Monday 20 February 2012

भ्यालेण्टाइन दिवसमा मातको साथ माग्दैछु

पहिले कहिल्यै नमागी अनुनय र याचनै नगरि तर आज किनहो जाग्दै छु 
जिन्दगीका नाममा तिमि इट्टाहरु थपिरह्यौ तर आज तिमीसँग एकरात माग्दैछु 

छातीमा उम्रेको निलो शिरिष जस्तै तिमीले निम्त्याइदिएका अवस्थाहरु 
चुपचाप गोड्दै स्याहार्दै आएँ तर आज, तिमीसँग एकरात माग्दैछु

आज म भित्रका यि उकुसमुकुस भावनाका असँख्य घडाहरु अनि तरङ्गहरु
उत्ताउला तरुणी भावना छताछुल्ल तिमिमा पोख्न तिमीसँग एकरात माग्दैछु

उफ्फ अचाक्ली छट्पटिमा मन भरी बग्रेल्ती चेतनाका बिज यत्रतत्र छरिदेउ
नौला लहराहरुले तिमीलाई अघाउनेगरि चिहाउन् आज, तिमीसँग एकरात माग्दैछु

म तिम्रो हिजो, आज, भोली र भोलिको पनि भोलीहरु व्याख्यागर्ने सिङ्गो दर्शन लेख्न
यही सपथ सहित एक वयष्क मातको साथ माग्दैछु, तिमीसँग एकरात माग्दैछु ।। 

No comments:

Post a Comment