा त्यसतो जाँगर देखिएन बोल्ने त के मुख उक्काउन पनि नपरोस झै मुख बाँधेर हिँडेकी थिई । शायद कसै सँग बोल्न र बोलाउन उस्को कुनै अपेक्षा नै थिएन कोहि नबोलोस कसैले आफूलाई नचलाओस कसैले नजिस्क्याओस भने झैँ गरि तम्सिएर हिँडेकी थिई । 

उस्को त्यो सन्नाटालाई चिर्न मन लाग्यो, उस्को तुम्लेटमा पानी सकिएछ मेरोमा भर्खर मुलपानीमा भरेको ताजै थियो निकालेर दिएँ आधाजसो पिएर मलाई फिर्ता गरिदिई । कहिलेकाहिँ मनको तलुवा पनि उक्किँदो रैछ बरु त्यसलाई के ले टाल्ने होला है जेरि भनेर उसलाई झस्काएँ पहिला अनि पुरानै ठाउँमा आई पुगी । शायद तिम्रो उक्केको जुता टाले जस्तो मन टाल्न पाए त कति मजबुत हुँदो हो जिवन, तर तिमि सँग यस्तो कुरा गरेर के फाइदा । मैले जसलाई यसै गरि टाल्न खोज्थेँ उस्ले मेरो कुरा कहिल्यै बुझ्दैन । मेरो कुरालाई हावामा उडाउँछ, म जमीनको अनि यथार्थको अनि मायाको कुरा गर्छु ऊ चाहिँ खाली हावा कुरा मात्र गर्छ । खालि जिन्दगी भनेको त वाहियात मात्र हो, त मेरै त होस नि कहाँ जान्छेस र मलाई छोडेर भनेर सके सम्म होच्याएर कुरा गर्छ । 

हामि केटा मान्छेहरु केटि मान्छेहरु देख्यो भने जति नै साधु भए पनि मनमा कता कता उल्टा सिधा कुराहरु ल्याई हाल्छौँ । तिमिहरुलाई हामि जस्ता लक्का जवान केटा देख्दा केहि केहि भए जस्तो लाग्दैन भनेर प्रश्न उस्लाई नै तेस्र्याएँ । उस्ले जवाफ फर्काई तिमिले एक दम ठिक भन्यौ यहाँ त अझै निकै कम रहेछ मानिसहरु एकदम लजाउँदा रहेछन । हामि कहाँ यत्तिकै भेट हुँदा पनि अँकमाल गर्ने किस गर्ने त चलन नै रहन्छ । एउटा अचम्मको कुरा के भने नि अस्ति धनकुटामा प्याराग्लाईडिङ्गमा अति राम्रो सँग मनोरञ्जन गराएकाले त्यसको चालकलाई किस गरेँ अनि उसले म सँग फोन नं. माग्यो त्यो पनि दिएँ अनि साँझमा फोन गरेर त होल नाइट गेटटुगेदरको प्रस्ताव राख्छ बा । अनि मैले पनि उसलाई बोलाएँ र उसकै अगाडि हाम्रो सँस्कृतिको बारेमा सम्झाएर पठाएँ । उस्ले पनि मैले भनेको कुरालाई गलत सम्झेन र अहिले पनि उ मेरो अनलाइन फ्रेण्ड छ । नेपाल आउँदा कमसे कम कफी चाहिँ सँगै बसेर पिउँ है भन्छ म पनि नाई भन्दिन । 

तिमिहरु त पश्चिमा सँस्कृतिमा हुर्केका मानिसहरु दारु पिउनु अथवा रक्सि पिउनु सामान्य नै हुन्छ होला यस्तो होश हराएको बेला त जे पनि हुन सक्छ शायद आफूलाई सम्हाल्न सकिँदैन होला, म त मेसै पाउँदिन हाऊ जेरी को सँग के गरिन्छ के बोलिन्छ पत्तै हुँदैन । 

खित्का छोडेर हाँस्छे, तिमि गलत छौ त्यस्तो होइन । तिमि आफै भन जति मात्तिए पनि आफ्नो घर बिर्सेर कहिल्यै अरुको घर त पस्दैनो पक्कै पनि । आफ्नो सवारी साधन छोडेर अर्काको त कहिल्यै चढ्दैनौ त अनि तिमिले भन्ने अरु कुरा चाहिँ तिम्रो आपराधिक मानसिकताको उपज हो । यो सहि कुरा हो तिमिलाई तितो लाग्ला तर अमला खाँदा तितो भए पनि खाइसके पछि त्यसले मुख मिठो बनाउँछ त्यो पनि कहिल्यै नभुल्नु ।

मथिङ्गल चाहिँ एक पटक बिद्युतीय झड्का लागे झैँ भयो तै पनि जेरिया लाई पत्तो भएन शायद । अनि तिमिलाई जेम्सले कुन तरिकाले मन पराउँछ त अथवा अर्को अर्थमा तिमिहरुको सम्बन्ध कुन गहिराईमा पुगेको हो भन्न मिल्छ कि हुन त त्यो तिम्रो ब्यक्तिगत कुरा हो अप्ठेरो लाग्यो भने नभन्नु नी मलाई । त्यत्तिकैमा कोदोबारीबाट एउटा हरियो फट्याङ्ग्रा आएर उसको टिशर्टमा झुण्डियो अगाडि ऊ डराउन थाली अनि मैले पुछारमा च्याप्प समातेर उस्को कपडामा टाँस्सिएका नँग्रा तानिदिएँ अनि फेरि उस्कै आकाशमा बिस्तारै उडाइदिएँ । 

तिमिलाई पौडिन आउँछ पानीमा भनेर सोधि किन नआउनु ससानो छँदा कुलोमा कति हो कति पौडेको भनेर कुराको फाँक हालेँ । नभन्दै त्यसको केहि अगाडि ढूलो खोला तर्नु पर्ने थियो शायद मेरो त कम्मर सम्म आउँथ्यो तर ऊ चाहिँ अलि अग्लिनै थिई उसको त थाइसम्म मात्रै आउँथ्यो होला । आपद चाहिँ मलाई पर्यो भित्री कपडा समेत भिज्ने भयो भनेर अरु कोहि थिएनन बाटोमा ऊ र म मात्रै थियौँ । म पहिले खोला तर्छु अनि तिमि आउनु भनेर उ खोलामा हेलिई र एकतमासले आरामले खोला पार गरि सजिलै । खोला बेगिलो नभए पनि गहिरो चाहिँ थियो । ऊ फेरि वारी आएर मलाई बुइ बोकेर पारी तारिदिई शायद केटो भएर गर्व गर्ने ठाउँ थिएन र पनि उस्ले मलाई मन दुख्ने गरि केहि पनि भनिन । 

साँझ पनि पर्यो बाटोकै घरमा बास बसियो । गाउँले खाना खाई वरी आ–आफ्नै बिस्तारामा पल्टियो कतिबेला निदाइएछ पत्तै भएन । 

तिमिले आकाशमा उड्दै हराउँदै गर्ने गौँथली देखेका छौ भनेर सोध्न थाली तर मैले उस्ले के सोध्न चाहेकी हो भनेर भेऊ पाउनै सकिन अलमलमा परेँ । खुल्दुली प्रकट गरे पछि बल्ल मलाई समेत बेरेर केटा मानिसहरु यस्तै हुन गौँथली जस्ता कतिबेला देखिन्छन कतिबेला हराउँछन पत्तो हुँदैन, यो मैले जिवनमा भोगेको कुरा हो तर तिमिलाई भन्यो भनेर नठान है भनेर अलिकति सान्त्वना पनि भेटियो । उस्को भोगाई मैले तेल खन्याउन मन लागेन छोडिदिएँ यसै । 

लामो कुरा पछि थाहा भयो कि जेरिया अलि घमण्डी केटि भए पनि सामाजिक रुपमा सम्बन्धहरु बनाउन र त्यसलाई निभाउन तत्पर अति निडर केटि मान्छे रहिछ जुन महशूस पनि भएकै हो । जेम्स उसलाई अति माया गर्ने शायद उस्को कम्जोरी भनेकै जेरिया थिई र शक्ति भनेकी पनि उहि थिई । कहिलेकाहिँ शक्ति र कम्जोरीमा सन्तुलन नमिल्दा खटपट भएको पनि बुझियो । धेरै नै पटक जेरियाले जेम्सलाई भन्दा अरुलाई नै सबभन्दा बढि माया गर्छु भन्दा यहि कुरा उसमा बिझिरहने यहि कुरामा झिकी कटक गरिरहने र फेरि जेरिया उस्को बारेमा कुनै कुरा पनि सुन्न नचाहने कुराले आफैमा अत्याधिक हिनताबोध भए जस्तो हुने कुरा पनि बुझियो । 

धेरै पटक जेरियाले जेम्स सँग कुरा भइरहेको बेलामा उस्को फोन आयो भने कुरा तुरुन्तै फोन काटेर उता बोल्ने गर्दा पनि मन दुखिरहँदो रैछ उस्को । जेरिया मुखले जे जसो भने पनि जेम्स बिना एक क्षण पनि बस्न नसक्ने तर पनि उस्कै अगाडि उसैको उपेक्षा गर्ने जस्ता देखिने ब्यबहारले जेम्सको दैनिकीलाई नै बिगारी रहेको थियो र यो कुरा पनि सबै तेरिजा थाहा पाउँथी र पनि उस्को मनको बादल उघार्न चाहन्नथी किनकी उस्को गुन जेम्सको गुन भन्दा दशौँ गुना बढि थियो । सम्बन्धमा जेम्स नजिक भए पनि दुरीमा ऊ चाहिँ नजिक थिएन जुन उसले भन्न चाहेर पनि नचाहेर पनि यथार्थ चाहिँ यहि थियो । 

मलाई जेम्स सँग पनि कुरा गर्न मन लाग्यो, अनि एलिजाकै फेसबुक आइ डि बाट जेम्सलाई पनि एड गरेँ कुराकानी भयो । उनिहरु दुबै जनाको बिचमा छिर्न चाहेँ र जेम्सलाई कुरा नलुकाईकन भनेँ साथसाथै आग्रह पनि गरेँ । 

जिवनमा धेरै सम्बन्धहरु हुन्छन, उस्तै खाले मिल्दाजुल्दा सम्बन्धहरु धेरै हुन्छन । माया सदभाव पनि सबैले आ–आफ्नो हिस्साको देखाएकै हुन्छन र पनि सबै चीजहरुलाई निस्तेज पार्दै हामि एउटै गोलका लागि समर्पित हुन्छौँ । ल मानौँ म पनि यसै गरि अर्कै केटि मान्छेलाई वा उस सँगको सम्बन्धलाई माया त सबभन्दा बढि उसलाई मान्छु, तिम्रो मेरो सम्बन्ध अरु सँग दाँज्न मिल्दैन भनेर भने भने के होला, उस्को दिमागमा केहि कुरा खेल्ला कि नखेल्ला । भलै हाम्रो सम्बन्ध नैतिक खालकै हुन्छ र पनि मायामा वा यस्को नाप जोखमा आफू तल परेको कसैले पनि सुन्न चाहँदैन यहि कुराले मलाई पोलिरहन्छ भन्दै जेम्सले म्यासेज बक्समा एउटा एसएमएसको हुल पठायो । 

नेटवर्कले पनि काम गर्न छोड्यो गल्छेडोमा आइएछ क्यार । जेम्स सँग यस्तो उस्तो कुरा नगर है, ऊ त कुराले तिमिलाई भुतुक्कै पार्छ अनि त्यहि पत्याउला तिमि चाहिँ अनि गल्ती जति मेरै थाप्लोमा आउला नि । 

अरे जेरिया तिमिले जिवनलाई सधैँ आफ्नो मात्रै अर्थमा नहेर अनि आफ्नो मात्रै अर्थमा नबुझ । हरेक कुराको फरक फरक अर्थ हुन्छ अनि हरेक प्रतिक्रियाको पनि फरक मतलब हुन्छ । सँसारमा आफ्नो मान्छे एक जना मात्रै हुन्छ र हरेक उच्चारणमा ब्यबहारमा उसले प्राथमिकता पाउनु पर्छ । कहिलेकाहिँ बिचार पुर्याउनु पर्छ, उस्को खुशी बेखुशीको बारेमा पनि अलिकति ध्यान पुर्याइदिनु पर्छ । उसमा पनि केहि कमजोरीहरु छन उस्ले पनि सच्याउनु पर्छ ।

जस्लाई तिमिले नै नराम्रो मान्छे भनेर कहानी सुनाउँछौ रिस उठेको बेला उ भन्दा पनि तल झारेर भन्नु हुँदैन । मानिसले आफ्नो हैसियत खस्केको सोचेर दिमागमा लघुताभाष घुस्यो भने त्यसलाई धपाउन निकै गाह्रो हुन्छ । थाहा छ तिमि तथानाम भनेर पनि उत्तिखेरै ठिकठाक भइहाल्छौ मनमा केहि राख्दैनौ तर पनि सबै तिम्रो जस्तो खन्याउन मिल्ने मन हुँदैन । शायद जेम्स हरेक कुराको जोड घटाऊ गरेर बस्छ अनि धेरै कुराहरु लाई बिश्लेषण गरेर अर्थ निकाल्छ र यिनै बिश्लेषणहरुमा बढि जसो सहिनै हुन्छन । यो भन्दा मसिना कुरामा म जान चाहिन जेरिया जे भए पनि ऊ तिमिलाई औधि माया गर्छ अहिले पनि र शायद तिमिले उस्को मन दुखायौ या उसलाई फालिदियौ मनबाट भने पनि तिम्रो लागि दिएको ठाउँ अरु कसैलाई दिन चाहँदैन अझ दिनै सक्दैन । बास्तवमा यो उस्को कम्जोरी जस्तो देखिए पनि तिम्रो लागि शक्ति हो भन्छु म । 

भोलि कथँ कदाचित उसलाई केहि भइहाल्यो वा उस्को मृत्यु भयो भने त्यसबेला उसका यि जिज्ञासाहरु लाई पुरा नगरिदिएकोमा वा उसको मनका खुल्दुलीहरुलाई नमेटाएकोमा तिमिलाई पल पल पोलिरहने छ । 

जेरियाले शायद आफ्नो जिन्दगीको रीललाई उल्टो घुमाइरहेकी जस्तो लाग्यो शारीरिक भाषाले चाहिँ उ गहिरै शोकमा डुबे जस्तो लाग्यो । 

दशौँ दिन थियो हामि पदयात्रा सकेर मोटरमा चढ्दै थियौँ, केहि क्षणको यात्रा पछि ठूलो बजार इटहरी आइपुगियो । ऊ चाहिँ काठमाण्डौ उड्नका लागि बिराटनगर बिमानस्थल तिर लागि म चाहिँ एक दिन त्यतै बस्ने निधो गरेँ । मेरो यत्रो पाठमा पनि कुनै प्रतिक्रिया दिन चाहिन ऊ मैले पनि केहि बुझिन आधा आधी जस्तै भयो मेरो बुझाई । 

त्यसको दुई दिन पछि दुबै जनाको म्यासेज एकै पटक आयो । 

तिमिलाई धन्यवाद दिन चाहन्छौँ हामि दुबै जनाले, बास्तवमा हामि दुई बिचमा आउन सक्ने अरु कोहि मानिस पनि थिएन तर बोलाई र शब्द चयनले हामि दुबैलाई असर पाथ्र्यौ कहिले काहिँ तर यि सबै दुर भएका छन । सम्बन्ध बन्ने पनि सानो कुराले हो र बिग्रने पनि सानो कुराले हो । ठूला कुराहरुमा त बिबाद हुन्छ अनि मिलिन्छ तर स–साना कुराहरु सबै भन्ने कुरा पनि भएन तर पनि कुवामा पानी धमिलो पार्छन यिनै कुराहरुले । धन्यवाद फेरि पनि भन्दै कुरा सकाएछन । त्यस सँगै दुबैजनाको सेल्फी पनि आइपुग्यो टुप्लुक्क अनि अनलाइनबाट हरियो बत्ति पनि हरायो ।  

नजिकै क्याफेमा छिरेँ कफि पिएँ अनि उठ्न के लागेको थिएँ स्वदेशी जेरियाको पनि एसएमएस आयो ह्वार्रै । अनि आफै पनि घम्साघम्सीमा तल्लिन हुन थालेँ । त्यतिबेलै भाइबरमा जेरियाको फोन आयो र पनि मैले उसको फोन रिसिभ गरिन किनकी म आफ्नै मान्छे सँग कुरा गरिरहेको थिएँ । मलाई ऊ जत्तिको महत्वपुर्ण कोहि हुनै सक्दैनथे । यता कुरा सकिएपछि भने जेरियालाई पनि कल ब्याक गरेँ ।  

Sunday 27 July 2014

नबिझ्ने काँढाहरु ले दुखेको मन


सबै कुराहरु जिवनपरन्त रहिरहँदैनन, परिवेश बिर्सिन्छ, मानिसहरु भुलिन्छन, हराएर जान्छन आकाशमा तुँवालो हराए झैँ । सबै तुँवालोहरु उडेर जान्छन भन्ने पनि छैन । कता बाट छिर्छन भन्ने पनि थाहा हुँदैन, कहिले काहिँ त आकार पनि महशूस गर्न नसकिने रहेछ त । मनमा बिझाई रहेकै थियो खै के हो आफैलाई पनि थाहा थिएन खास तै पनि खटपटी नजानीँदो थियो । 

हजुर म निशान बोल्दैछु भन्नुस भनेर कुरा शुरु गरेँ उताबाट एकोहोरो बोलि आइरह्यो रेडियो नेपालको बिहान ७ बजेको समाचार जस्तो अनि मैले पनि रातो स्वीच थिचे पछि रेडियो को भोल्युम बन्द गरे झैँ भयो । फेरि आयो उठाइन लगातार ५ पटक सम्म आएकाले अन्तिम पटकको घण्टि सकिनै लागेको बेला उठाईदिएँ । 

साले .............. को सन्तान, तँ आफूलाई के ठान्या छस, एक छिनमै पिटिक्क पारिदिन्छु, म को हुँ चिन्या छस भन्दै अधबैँशे लाग्ने आइमाई जाइलागि म माथि मानौँ मैले ठूलै सामाजिक अपराध गरेको हुनु पर्छ । श्लील भन्दा पनि बढि अश्लिल शब्द धेरै वाकी र पनि म नबोलि बसेँ किनकी उसको मानसिक हालत ठिक नहोला या मलाई अर्कै मान्छे सँझेर फोन गरेको होस भनेर त्यता तिरको ध्यान दिनै छोडेँ । 

ला आ आ आ आ आ । मेरो रङ नम्बर, छोड्दे सबै उस्तै कौडीका हुन जुन जोगी आए पनि कानै चिरेका भनेर एक मन बन्द गरेँ तब मात्र महशूस भयो कि यो रङ नम्बरले नै म भित्र तरँग ल्याएको हो भन्ने र पनि हात उठेन । खाना खाएर एक निद्रा सुतेर फेरि उठेँ फेरि मोबाइल खेलाएँ मैले उसलाई डायल गरेको नम्बर त कल लग बाट हटिसकेछ । अब न रहे बाँस न बजे बाँसुरी झैँ पो भयो । 

म चाहिँ बुधबारे बाट दमक चारआली हुँदै भित्र चिसापानी भन्ने गाउँमा जानु थियो साथमा थियो भटभटे । दिउसोको टण्टलापुरे घाम एउटा मानिस बोरी बोकेर पसिना चुहाउँदै आफ्नै दिशाबाट हिँडिरहेको देखेँ नजिकै पुगेर रोकेँ र दाई कहाँ पुग्ने हो यतै अगाडि जाने भए म पुर्याई दिऊँला भन्दै थिएँ काच्चै खाउँला झै मलाई हेर्यो यसरी कि म ठूलै अपराधी लाई भेटे जस्तो तै केहि बोलेन, म पनि हुँइकिएँ अगाडि । 

मेरो पछाडि पछाडि ३ वटा प्रहरीका भ्यानहरु साइरन बजाउँदै अगाडि पछाडि गर्न थाले अलि अगाडि प्रहरी चेक पोष्टमा गएर मेरो अगाडि रोकिए, एक हुल प्रहरीको जत्थाले मलाई घेरा हाल्यो र जबर्जस्ती कठालोमा समातेर भित्र कार्यालय तिर लगेर राखे । त्यस बेला सम्म म पनि केहि बोलिन अचम्म भयो के हो यो सपना हो कि बिपना जस्तो पनि भयो । 

भित्र गजधम्म परेर त्यहि बोरीवाला मान्छे फुलेर बसेको रैछ, म भित्र छिर्दा साथ हो यहि हो सहि साप मलाई अपहरण गर्न खोज्ने अपराधी यसलाई नछोड्नुस है म टाँठो बाठो भएर मात्रै आज बाँचे सोझो भएका भए त ..... । ए केटा हो यस्को तलासी ले भनेर जुँगा बटार्न थाल्यो सहि पनि र पनि म केहि बोलिन, तलासी लिन दिएँ, केहि भेटिएन । जवानले सर कि त्यो हाम्रो कटुवा पेस्तोल साथमा थियो भन्दिऊँ भनेको प्रष्ट सुने पछि बल्ल मेरो रिस उठ्यो र सतर्क पनि भएँ । प्रहरीलाई आफ्नो बृतान्त शालिन तरिकाले बताएपछि उल्टै त्यो मानिस एक हप्ताका लागि थुनामा पो पर्ने भयो तै पनि आफै जमानी बसेर उसलाई तारिखमा छोडिदिन अनुरोध गर्दै त्यहाँ बाट निस्केँ । 

घरमा पनि बस्न मन लागेन साथीको घरले पनि मलाई डोर्याएन आज नयाँ ठाउँमा जान्छु भनेर निस्केँ । हुइँकिँदै इटहरी त्यहाबाट धरान अनि भेडेटार अनि त्यसभन्दा पनि सात किमि माथि पुगेर भैँसी बाँध्ने गोठमा भटभटे बाँधेर उपल्लो बस्ति तिर लागेँ । सम्साँझमा पुगेँ बस्तिमा छिरलिएका घरहरु तैपनि कुनै न कुनै घरमा बास त माग्नु नै पर्ने भयो । त्यहिँ नजिक आफ्नै उमेरका भाई साथीहरुलाई आजको बास को ब्यबस्था गरिदिन भनेँ । दुइ तले काठै काठले बनेको घर, तल सानो पसल माथि बार्दली सहितको घर, पछाडि पट्टि भान्सा कोठा त्यसको उता पट्टि भैँसिको गोठ, वरीपरि डाले घाँसका रुखहरु कत्ति मन पर्दो वातावरण । 

भदौको अन्तिम तिर हुँदोहो बाहिर फेर घरी घरी भ्यागुता कराउँथे अलि परि झ्याउँकिरी कराएको आवाज पनि सुनिँदै थियो । पहिला घरपाला घ्यु को वासना वार्तलीमा आएपछि बल्ल ए बा खाना खान आउनुस अरे अँकललाई पनि बोलाउनुस अरे भन्दै दिई छोरी चाहिँ । चरेसको थाल मा घिऊ राखेको भात, अग्लो स्टीलको गिलासमा बाक्लो महि चरेशको खुट्टे कचौरामा गिठ्ठा, हरियो बोडि अनि घिरौँलाको तरकारी, सानो प्लेटमा लोकल गोलभेँडाको अचार ट्वाक्क अनि हरियो खुर्सानीको घोगा आफ्नो भागमा थियो अरु सबै घरका सदस्यहरु लावा लस्कर थियो । सबैले मेरो पहिलो गास कुरेका थिए कि त्यस पछि उनिहरुले पनि खान पाउन, मैले भान्सा चलाई दिएँ ।

पश्चिम पट्टि फर्केको बार्दली हुँदै छेऊको कोठामा बास थियो । भुइँमा चर्को टेक्न पनि नहुने भित्तामा मज्जाले अडेस लगाउन पनि नहुने बडो मिजासले बस्नु पर्ने घर भए पनि अनौठो चाहिँ महशूस भएको थिएन । भित्ता भरी पत्रिका टाँसेर कोठा झिलिमिली रैछ एक छिन आँखा डुलाएँ र पनि फेरि निद्रा लागेन । छेऊमा टेलिभिजन रैछ तार सार मिलाएर खोलेँ अनि तिजको रमझम आइरहेको रैछ हेरेँ एक छिन । त्यस पछि बृत्तचित्र आउँदैछ भनेर तल सुचना दिँदै थियो । थाकेको मन अब बन्द गर्नु पर्यो भनेर भन्दै थियो पाल्पा एक झलक भने पछि झस्किएँ एकै चोटि, एकटकले हेर्न थालेँ । 

एउटा बिद्यालयमा बिद्यार्थीहरु सँग अन्तरवार्ता जस्तो थियो सुन्दै रहेँ । सबै जसो १२ पढ्ने बिद्यार्थीहरु थिए तँछाड मछाड गर्दै थिए । हामिलाई पढ्न मन लाग्छ तर भनेको किताब अनि पुस्तकालय छैन । कक्षा कोठाहरु साँघुरा छन झ्यालमा खापाहरु छैनन बाछिटो पानी सबै छिर्छ । डेस्क बेञ्चहरुले सधैँ कपडा च्यात्छ अनि किन्न सकिँदैन टालेर आयो भने सबैले गिज्याउँछन यस्तो छ हाम्रो प्यारो स्कूलको बयान भनेर उछिट्टिई माइकबाट क्यामरा पनि उसबाट भाग्यो । कानका भित्ताहरु टिनीनीनी भइरहे धेरै बेर कार्यक्रमको बिचमा स्कूलको कोठाहरु देखाउने बेला नेपथ्य बाट उहि आवाज आयो, ए रजनी तँलाई यो झापा कहाँ हो भन्ने थाहा छ भन्दै थिई खै कुन्नी हाम्लाई के था बरु तँलाई चाहिँ किन चाहियो नि उतै पोइल जाने बिचार छ कि क्याहो भनेसी सबै चिल्याई चिल्याई हाँसेको आवाज पनि मत्थरियो, कार्यक्रम पनि सकियो, बिज्ञापन आउन लाग्यो, अनि टेलिभिजन बन्द गरिदिएँ । 

कि त भेटै नहुनु कि त नाता गाँस्नु यो कस्तो सम्बन्ध हो बालुवाको घर जस्तो । मैले जति लडाउँछु फेरि ढड्याउन मन लाग्छ र जति पटक बनाउँछु फरक फरक आकारको हुन्छ । भर्खर १२ पढ्दै गरेको नानीको फेसबुक आई डि पनि त नहोला अनि भए पनि के नाममा खोज्नु तै पनि मोबाइलमा ४–५ स्न्याप चाहिँ टि भि बाटै भए पनि खिचेर राखेको थिएँ कतै थोपडा मिल्छ कि भनेर । राति बाह्र बजेको हुँदोहो मोबाइलमा म्यासेज आयो थाहा थियो तर वास्ता भएन यस्ता म्यासेज स्यासेज आइरहन्छन थाक न थल्लाका सन्देशहरु कति पढ्नु बाँदरको पुच्छर लौरो न हतियार जस्तो । 

साँझको बेला ढोका ढक्ढक्याउन पुगेको थिएँ केहि खबर नगरी सुटुक्क पुगेको थिएँ उस्को घर । भित्रबाट चुकुल खुल्यो अनि बन्द भयो त्यसमा चुकुल खुल्नु अनि बन्द हुनुमा फरक सिर्फ म मात्र थिएँ । म हरेक सफलतामा तिम्रो हात रहेको हुन्छ, म जे छु तिम्रै देन हो भन्दै मेरो पेशाको सफलता अवार्ड टफी उस्को हातमा राखिदिएँ । कोपिला देखि बयस्क फुल हुने बेला सम्मको त्यो भावनात्मक बिकासमा उस्को अनुहारमा चलचित्र झैँ झल्कियो अत्याधिक खुशी हुँदा हुँदै पनि अन्तिममा अलिकति पिलीत्त भई । 

मलाई मनपर्ने खानेकुराहरु भान्सामा पाक्दै थिए, ऊ र म मात्रै थियौँ र पनि उसलाई ठूलै भोजको जस्तो धपडी देख्दथेँ म । भन्थी मैले आज आकाशमा उड्ने बादललाई समातेकी छु थाहा छैन कतिबेला फेरि आफ्नो रुप बदलेर म बाट टाढा हुने हो अनि त फेरि उहि आकाशका तारा गनेर बादलको आकृतिमा हजुरलाई हेरेर बस्ने त हो नि म भन्दै घरभित्रै दगुर्दैै थिई । म भन्दै थिएँ म हरदम तिमि सँगै त छु किन यस्तो भनेकी यसरी भन्ने होइन, मानिसका बिभिन्न बाध्यताहरु हुन्छन बिभिन्न धपडीहरु हुन्छन यि सबै बाट बचाएर ससाना पलहरु साँच्ने त हो नि ।

तपाई बुझ्नुहुन्न शायद मेरो कुरा जुन मैले भन्न चाहिरहेकी छु, मैले आधा आकाश हैन पुरै आकाश खोजेकी हुँ । आधा आकाश मात्र सम्हाल्नुको पिडा कस्तो हुन्छ मलाई सोध्नुस यदि महशूस गर्न सक्नुहुन्न भने । मलाई एक पल मात्र एक पल भए पनि पुरा आकाश दिनुहोस म यहि पल साँचेर जिवन पर्यन्त आफ्नो जिन्दगी बाँच्ने छु । शायद लोग्ने मानिस र स्वास्नी मानिसमा यहि कुरा फरक हुन्छ होला कि सम्बन्धलाई ग्रहण गर्ने तरिका र भावनालाई वजन दिने तरिका चाहिँ फरक हुन्छ होला । 

डाइनिँङ टेबलमा खाना लागि सकेको थियो हामि दुई जना आमने सामने थियौँ । खाना कतिबेला भ्याइयो थाहा भएन पाइलाहरु सुस्ताउन हिँडे । मैले उसलाई कानमा साउती गरेर आऊ आज रातमा बजार घुम्न जाउँ मध्यरातमा बजार कस्तो हुँदो रैछ । हामि जस्तो बजार मात्तिँदो रैछ कि रैनछ त्यो पनि हेरौँ भन्दै घरबाट बाहिर लागियो । अँध्यारो उज्यालो भइरह्यो साँझ भर, शायद हामिहरु पनि मात्तिएकै थियौँ क्यार, नजानिँदो पाराले सम्झिने बिर्सिने भइरहेकै थियो । 

अलि पर सडक बत्तिहरुलाई पछ्याउँदै जाँदा एक दम रमणिय बगैँचामा पुगिएछ क्यार मनमा रमाइलो लाग्न थाल्यो । ठाउँ ठाउँमा बस्ने बेञ्चहरु राखिदिएको थियो सुत्न पनि मिल्थ्यो । म अडेस लागेर बसेँ ऊ चाहिँ मेरो काखमा सिरानी गरेर आकाशमुख फर्केर पल्टिई, म उसैलाई हातले सजाउँदै थिएँ तिम्रो मात्र के भन्दै थिएँ एउटा चरा आएर झ्याम्म हाम्रो काखमा हाम्फाल्यो झसँग भएँ । उठ्दा खेरि त उहि भेडेटारको गाउँमा मै माथि पर्ने गरि मुसो पो हाम फालेको रहेछ, उठेर घडि हेरेँ जम्मा ५ बजेको रहेछ, कुखुराका भालेहरु बास्दै थिए । मोबाइल मा म्यासेजको नोटिफिकेशन रैछ । 

मलाई बिर्सनु भयो होला नि उसदिन राम्ररी बिदा हुन पनि पाइएन सन्चै हुनु हुन्छ होला । मिल्यो भने फोन एस एम एस जे भएनी गर्नु होला नत्र भने ठिकै छ पाल्पाली नानी भन्ने एस एम एस पढे पछि त मेरो भुईँमा खुट्टै रहेन कहाँ जाउँ कता जाउँ जस्तो भयो । जिन्दगीमा ठुलै आपद परे जस्तो कसैको गुहार चाहिए जस्तो असिन पसिन भएँ हाऊ म त । तेस्का बाजे ले अलि छिटो एस एम एस पठाएका भए हिजै हेर्थे नि राती १२ बजे एस एम एस पठाइछ उससससस । 

अनि फोन नँ ९८४७१ ......... मा फोन लगाएँ त्यो भन्दा पहिला आफू बसेको कोठाको ढोका अनि चुकुल लगाएँ । २ घण्टी मै फोन उठ्यो बिहान ५ बजेको हुँदो हो । नमस्ते नानी भनेर सम्बोधन गरेँ उस्ले पनि हजुरलाई पनि नमस्ते छ है । मैले एस एम एस पठाएर हजुरलाई अप्ठेरो त भएन नि तै पनि मन मानेन ठूलो साहस बटुलेर यत्ति दुई धर्का लेखेर पठाएको मैले । 

किन डराउनु नि मोबाइलबाट फुत्त निस्केर म पिट्न आउँथिन क्यार हजुरलाई धन्दै हजुरले एस एम एस पठाउनु भयो अब टेन्सन भएन भने पछि मेरो बोली रोकियो । कस्तो टेन्सन भन्नु भको हजुरले मैले बुझिन नि अब झापाली सँग पाल्पाली ले कसरी सक्नु भन्दै हाँसि अनि ऊ पनि बोल्न छोडि फोन अनलाइनमै थिए दुबै जनाका तै पनि एक डेढ मिनट सम्म यत्तिकै सास फेरेको आवाज मात्रै सुनेर बस्यौँ । दुबै जनाले एक्कै पटक बोल्नुस न भनिएछ फेरि हाँस्यौँ । नेपथ्यमा पहिला जस्तै आवाज आयो नानी छिटो आइज भान्सामा म मेलामा जाने बेला भयो भरे कुरा गरम है सर अहिले म गएँ है भनेर बिदा भई बल्ल मनको काँढा निकाले जस्तै भयो । 

आकाश भन्छ सबै त उज्यालो तिम्रै हो अँध्यारो बरु मलाई देऊ घाम तिम्रै हो 
के थाहा उसलाई हराइरहेछु आफै  अाकाशमा सूर्य अँध्यारै भन्छ घाम तिम्रै हो 

बाँकी अर्को सिक्वेलमा ....................


Thursday 10 July 2014

मन भित्र मन बाहिर


हामि त नसोधिकन घरमा छिरियो लौ चोर आए नभन्नुहोला है । दिन भरि हिँडेर थाकेर लखतरान भइयो यसो केहि खाने कुरो छ भने दिनुस क्यार नत्र यसै पानी सानी खाएर भए पनि निँद चाहिँ लाग्छ भोकै भए पनि भन्दै सञ्जुले फ्यात्त झोला खाटमा फाल्दा बिरालो म्याउँ गर्दै भाग्यो । मैले पनि उसैको झोला सँगै आफ्नो राखेर उसैको छेवैमा बसेँ । ऊ चाहिँ खाटमा गर्लम्म पल्टियो म चाहिँ नहल्लिकन बसेँ ज्ञानी भएर । 

हाम्रा घराँ त पाहुना नआको पनि कति भो कति, हजुरहरु त बाटै नबिराई ठ्याक्कै हाम्रै घराँ छिर्नु भएछ त भन्दा सञ्जु पनि आँखा मिचे जस्तो गरि एक निद्रा पुर्याए जस्तो गर्दै जुरुक्क उठ्यो र मलाई बिल्याउन थाल्यो । हो त साँझका पाहुना देऊता हुन्छन भन्थे आज हाम्रा घराँ यति राम्रा चिटिक्क परेका बाबु आउनु भएछ, अब खुरुखुरु जे दिन्छन खानी अनि जहाँ सुताउँछन उहिँ सुत्नी अनि भोलि बिहान उठेर जानी । आँखा बँग्याउनी लामो हात गर्ने लोभि हुनी हैन नी फेरी चुपअ लागेर बस्नी है बाबु । यो घरको नियम कडा छ है जानी राख्नु, यता उता गर्नु भो भने त पुच्छरमा आगो लगाएर लँका बाट भगाउँछन नि फेरि मैले भन्द्या छ नि फेरि । 

घरका सबै जना गललल्ल हाँसे म बाहेक । 

के खाने बाबु, हामिकहाँ त बजारको जस्तो रोजेको खान पाइँदैन यहि फलेको चीज खाने हो । फापरको पीठो छ, लेखका चामल छन, लेखकै आलू छन, मार्फा साउ छ । चौरीको सुकुटी छ, कुखुरा खाने भए पनि काटेर बनाउन पर्छ । निउरोको अचार छ टिमूरको छोप छ भनेर आमाले मेनु भ्याउनु भएछ क्यार रेडियो बज्न छाड्यो । हामि त भोकले हैरान छौँ जे दिए पनि खान्छौँ सब भन्दा छिट्टो के हुन्छ त्यहि दिनुस ल आमा भनेँ । 

अए छुर्पी जा त माथि बाट चामल लेर आइजा अनि बसाली हाल । म बारीबाट साउ ल्याउछु पुरुक्क पार्नु पर्ला भन्दै आमा करेसाबारी तिर लाग्नु भयो । सञ्जु जुरुक्क उठ्यो र बाहिर गयो उपल्लो डिल बाट अँध्यारोमा लुकेर पिसाव फेरेँ भनेको त साग टिप्न गएकी आमा माथि पर्ने गरि मुतेछ मुर्दारले रुनु न हाँस्नु बनायो । हाँस्नु पनि कति हाँस्नु रुनु पनि के भनेर रुनु अनि म पनि खटाउनै नसकेर हाँसे मर्ने गरि सबै हाँसे आमा पनि हाँस्नु भयो नहाँस्ने त ऊ मात्रै भयो रुन मात्रै बाँकी थियो शायद एक्लै पाएको भए भकुथ्र्यो होला मलाई । 

मेरी आमा सरी है माफ गर्दिनुस है छोरो भनेर नत्र म भातै खान्न आमा भन्दै सरि माग्दै थियो आमा चाहिँ लौ लौ भयो हुन्छ भन्दै पछ्यौरीले मुख छोप्दै हाँस्दै हुनु हुन्थ्यो छुर्पी पनि हाँस्दै थिई । 

कस्ले राख्देको आमा यस्को नाम छुर्पी कस्तो मिठो मलाई त छुर्पी एकदम मन पर्छ चपाईरहुँ जस्तो । मान्छे पनि उस्तै राम्री रछिन नाम पनि उस्तै राम्रो कस्को भागाँ लेख्याछ कुन्नी यो छुर्पी खानलाई भन्दा बलिरहेको आगो ठोसेर चुलो बाट बाहिर निस्की आगो निभ्यो धुवाँ पुत्तायो आमा पनि साग पखाल्न अनि अपवित्र भएको ज्यान पखाल्न धारामा जानु भएको थियो । जा मुर्दार बोल्न पायो भने जे बोल्छ रिसाएर गई बिचारा जा आफै गएर आगो बाल बसि नसक्नु भयो भन्दा मानेन अनि म पनि बाहिर निस्केँ । 

आँगनको छेऊको मडकेलोमा छुर्पी सुँक्क सुँक्क गर्दै थिई । किन रोएकी छुर्पी के भयो भन त साथीको तर्फ बाट माफ गरिदेऊ ल उ मनको नराम्रो छैन प्याच्च बोल्छ तर मनको सफा छ के त्यसरी रुने होइन । हामि त एक दिनका बटुवा हौँ नि भोलि त कहाँ पुग्छौँ यस्ता कुरा मनमा लिने होइन नी भनेर सम्झाएँ र पनि उस्को सुँक्क रोकिएन र फेरि म अन्तै मोडिएँ घरमाथिको चौतारीमा गएर टहटह जुन तलपट्टि फाँट माथि सालघारी हेर्दै बसेँ । आमा छोरा भएर खाना बनाएछन । म आधा घण्टा बाहिर भएँ उत्ति समय छुर्पी पनि बाहिर भई । छुर्पी आँगनको मडकेलो बाट भित्र पसि त्यस पछि म पनि चौतारीबाट झरेर भित्र पसेँ । आमा छोराले मलाई र छुर्पीलाई घोरिएर हेरे मात्र सँयोग थियो लाग्थ्यो उनीहरु गहिरो भ्रममा थिए । 

खान पिन भयो सबैजना खाना खाए पछि एक छिन अगेना वरीपरी बस्यौँ, कान्छी छोरी पनि आई । आमाले मतिर सँकेत गर्दै यो छुर्पी छिट्टै मन दुखाउँछे कमलो मन भएकी छ, अरुलाई ज्वाफ फर्काउन सक्दिन बरु आफै पिरिएर बस्छे । कस्ती मान्नु भयो बाबुले मेरी छोरी भन्दै टाँस्सिन खोज्नु भयो मैले उहाँको इशारा बुझेँ र अप्ठेरो महशूस भयो । 

तिम्लाई बिचमा प्याच्च बोल्न कल्ले भनो, स्यानदाईले मलाई के भयो भन्दै हुनुहुन्थ्यो मैले बोलिन अनि कता जानु भयो बल्ल आउनु भएछ म आए पछि, त्यहि भएर शँका गर्यौ हामिलाई, घराँ छिरेको एक घण्टा त भछैन कस्तो लाग्यो भन्न हुन्छ बुढि, छुर्पीले कुरा बुझिछ क्यार आमालाई सोझ्याई अहिलेका जमानाआँ कुरा बुझेर बोल्न पर्छ, तिम्रा जमानामा रोधी नाच्दा नाच्दै भागे जस्तो हो र 

माऊ भन्दा चल्ला बाठा भए पछि यस्तै हो बाबु, जा त छुर्पी दाईहरुलाई सुत्ने ठाम देखाई दे अम्खोरा मा पानी राखिदे भन्दै आमा भुइँतला तिर लाग्नु भयो छुर्पीका पछाडि म थिएँ त्यस पछि थियो सञ्जु । मलाई झ्याल तिरको खाटमा सुत्न भनी सञ्जु चाहिँ भित्तातिरको खाटमा सुत्यो । उस्ले हातमा लालटिन लिएर बार्दलीमा निस्किी अनि पर छेऊको कोठामा गएर ढोका ड्याम्म पारी अनि झ्याल खोलि लालटिन तारको हुकमा झुण्डयाई । उज्यालोले उस्को अनुहार चम्किएकै थियो म पनि मोबाइल खेलाउन थालेँ एकछिन कति बेला निधाइएछ पत्तै भएन । 

अलिकति नुनिलो आँखै मतमताउने भुटुन तैरिएको ठेकीमा पारेको एक एक मग चिया लिएर आई छुर्पी बिस्तरामै । स्यानदाई स्यानदाई भनेर मेरो पाखुरामा समाएर हल्लाउँदा बल्ल थाहा पाएँ र पनि म त सञ्जुले होला भनेर साले सुत्न दे न कस्तो मिठो सपना देखेको थेँ गधाले ब्यूझाइदियो छोड भन्दै हातले धकेल्दै थिएँ झसँग भएँ एक्कासी केटि मान्छेलाई धकेलेछु आँखा खोल्दा छुर्पी मुुसुमुसु गर्दै थिई सञ्जु चाहिँ उठेर कता गइसकेछ । 

हि हि हि म त तिमिलाई के के भने हुँला उठ्ने बेला यस्तै हुन्छ गलत नसम्झ ल मलाई । 

यि चिया खानुस अनि धन्न मलाई लडाउनु भको खामो समाएर बाँचे बल्ल, अर्कालाई पहलवान लाई जस्तो छातिमा मुड्की ले धकेल्नु पर्छ त अरुले देखे के भन्लान । 

अन्त झुक्किएर हो नि त मस्त निद्रामा थिएँ अनि के गर्नु त छुर्पी तिमिलाई कहिँ त लागेन नि मेरो निदमा भनेको कुरा भुलिदेऊ जस्तै भने पनि ल । 

उस्ले पनि यि यहाँ लाग्यो भित्रै सम्म भनेर मुटुमा कोपेरै देखाई अनि बाहिर निस्किई फेरि असजिलो लाग्यो यस्ले त मलाई लाइन दिई म अर्कै तिर लाइन भएको मान्छे लाई । बिहानी पख सपनीमा सभ्यता सँग मस्किँदै पदयात्रामा हिँडेको बाटोको पौवा मा बसेको रमाइलो गरेको भिजेको सुकेको सबै देखेँ त्यहि बेला यो कहाँ बाट आई र निद्रा भङ्ग पारिदिई अझै लाइन दिन्छे बा । ऊ त्यो सञ्जु भौँतारिएको भौतारिएइ छ फेरि मै माथि किन ओइरिन्छन यिनिहरु भन्ने लाग्यो । बाहिर गएर सञ्जुलाई छुर्पीको उल्टा सिधा बखान गरेर लाइन उता सोझ्याउने कोशिस गरेँ । 

छुर्पीले मेरा लागि खोल्न ठिक्क परेको मनको किताबलाई उस्कै हातले बन्द गराउँने ध्याउन्न थियो मेरो तर कहाँ बाट शुरु गरुँ । मानिसको मन न हो यसमा कुनै बन्देज पनि हुँदैन र यसलाई रोक्ने कुनै कानून पनि छैन किनकी यसको अरु कसैले देख्ने गरि सबुद प्रमाण हुँदैन, यो त पर्ने र पार्ने लाई मात्र थाहा हुन्छ । सलक्क परेको कपाल, पातलो तर काँपिरहने उस्का ओठहरु, अनि उस्का कृत्रिम अनि प्रकृतिले दिएका गर गहनाहरुमा साँच्चै सजिएकी थिए । उमेरले भरखर २२ – २३ हुँदि हो, रुपमा पनि असाध्य राम्रो जिउडाल पनि उस्तै मिलेको सुन्दर थिई अझै सुन्दरता उस्को निश्चलता अनि निष्कपटता उस्को बानी बेहारामा थियो । सञ्जु बाहिर पट्टि खड्केरीमा बसेर मोबाइल खेलाउँदै टाउको हल्लाउँदै थियो । 

यो कस्को फोटो हो तपाईँ सँग राखेको भनेर छुर्पी टाँसिन आई र बल्ल खोतल्न सजिलो भयो । सभ्यता र मेरो बारेमा करिब १० मिनटमा बेलि बिस्तार लगाएर भ्याएँ, शायद उस्ले पनि खासै प्रतिकृया दिइन र मेरो अल्झिएको डोरी फुकाई दिई । हेर छुर्पी म त तिमिलाई जहाँ गए पनि भुल्ने भइन यो डाँडा काँडा कहिले पो आउन भ्याउने हो र तिम्रो अतेस लाग्ने भयो हाऊ केहि उपाय निकालन भनेर जिस्किएँ म पनि । हाम्ले के निकाल्नु नि उपाय सुपाय हजुरल्यै निकाल्नुस न बरु भनेर अलिकति गिली भई । 

तँलाई खाली मोबाइलमै झुण्डिन पर्छ साले आइज यता अब जाने बेला भयो । राम्रो सँग छुर्पी सँग बिदा माग फेरि फर्केर आउँछु भनेर सँझाएर हिँड्नु परेन भनेर उसलाई पनि साथमै बोलाएँ । 

यो छुर्पीले त मलाई गन्दा पनि गन्दिन तै मुर्दारले गर्दा त हो नि भनेर उस्ले पनि मेरो भाखामा स्याल भाखा थप्यो । म चाहिँ कति कुरा गर्न खोज्छु उ चाहिँ तर्कि तर्कि हिँड्छे, म पनि तर्किराख भनेर छेऊ लागेको नि भनेर मैलाई पो आँखा झिम्क्यायो उता छुर्पी मजेत्रोले मुख छोपेर मुसुमुसु गर्दै थिई । एएएएएए ! कुरा त्यसो पो रैछ हजुरको ल ल आजको दिन पनि बस्नु दिन भरि छोड्दिन हजुरको रामायण सबै सुनेर सक्छु है भनेर मचक्क पारी सञ्जुलाई र त बोल्नै नसक्ने भयो र आँखाले म सँग गुहार माग्दै थियो । 

यसलाई धेर न थेचार है छुर्पी यो त खत्रक्कै पर्छ बिस्तारै बिस्तारै कुरा गर्न पर्छ के, पहिला खिलाएर पिलाएर बलियो पार्नु अनि बल्ल कुरा गर्नु हे हे हे भन्दै गर्दा ऊ पनि के कम । मलाई कम्ताको ठान्या हो तैँले आइजा तिमिहरु बलमा भने बलमा बुद्दिमा भने बुद्दिमा भनेर जँगिन थाल्यो । ए मुलँखरे तेरा बुद्दि पनि असलै रछन नि । को सँग लडछस म सँग कि छुर्पी सँग मान्छे चिन है चिन तँलाई माया गर्ने मान्छे हाैँ हामि त ढोटे त होनि गाव पस्नै बाँकी छ हे हे । उस्ले पनि हो हो तँ ठिक भनिस मेरो रगत तातो छ के त्यहि भएर ल भैगो । 

झोला कसेर हिँड्ने बेला छुर्पिले मथेको पहिलो चिया दुबै हातले समातेर सञ्जुलाई दिइ अनि त्यस पछि मलाई र लाइन उता सोझिएछ भन्ने बुझ्न गाह्रै भएन जुन मैले पनि चाहेको थिएँ । कुन दिन फर्किनु हुन्छ भनेर सोध्दै थिई हामि ४ – ५ दिन लाग्ला भन्यौँ । खाएको बसेको पैसा लिनै मानिन उस्ले आफन्तलाई पनि पैसा तिर्छन भनेर हकारी । फर्किने बेला यहिँ बास बस्ने गरि आउनु भनेर दह्रो अर्डर दिई । फर्किने बाचा बोकेर हिँड्यौँ दुई जना उकाली गोरेटो तल छुर्पीलाई हेर्दै हेर्दै । 



प्यारी आमा र बाबा !!

आज मेरो बहुराष्ट्रिय कम्पनीको सि इ ओ बन्ने सपना पुरा भएको छ । आज फेरि उहि दिनहरु हर पलहरु चलचित्र जस्तै आँखामा छाइरहेका छन । बाबाले मलाई आफ्नो कान्छी औँलामा समाउन लगाएर घुमाउन लगेको, आमाले मेरो बारेमा चिन्ता लिइरहेको, बाबाले मलाई काँधमा उठाएको, घोडा बनेर मलाई बसाएको तर यिनै साना साना सँझनाहरुमा अतितका एक तमाम खुशीहरु मेरो अन्तर आत्मामा नफुस्किने गरि अल्झेका छन । जब मलाई ज्वरो आउँथ्यो, आमा हजुरले चिसो पानी पट्टि गर्नुहुन्थ्यो, जस्तै बलिरहेको कोइलामा कसैले पानी राखेर निभाएको होस । 

हरेक दिन बिद्यालयबाट घर फर्किने बेला आँगनको मड्केलोमा उक्लिन नपाउँदै आमा हस्याङ फस्याङ गर्दै मेरो बिट्टु आयो भन्दै आल्हादित हुनुहुन्थ्यो । मलाई अहिले पनि अफशोस छ कि हजुरको मुटुको घिडघिडो म बिट्टुले मेरी प्यारी आमाको मनको भाषा बुझ्न सकिन । एक दिन मेरा साथीहरु घरमा आउँदा मैले झर्केर मलाई बिट्टु नभन्नुस, किन बुझ्नु हुन्न तपाईँहरुले अब म सानो छैन भनेको थिएँ । मलाई लाग्थ्यो कि तपाईँहरु मलाई सम्झनै सक्नुहुन्न, म तपाईँहरुको जमानाको जस्तो यावत कुरा र शैलीहरु पालन गर्नै सक्दिन । तपाईँहरुको भोगाई दुख सुख का कथाहरु सुन्दा सुन्दा दिक्क भइसकेको थिएँ म । 

खै कतिबेला बाट हामि बिच मा अन्तराल आयो म पनि अरु मानिस जस्तै ठूलो भएँ भन्ने भ्रम पैदा भयो । अब त बिद्यालयबाट आएर आमाको काखमा लुटपुटाउनु अशोभनीय लाग्न थाल्यो, बाबा सँग काँधमा त के सँगै हिँड्न पनि अप्ठेरो लाग्न थाल्यो । हुँदै गर्दा आँफैले बनाएको जिन्दगीमा यसरी हराएँ कि मेरो जिन्दगी बनाउने अभिभावकहरुलाई नै भुलेँ मैले । 

ब्यस्त कर्पोरेट दुनिँयामा भाग्दा भाग्दै हजुरहरुलाई एक दम मिस गरिरहेको हुन्थेँ । मेरो पेशाको उचाई बाबाको काँध भन्दा उचो रहेनछ थाहा भो, दिनहुँ गर्ने हवाई यात्रा भन्दा त बाबाको घोडानै उत्कृष्ठ थियो बल्ल चेत खुल्यो । मलाई थाहा छ अब धेरै अबेर भैसकेको छ, शायद मैले हजुरहरुको लागि केहि गर्न पाएको भए, यो सफलताको केहि श्रेय दिन सकेको भए, अपार माया स्नेहको गुन फर्काउन सकेको भए । आधूनिकताका नाममा मैले कर्तब्य भुलेँ आफ्नै जन्मदिने बाबा आमालाई पनि भुलेँ र शायद फर्किन नसक्ने गरि गएको बाटो पनि भुलेँ । 

पहिले आँखामा आँशु आए पछि बल्ल हजुरहरुको याद आउँथ्यो जुन बेला म हजुरसँगै थिएँ र अहिले हजुरहरुको यादले आँखामा आँशु झर्दछ जति बेला कहिल्यै नभेट्ने गरि गुमाई सकेको छु । फुलबारी बाट भागेर पलासको बोटमा रमाउन थालेँ र अहिले न जिवनमा स्वाद छ न कुनै सुगन्ध छ । पहिले त हजुरहरु केहि नजान्ने केहि नबुझ्ने अनपढ अनि मन बिबेक नै नभएको भनेर हिँडे तर त्यहि हर्कतको श्राप लागेर होला हजुरहरुको आँशु लागेर होला सडकमा राखेको मूर्तिहरु पनि दुख परेको बेला आँशु झार्छन जस्तो लाग्छ । सँसारमा सब भन्दा ठूलो गुरु र गुरुआमा भनेकै बाबु आमा रहेछन भन्ने सिकाई भयो । 

सँसारका यस्ता धेरै बाल बच्चा यस्ता छन जस्ले आफ्ना आमा बाबुको मुख सम्म देख्न पाएनन या बाल्यकालमै गुमाए । साथीहरु आफ्नो सबभन्दा मूल्यवान सम्पत्ति भनेका आफ्ना अभिभावक हुन कहिल्यै नभुल्नु । हुन सक्छ जेनेरेशनको कुरा पुरानो कुरा असान्दर्भिक कुरा भनेर कतै आमाको मातृवात्सल्यता कहिल्यै नलुकोस, बाबाको छहारी कहिल्यै नउजाडियोस । समाज फेरिएला, भाषा परिबेश फेरिएला तर अभिभावकको माया कहिल्यै फेरिँदैन ।  

म सँग सबै बनिबनाऊ जिन्दगी छ हजुरहरुको जस्तै बैबाहिक जिवन छ, छोरा छोरी छन उठ बस पनि उस्तै हो तर पनि जिन्दगी पलासको फूलमात्रै होइन फुलबारी नै बनिसकेछ जसमा कुनै सुगन्ध छैन कुनै मिठास छैन । बाबा काम बाट फर्किँदा आमाले ठेकीबाट महि अनि चामलको रोटीको खाजा अनि भाँगोको छोपमा अगाध माया मिसाएर दिएको मैले धेरै देखेँ अहिले त्यस्तो छैन आमा । म बिहान घरबाट निस्कन्छु अनि कहाँ जान्छु कति बेला फर्किन्छु खाएर फर्किन्छु कि भोकै फर्कन्छु कसैलाई मतलब हुँदैन आमा । 

केटा केटीहरु पनि पहिले म हजुरको काखमा जस्तो आमा सँग लुटपुटाउँदैनन । बिहान उठ्छन नियमित खान्की खाए खा नखाए घिच जस्तो हुन्छ, आफ्नै तालमा हुर्किए शायद । तपाईँहरुले जस्तो माया मलाई दिनु भयो म त्यस्तो हुन सकिन । 

अब त मलाई यो सि इ ओ को जागिर पनि ज्यादा भयो मेरो जिन्दगीनै ज्यादा भयो । मैले हजुरहरुसँग बिताएको त्यो मिठो पलहरु नै बास्तविक जिन्दगी रहेछ, खुशी र सुख भनेको माया स्नेह रहेछ जुन हजुरहरु सँग छुटेपछि कहिले पनि पाइन मैले । उतिबेला राम्रो महलमा बस्नु र नाना थरी मिसाएर बनाएका बनावटी खान्की नै मलाई राम्रो लाग्यो । घरको दुध महि छोडेर बिदेशी ह्वीस्की तिर वाइन तिर लागेँ अहिले त वाकवाकी लागेर आउँछ आमा यो सबै भन्दा त हजुरको हातले दिएको ३ दिनको अमिलो महि नै मिठो हुन्थ्यो मलाई । तर त्यहि अफशोश छ पछूतो रहिरहने भो सधैँ मर्ने बेला पनि सास जाने गारो हुने भो यहि पूरा नभएको धोको ले आमा ।

अहिले म जिवनको अन्तिम बाटो हिँड्दै छु हजुरहरुलाई पछ्याउँदै छु, मलाई शायद हजुरहरुको माया जस्तो अरु केहि भेटिन जिवनमा जति पाप गरे पनि हजुरहरु सँग बिन्ति छ मलाई एक पटक माफ गरिदिनुस मलाई यो भन्दा बढि केहि चाहिँदैन । मलाई सँझिने र खोज्ने कोहि छैनन जस्तो लाग्छ, यो चिठी भौतिक रुपमा नपुगे पनि यसको मर्म हजुरहरुले पढिदिनुहोला । अब फेरि भेट होला नहोला, जसरी जन्म दिनु भयो फेरि त्यहि बाटो फर्किँदै छु, साथमा रहन मिल्न नपाए पनि हजुरहरुको आत्माले शान्ति पावोस कामना गर्दछु । 
हजुरहरुको पाउ मा फेरि अन्तिम पटक ढोग्दै छु अन्तिम नमन पनि यहि हो मेरो । 

हजुरहरुको छोरो !! 

सञ्जु तलबाट दौडिँदै आयो,  दाई के भयो किन रुनु भएको भन्दै, म कति बेला रोएँ भक्कानिएँ थाहै भएनछ । मैले त उकालिमा हिँड्दै गर्दा ढुङ्गाको चेपमा अड्याएर राखेको चिठ्ठि पढेको थिएँ । बाहिर देख्दै अचम्म लाग्यो कि पाउने आमा बाबा, ठेगाना स्वर्ग लोक भनेर लेखेको अनि पठाउनेमा हजुरको छोरा भनेर लेखेको थियो । 

दाई यो अक्षरको मसि त आलै छ भर्खर लेखेको जस्तो कतै खोजौँ भन्यो र हामि पनि बरि परि खोज्यौँ एकाध घण्टा तर कहिँ भेटिएन र पनि चिठ्ठि झोलामा राखेर हिँड्यौँ । धेरै बेर हामि बिच बोलचाल भएन करिबन ५ घण्टा जति बोलेनौ आपसमा । हामि गन्तब्यमा पुग्यौँ भेटघाट भयो आफन्त सँग तर सञ्जु बोल्यो म चाहिँ त्यति बोलिन मलाई अलि सञ्चो छैन भनेर तर्किएँ । 

तेश्रो दिन पनि मनमा बादल हटेन गुम्सिई रह्यो मन खुल्दै खुलेन दश पन्ध्र दिन तराईमा आकाश नखुले झैँ भयो उकुस मुकुस । खपि खानु भएन मलाई अनि बिहानै उठेर दुई बोतल एक दम चिसो बियर लगाइदिएँ सञ्जुलाई पनि भनिन । 

अहिले भन्दा करिब ५ बर्ष पहिला गलत फोन नम्बर डायल गर्दा पहिलो पटक सभ्यता सँग बोलेको थिएँ र पछि सरी पनि भनेँ उस्ले केहि छैन त्यस्तो भनेर मलाई हलुका बनाएकी थिई । 

हेलो हजुर नमस्ते मैले भन्दा उस्ले पनि नमस्ते हजुर भनी । मैले किरण दाईलाई खोजेको घरमा हुनुहुन्छ भनेर सोध्दा को किरण दाई भन्नु भयो हजुरले भन्दा बल्ल झसँग भएको थिएँ ला गलत नम्बरमा डायल गरिएछ । अनि भन्न मिल्छ भने यो ठाउँ कता पर्यो होला भनेर सोध्दा पाल्पा हो नि अनि हजूर कहाँ बाट नि भनेर सोधि मैले पनि उस्को बोलि खस्न नपाउँदै झापा हो त भनिदिएँ । 

पूर्वेलीहरु धेरै चतुर हुन्छन भन्थे साँच्चै हो कि क्या हो भन्दा भन्दै उसलाई नेपथ्यबाट कसले बोलाएको जस्तो आवाज आयो तर प्रष्ट बुझिएन र पनि नाम सोध्ने दुस्साहस मैले गरिन । म फोन राखेँ है झापाली सर एक छिन भएनी पहिलो पटक झापाली सँग बोल्न पाइयो भन्दै मैले केहि भन्न नपाउँदै राखिदिई म चाहिँ बिट मार्नै पाइन । उसै बेला लागेको थियो कि यो त झापाली लाई पनि माथ गर्छे हार्न जान्दिन कहिल्यै पनि । 

......... यस्को बाँकी भाग अर्को सिक्वेलमा 

Tuesday 10 June 2014

तिमि कहाँ छाै ?


एक हप्ता अगाडि देखि लगातार पानी परिरहेको थियो, यति सम्म कि हरेक दिन बिसाउँदैनथ्यो, त्यसैले धुम्म परेर बसिरहन्थ्यो । उनले म आउँदै छु भनेर फोन गरिन् मैले पनि दश एघार तिर आउनु भनेँ यत्तिकै, किनकी बिरामीपनले म समयमा उठ्नै नसक्ने भएको थिएँ, मेरा नित्य कर्म सकाउन नै करिब नौ देखि साढे नौ बजेको हुन्थ्यो । कति बेला आई पुगिछन थाहै भएन, आवाज बिनै हातमा रातो छाता लिएर ढोकामा उभिएको देखेँ अनि मैले बस भन्न पनि मेसै पाएनछु बरु उनैले मलाई आऊ भन्दैनौ भित्र भने पछि बल्ल झसङ्ग भएँ अनि हत्तपत्त आउन भित्र म त तिमिलाई हेरेको हेर्यै भएछु भने । पानी सँग दोस्ती भए जस्तो बलेनीको पछेटोमा हात पसार्दे खसिरहेको पानी मुसार्दै थिइन, शरीरमा न्यानो पार्ने कपडा पनि थिएन र पनि त्यसको कुनै वास्ता र महत्व भएको आभास नै पाइन मैले । 

घरमा त म एक्लै थिएँ, काकाको छोरो भाइ मनुज आउँथ्यो मलाई सघाउन, अनि बेलुका म सँगै बस्थ्यो । सानै भए पनि सकि नसकि मेरो सेवा गथ्र्यो । तिमिलाई गारो भयो भने कहिलेकाहिँ बिसञ्चो भयौ भने म कसरी आऊँ तिम्रोमा मलाई त हरपल तिम्रै चिन्ता भइरहन्छ पोलिरहन्छ मन यत्तिकै भनेको पनि मनमा ताजै थियो । मनुजले पनि म आज मामाघर जान्छु ल दाई हजुर आफ्नो ख्याल राख्नुस है भनेर हुईकियो । 

उस्ले थचक्क खाटमा बसेर आइ मिस यु इन इभ्री सेकेण्ड भनी म केहि पनि बोलिन टाउको हल्लाइरहेँ । बोलेका शब्द यिनै थिए र पनि हामि दुई बिचमा धेरै नै ठूलो गफगाफ भइसकेको थियो नबोलेरै । म बायाँ गोडा थिच्दै भान्सा तिर लागेँ एक्लै, प्रेसरकुकर हेरेँ खाली थियो तर जुठो अस्ति देखिको हत्तपत्त माझ्न पनि सकिएला जस्तो थिएन यसैमा अभ्यस्त थिएँ म, अरु भांडा पनि माथि भन्दा तल असरल्ल थिए । टोकरीमा ओइलाएको बन्दा, आलू भन्दा केहि रहेनछ, प्याज सकिएको त एक हप्ता अगाडि नै हो लसुन ले नै काम चलाउथ्यौँ । त्यहि बाटो म चर्पी लागेँ, फर्किदा चाहिँ उनले सबै देखेर अलिकति रिस अनि अलिकति खुशी मिसाएर अनुहारमा घोल्दै थिइन । 

उनले मलाई केहि पनि भनिनन खालि आफै भांडा मस्काउन थालिछन म पनि सघाइलाएँ दुबै जना भएर भाँडा माझ्यौँ घर सफा गर्यौ, खिर्चिमिर्चि राख्ने भाँडाहरु पनि पुछिदिईन बल्ल घर घर जस्तो भयो । उस्को हातको चुराको आवाजले घरका भित्ताहरु पनि खुशी भए र म पनि । घरमा सबै चीज काम चलाउने सतह सम्म मात्रै हुन्थ्यो । काम गरेर मलाई मिल्ने तलब भनेको जम्मा आठ हजार थियो, शरीरको अशक्तताले म अरु कमाउन सक्दिनथेँ अनि सबै कुरामा सम्झौता गर्नु पर्दथ्यो । 

आज तिमिलाई आफ्नै हातले बनाएर खुवाऊँ या तिम्रो हातले बनाएको खाऔँ भनेको आफ्नो चाला चाहिँ यस्तो छ भन्दा भन्दै अगाडि के भन्नु भनेर शब्दमै अड्किएँ म । उस्लाई मेरो सर्वश्व अबस्थाको पहिचान भयो, दुबैजना बाहिर गयौँ पसलमा खानेकुराको बन्दोबस्त भयो कोठामै खानलाई । म त सोच्दै मात्र थिएँ कतै बाहिर गएर खाऊँ तर भन्नै भ्याइन उस्ले सासै नफेरी एकाएक तारतम्य मिलाएको म टुलुटुलु हेदैैथिएँ ।

कराहीमा तरकारी बनाउँदा उस्का चुरा छमछम बज्थे, तरकारी बनाउँदा काट्दा मेरो नाक बज्थ्यो, तेरो घिरौँला जत्रो नाक नबजा घरी घरी भन्थी, म झन हाछ्यिूँ गरिदिन्थेँ अनि पिठ्यूँमा मुड्की बजार्थी र म ठुस्स पर्थेँ अनि फकाउँथी म चाहिँ उस्ले थाहा नपाउने गरि मख्ख पर्थेँ । जिवनमा पहिलो पटक दुई जना एकै ठाउँमा आफै पकाएर खाना खाएको अवसर स्मरणीय आनन्दित पल थियो । प्लेट दुइ ठाउँमा भए पनि भान्सा चाहिँ एउटै थियो घरी कस्को कता घरी कस्को कता हात हुन्थ्यो ।  

दिन भरिको बसाई पछि उस्को फर्किने बेला भयो । उस्को घर यहाँ भन्दा ५ घण्टा बस चढेर पुग्नु पर्ने झन बाटोमा जाम पर्यो भने त ८ १० घण्टा त लाग्थ्यो नै । जब दिन ढल्किन थाल्यो उस्को तन पनि तुलबुलाउन थाल्यो मैले मेसै पाइन दुई थरी अक्षर पढेँ म जान्छु बस है भने जस्तो पनि लाग्थ्यो अर्को तिर हेर न मलाई बस पनि भन्दैन कस्तो पराई जस्तो गरेको हो मलाई पाहुना जस्तै ब्यबहार गर्छ अर्धाङ्गिनीलाई भने जस्तो पनि लाग्यो । म चाहिँ दोश्रो बिकल्पको नजिक थिएँ तर जिवनमा पहिलो पटक कुनै केटि मानिसको अगाडि थिएँ प्रेमिकाको अर्थमा । फोनमा अन्य सञ्चारका सञ्जालहरुमा सबै कुरा हुन्थे भित्र बाहिरका तर मैले सबै भुलेँ, पहिलो पटक केटिको अगाडि छु के भन्ने हो बस भन्दा, भन्ने कुराले कुतकुती लगाई रह्यो । 

ऊ जुरुक्क उठी बिग्रेको लतारिएको कपाल मिलाई अनि पहिरन सजसाज गरेर हिँड्न लाई तयार भई छाता उघारी र पनि म केहि बोल्न सकिरहेको थिइन पीडा मनमा असाध्य थियो ब्यक्त गर्न सकिरहेको थिइन । लाग्थ्यो आजै बाट तिमि मेरी भयौ अब मलाई छोडेर नजाऊ तर पनि म कहाँ कहाँ अड्कीरहेको थिएँ । हामि बिचमा यति सहजता अनि सरसता हुँदा हुँदै पनि मायाको अथाह सागर र दुरी नहुँदा पनि पहिलो पटक भएर हो कि म अलिकता लजाएँ उस्ले भन्दा बढि । परिस्थिति उल्टो भयो ऊ म माथि हावि भई र पनि मलाई यहि परिस्थिति प्यारो थियो ।

म त डेरामा बस्ने मानिस सामान्य भन्दा पनि अति सामान्य हालत थियो र पनि म आज कुनै अमीर भन्दा कम थिइन । मेरा कानमा उसका चुरा बजिरहन्थे, उस्का पाउजुका टिन टिन ले कता कता कुतकती लगाउँथे नबुझ्ने भाषा बोल्थे म पनि बुझेको स्वाङ पार्थेँ । बजारमा पनि पछाडि पट्टिको कोठा बाहिर पट्टि करेसाबारी अलि पर खेत त्यस भन्दा पनि पर सानो खोला अनि खोला पारी चाहिँ स–सानो जङ्गल थियो र त्यो भन्दा शितल छहारी आज पाएको थिएँ भौतिक रुपमा । 

घर भन्दा अलि पर खोला थियो खोलाको किनारमा ठूलो चौर थियो, चौरको बिच बिचमा सफा सुकिला काला ढुङ्गाहरु ठुम्सिएका थिए । उनै दुई ढुङ्गामा अडेस लगाएर आमने सामने भएर बस्यौँ । यस्तो सुन्दर ठाउँमा कहिले म सँग यसरी सँगै बसेर कुरा गर्न पाउँछु भन्ने लागेको थियो भनेर ठट्टा गर्दै थिई मैले पनि यो कुरा त मलाई आमाको पेटमा अझ त्यो भन्दा पनि पहिला थाहा थियो भने पछि हावा अलि नशालु भयो । ढुङ्गामा बस्दा माथि सरेको उस्को कमीज तल सारीदिएँ अलिकति लजाई र पनि मलाई उल्टै के सारो लजाको हाऊ केटि जस्तो यसो कुरा सुरा गर्नु ट्वाल्ल परेर हेर्छ खाउँला जस्तो । 

नजिकै बाख्रा थियो लैनो बोकेपाठी आएर लडेकै माऊ लाई लडाएर दुध चुस्दै थिए स्याँ स्याँ गर्दै अनि मैले पनि देख्यौ भोलि पर्सि तिमिलाई पनि केटाकेटीले त्यस्तै हालत त बनाउने होलान नि भन्दा बल्ल केटिको पाराले लजाउन थाली । नबोल्ने नै हो कि भन्या त एक्कै चोटिमा थला पार्ने पो रैछ त मेरो डल्ले भनेर हातका नङ्गहरु हेर्न थाली हत्केलाहरुमा आफ्ना हत्केलाहरु राखेर नाप्न थाली । कुनै कुनै स्पर्शहरु त कति भरोसा लाग्ने हुँदा रैछन कि मैले अब सँसारै जितेको छु जस्तो लाग्ने । बस्दा बस्दै दरर्र पानी प¥यो जुरुक्क उठेर घर तिर हानियौँ तर दौडिएर होइन पाइला लम्काएर मात्र । 

उस्को कुनै कपडा थिएन फेर्ने मैले मेरो टिशर्ट लगाऊ भने उसले त्यसै गरि मैले पनि अर्को ओभानो कपडा लगाएँ । फेरि पानी बिस्तारिए पछि बाहिर निस्कियौँ उहि खोलाको किनारमा । आकाश खुला थियो ताराहरु ढकमक्क थिए अनि बिचमा भर्खरै उदाउँदै गरेको जुन थियो नजिकमा कफी मार्ट थियो । काठले बनेको आराम कुर्ची तल पट्टि खोलाको किनार हातमा कफि धेरै न्यानो भएर गर्मी हुँदै गरेका मनहरु शायद चैत बैशाखको हिमाल झैँ पग्लिँदै थिए होला । हामि सन्नटामा एकान्तमा हरायौँ गफियौँ पनि । साँझ गहिरिँदै थियो जिवनमा पहिलो पटक मैले हातमा समातेर हिँड्दै थिएँ सहाराको र भरोसाको पहिलो पटक महशूस भएको थियो । 

साँझ पनि ढल्कियो रात भयो आवाजहरु पनि मसिनिँदै गए लाग्थ्यो जगतमा हामिहरु मात्र छौँ अरु सबै निदाई सके । जिवनमा सबभन्दा माया लाग्ने चिज सब भन्दा प्यारो चिज आफू सँग भएर पनि अघाउने गरि अँगाल्न सकिरहेको थिइन । अरु बेला कान्छी औँलामा पनि अटाउँछु भनेर फुईँ लगाउने मानिस यो पटक उस्को भूगोललाई नाप्नै सकिरहेको थिइन । हामि बोलिरहेका थिएनौँ र पनि आँखाहरु एकै ठाउँमा थिए अनायसै मैले उस्को निधारमा चुमिदिएँ । उस्को सौभाग्य म हुनुको टिका लाउने ठाउँमा पहिलो टिका आफैले लगाइँदिएँ अनि उस्ले पनि मलाई सानो बालक जस्तो आफ्नो काखमा टाँसेर चपक्कै पारी मैले ज्यान छोडिदिएँ त्यति बेला म त खाट बाट गर्लम्मै लडेछु । 

दाई ! सपना देख्नु भयो कि क्या हो ? भनेर मनुज हत्त पत्त मलाई उठाउन थाल्यो । हो त भाई कति मिठो सपना देखेँ । म त बिपनै भन्ठानेको सपना पो रैछ थक्क भयो बरु एक छिन देख्न पाएको भए टुप्पो मा त पुग्न पाउँथे त्यो पनि अधुरै रह्यो भाई भैगो छोड । तत्काल सभ्यतालाई सपनाको कुरा बताएँ उस्ले पनि केहि नबोलेरै आफ्नो जाजल्य माग तेस्र्याई । म पनि त त्यहि चाहन्थेँ महाराज तर मेरो त्यस्तो भाग्य कहाँ छ र एक्लै एक्लै परिस्थिति सँग जुध्ने अनि बाटो हेरेर बस्ने भन्दा बाहेक केहि छ र अरु भनेर रिस पोखी तर मायालु अक्षरले । 

तिमिलाई मायाले रुझाउने मै हुँ ओतमा तिमिलाई सुकाऊने मै हुँ 
एकान्तमा तिमि सँग हरपल खुसुक्क कानमा फुस्फुसाउने  मै हुँ

Friday 14 February 2014

अर्को जुनी, सभ्यता र भ्यालेण्टाइन


बीच सडकमा मान्द्रोमा अन्न सुकाए जस्तो छिरलिएको थिएँ । छेऊ छाऊका गाउँवासीहरुले मलाई बिस्कुन उठाए जस्तै गरि छेऊमा लगेर हार गुहार माग्दै थिए । मेरो दिमाग भन्दा अरु केहि पनि चलेको थिएन, आँखा समेत एउटा बन्द थियो अर्को मात्र खुलेको त्यहि बायाँ आँखाले हेरिरहेको थिएँ तमाशा । यि दुइ चिज भन्दा बाहेक मेरो शरिरमा छन कि छैनन भन्नेमा पनि मेरो शंका थियो तर पनि मलाई कहिँ केहि दुखेको थिएन अरु दिन दुख्ने मन पनि आज आफै निदाएको भएर होला कुनै चालचूल थिएन उता पनि । 

केहि क्षण पछि मेरो नश्वर शरीरको त्यहि पाटो पनि शिथिल भयो र अघिका गाउँवासीहरु पनि मेरो नजरबाट हराए खै मलाई कहां कता कता लगे आफैलाई थाहा भएन । बाँच्ने अन्तिम समय सम्म पनि मैले बिभिन्न धर्मशास्त्रले तोकेका मैले जानेका जप पाठहरु गर्दै रहेँ तर म आफू मात्र बाँच्नका लागि भने थिएन कि मेरो अवसान पछि सभ्यताको के बिचल्ली हुन्छ भन्ने चिन्ता बढि भएर पनि आफ्नो दुखाई केहि जस्तो लाग्थेन । सडकमा बिस्कुन सुकाएर उठाएर ल्याएको मेरो दारपात गल्न थाले पछि अब टिकिँदैन भन्ने भयो, नजीकका केहि साथीहरुलाई बोलाएँ र अन्तिम बिदाई लिएको थिएँ जाने बेला । 

अर्को कुरा के सँझना छ भने केहि घण्टा पछि जुरुक्क उठेँ, मलाई सबै कुरा थाहा थियो । मेरो शरिर चाहिँ जहाँको तहिँ लडिरहेको थियो । मेरो वरिपरि अँध्यारो मात्र थियो र पनि मैले सबै कुरा छर्लङ्गै देखिरहेको थिएँ । मैले हल्का ढुङ्गा फ्याले र पनि कतै चोट लागेन लाग्यो मेरो असर अब यहाँ छैन । मलाई अहिले पनि दौडिएर चोकमा जाने साथीहरुसँग चिया पिउने गफ गर्ने हसि मजाक गर्ने तर यहि अफशोश लाग्यो । 

मेरो र इश्वरको आमुने सामुन्ने भयो, ध्यानमा लीन भएँ आफ्नो आत्माको बत्ति बालेँ अनि इश्वर सँग कुरा गर्न थालेँ । आफू भित्र अदभूत शक्ति उत्पन्न भएको महशूस भयो । मैले मेरा दिवँगत आफन्तहरु परिवारजन अनि आफ्नै बाबालाई मनले सँझे मनको बत्ति बालेर खोजेँ अन्तध्र्यान भएर अन्तस्करणमा खोजेँ, मेरो बिन्ति बिसाएँ दुख पोखेँ आफूलाई पोखें सबै ज्योतिकै भाषामा । त्यसमा भावना हुन्थ्यो अनौठो भाषा हुन्थ्यो अनि अर्को ज्योति सँग उस्कै भाषामा परिष्कृत भएर जान्थ्यो यसैको आधारमा मैले आरामले आफ्ना कुराहरु ब्यक्त गर्ने र उताका सूचनाहरु पनि बिस्तारै प्राप्त गर्न सक्ने भएँ अन्तराल जम्मा आधा घण्टा जतिको हुँदो हो ।  

सुन्दर बगैँचामा खेलिरहेको रमाइरहेका मानिसहरु न शोक न सुर्ता जस्ता मानिसहरुको बस्तीमा पुगेँ पत्तै भएनछ । मैले लामो निद्राबाट ब्युँझे झैँ गरि सामुन्नेको मानिस सँग सोधेँ, त्यो कल्की लगाएको ब्यक्तिले यो त मत्र्य लोक होइन बाबु तिमि स्वर्गमा आइपुग्यौ तिमि पृथ्वीलोकबाट बिदा भएर आयौ अब तिमि फर्कन सक्दैनौ भन्दा बल्ल झसँग भएँ । तिम्रो आत्मा केहि समय अझै पनि पृथ्वीमा सयर गर्न सक्छ तर तिमिले बोलेको कसैले सुन्दैन केबल तिमि मात्र महशूस गर्न सक्छौ भने पछि अलिकति साहस आयो । 

परबाट कोट पाइण्ट शर्ट लगाएर ओजस्वी मानिस आएको देखेँ र पनि त्यति वास्ता भएन म टहलिँदै थिएँ स्वर्गको फूलबारीमा घुम्न डुल्न रुचाउने मान्छे । बाबु निशान मेरो छोरा भन्दा मैले बाबालाई चिन्न गाह्रो भएन । भक्कानो छोडेर रोएँ काखमा मडारिएँ, छातिमा मुठीले सुस्त सुस्त पिटेँ पनि र एक छिन पछि दुबै जना साम्य भयौँ । मैले थाहा नपाएको कुरा पनि त्यस बेला बाबाले मलाई भन्नु भयो मैले पुरा गर्न नसकेको काम तैँले पुरा गर्नु पर्छ निशान । तलाई म यहाँ बस्न दिन्न तैँले मेरो सपना पुरा गर्नु पर्छ । मानिसका अनेक अबस्थाहरु अनि परिस्थिति हुन्छन त्यसलाई आफ्नो अनुकूल बनाएर भए पनि अगाडि बढ्नु पर्छ । 

सभ्यता र तेरो सम्बन्ध सफल भएको हेर्न चाहन्छु, तिमिहरु फूलेको फक्रेको देख्न चाहन्छु, यहि समस्या मैले पनि भोगेँ तर मायामा सफल भईन अझ भनौँ मैले परिवारमा बिद्रोह गर्न सकिन अनि परिस्थिति सँग सम्झौता गरे र फेरि यहि नियती दोहोरिएको हेर्न चाहन्न म । तैंले रोएका हर आँशुहरुले म भिज्ने गर्छु, आत्मग्लानी हुन्छ मलाई कि भर्खर गएर तँलाई सुम्सुम्याऊँ यति धेरै माया गरुँ, तँ ठूलो भए पनि काखमा खेलाउँ तर म सक्दिनथेँ आज एक छिन भए पनि मेरो इच्छा पुगेको छ । मैले ताते ताते गराएका हातहरु, कतै टाढा गएर फर्किँदा पहिलो पटक चुम्ने यि प्यारा आँखाहरु अझै पनि उस्तै भए पनि आँखाको सागरमा पानी कम छ अचेल, तैंले आफूलाई आपद् पर्दा बाबा भनेको सुन्छु तर पनि तेरो सामु उभिन नपाउँदा भक्कानो छोडेर रुन्छु तर के गर्नु म सँग कुनै हैसियत नै छैन भन्दै बाबा धेरै बेर गन्गनाउनु भयो । मैले पनि भने तपाईँको अबसान पछि मैले कहिले पनि जन्मदिन मनाएको छैन, मिठो मुख गरेको छैन अनि नयाँ कपडा पनि लगाएको छैन मन लाग्दैन हजुर हुनुहन्न । 

गेटबाट कोही मान्छे लिन आयो मलाई, मलाई बाबा सँग अलग गरायो तै पनि बाबाको आँखामा बिस्माद भन्दा पनि खुशि थियो कि छोरो मृत्यु लाई पनि जितेर फर्किँदैछ भनेर अनि म पनि सुक्सुकाइन उहाँको हसिलो मुहार देखेर । 

म बाटोमा आफ्नो सवारी चलाएर हिंडिरहेको हुन्थें मनमा नानाथरिका तरंग हरु पैदा हुन्थे, सवारी चलिरहेको हुन्थ्यो बाटोको जटिल ट्राफिक छल्दै पनि । तरकारी किन्न जाँदा ३ रुपैयामा कुरा नमिलेर छोडेर हिँडेको, बसमा भाडा पुगेन भनेर आधाबाटो हिँडे पछि कन्डक्टरले हपारेर झारेको अनि २ घण्टा हिंडेर घर पुगेका कुराहरु पनि आइरहन्थे । एक पटक याद छ पैसा नभएर सात दिन सम्म पातलो मुसुरको दाल र भात खाएर बसेको र संजोगले कोटको खल्तीमा ६० रुपैया भेटाउँदा आधा किलो मासु किनेर खर्लप्पै खाएको पनि याद आयो । आफ्नै नश्वर शरिरबाट अलग भएको मेरो अन्तस्करणले अतीतका पानाहरु पल्टाउँदै थियो । 

जब मैले यो बिषाक्त बिछोडबाट दुबै जनालाई बाहिर निकालेँ यहि ठूलो कुरा हो मेरो लागि । प्रकृतिको पनि आफ्नै नियम हुन्छ पहिले बिनाश हुन्छ पहिरो जान्छ अनि केहि समयको अन्तरालमा उस्तै भएर ठडिन्छ उस्तै जङ्गल । सबभन्दा ठूलो रहस्य भनेको जिवन भनेको चातुर्यताको एक सानो भाग हो, ब्रम्हाण्ड भन्दा पनि हाम्रो सोच बिचार महत्वपूर्ण हो जब म मृत्युको अनुभव गरेर फर्केँ त्यहाँ मैले आत्मज्योतिको नियम बुझेँ अब पनि त्यो भाषामा कसरी आफूलाई योग साधनाको माध्यमबाट कुनै पनि बेला त्यस ठाउँसम्म इश्वरको सामिप्य सँग पुर्याउने भनेर अनुभव भयो । कोहि पनि पहिले मर्नको लागि तयार नहोऊ त्यो त पहिलेनै अनुबन्धित छौ कहिले र कसरी भन्ने मात्र हो । मन भित्रको आत्मज्योतिको इश्वरसँगको सम्बन्ध कायम गर्ने पाटो चाहिँ योग साधना नै रहेछ । तिमि आफै महशूस गर्ने छौ मृत्यू केहि पनि होइन रहेछ यो त स्थान परिवर्तन मात्रै हो । हामिले इश्वर सँग सञ्चार गर्न जरुरी छैन न कि उसैले हरपल हाम्रो जानकारी खटन पटन गराइरहेको हुँदोरहेछ ।

आत्मज्योतिको भाषामा इश्वर सँग भलाकुसारी गर्दा गर्दै उहाँले सोध्नु भयो, निशान तिम्रो केहि सपना थियो जुन तिमिले पूरा गर्न बाँकि थियो भन्दा मैले मेरो एउटै सपना मेरी सभ्यता हो मेरो भविष्य पनि उहि हो अनि उस्को पनि म नै हुँ मात्र भनेको थिएँ एक्कासी ज्योति बन्द भयो अन्धकार भयो एक छिन । झलमल्ल भयो झन धेरै उताबाट जवाफ भयो तिमि त धेरै कम्जोर भएछौ । सभ्यता बाहेक तिम्रा अरु सबै प्रतिकूल परिवेशहरु छन कोहि भौतिक रुपले प्रतिकूल छन कोहि मानसिक रुपले प्रतिकूल छन यि सबै सँग लड्न सक्छौ तिमि भनेर सोधिएको प्रश्नको उत्तर दिन मलाई एक निमेष पनि लागेन । मेरो सम्पूर्ण शक्ति भनेको उहि सभ्यता हो उस्को साथ र भरोसा पाए म लड्छु सँसार सँग अरु मलाई केहि सँग चासो र सरोकार पनि छैन । शायद ऊ नभएको भए म फर्किन पनि कुनै अनुनय बिनय गर्ने थिइन अरु मेरो पृथ्वीमा केहि छ जस्तो लाग्दैन मलाई । 

हेर बालक तिमि सँग जता पनि चूनौतिहरु छन, के तिमि सभ्यतालाई बाहुपासमा राख्न सक्छु भन्ने साहस छ भने फर्केर जाऊ नत्र यस्तै अबस्था हो भने तिमि अहिले त एक पटक मरेर पनि यहाँ आराम सँग बस्न सक्छौ तर त्यहाँ गएर हरपल मरिरहनु पर्छ तिमि भन्ने सान्त्वनालाई पनि तर्काएँ, सभ्यताकै एकोहोरो घिडघिडो रहि रह्यो मनमा । मलाई बरु जे सुकै होस जतिसुकै पटक मर्नु परोस मर्छु बरु उसलाई कहिले दुख नहोस, खुशी राख्न पाउँ भन्दा तथास्तु भने पछि मन फुरुँग भयो, अब यो भ्यालेण्टाइन दिवसमा उसको साथमा हुने भएँ । 

इश्वरसँगको भलाकुसारी पछि हाम्रो मनमा पनि इश्वर रहेछ जस्ले हामिलाई चलाई रहेछ आफ्नालाई मिलाई दिएको छ, त्यहि भएर फेरि एक पटक खुशी हुन पाएको थिएँ । म त्यतिबेला आश्चर्यचकित भएँ कि जब मैले त्यस पछि पहिलो पटक आत्मा खोलेँ जब म आफ्नै नश्वर शरीरमा प्रबेश गरिसकेको थिएँ । म आफ्नै कोठामा प्रबेश गरिसकेको थिएँ र पनि आँखा खुलिसकेका थिएनन तै पनि मेरो आडमा बसेर सभ्यता रोइरहेको मनले देखेँ । म यस भन्दा अगाडि करिब डेढ घण्टा पहिले मरिसकेको सबैले आश मारेको मानिस थिएँ यत्रो बेर त म लाशमा गनिएँ । सभ्यता भने हामिले गरेका बाचा अनि भविष्यका योजनाहरु सँझिदै घुक्क घुक्क गर्दै थिई । 

मलाई औडाहा भएको थियो जुरुक्क उठूँ अनि उस्लाई नरो काली भनुँ तर मेरो स्मरण शक्ति अनि माँशपेशीहरुमा शक्ति सञ्चय हुँदै थियो शुन्यबाट । कम्तिमा पनि डेढ घण्टा भए पनि मैले मृत्यूको अनुभव गरेँ । जब मैले पहिलो पटक आँखा खोलेँ शुरुमा मलाई अनुभवको केहि सँझना थिएन, मलाई यत्ति मात्र थाहा थियो कि म केहि समयका लागि भए पनि साँच्चै संसार छोडेर बाहिर गएकै हो त्यस पछि सोधेँ म साँच्चै ज्यूंदै छु आखिर जिवन भन्नु पनि त एउटा सपना जस्तै त रहेछ उता बाट यता हेर्दा । 

मेरा आँखा खुले जुरुक्क उठेँ, टेबलमा भएको जग बाट पानी पिएँ । आफैलाई छामे हात खुट्टाहरु जस्ताको तस्तै थिए, बाहिर निस्केँ सडक भरि बिस्कुन भएको मेरो सवारी हेरेँ त्यो पनि उस्तै थियो केहि भएको थिएन । आँखा छामे चिम्लिंदै हेर्दै गरेँ सबै सकुशल थिएं । सबै बेला मैले सपनाको यति याद गर्ने थिइन तर आज जिवनमा नयाँ खालका कुराको सिकाई भयो । मैले मेरो दिवँगत बाबाको काखमा सपनामै भए पनि एक छिन बस्न पाएँ बोल्न पाएँ सँगै रोयौँ हामि । सपनामै भए पनि मेरो लागी अर्को जुनीको अनुभव भयो । 

सभ्यतालाई फोन गरेँ हजुर खसम भनेर टोपलिई फोनमा । ह्याप्पी भ्यालेण्टाइन डे माइ डियर भ्यालेण्टाइन भने उसले मोबाइल फोन मै मिठो खाने कुरा पस्किदिई मख्ख भएँ । उस्ले पनि सेम टु यू बुढा मेरो प्यारो भ्यालेण्टाइन मेरो डल्ले भनी । अब अरु भन्नु पर्ने केहि बाँकि थिएन इशारा काफी थियो । म फेरि हावामा उडिरहेको थिएँ, घरी घरी चिमोट्थेँ फेरि यो पनि सपना त हैन भनेर !