Monday 20 February 2012


पानीका छालहरुले उचाल्दा म पानी माथि ओभानो भएर २ फिट जति माथि पुग्थेँ अनि उत्तिबेलै छाति पानीमा बज्रिँदा म मुनीको पानीले मेरो बाटो छोडिदिन्थ्यो । छालहरुमा ३६० डिग्रीमा घुम्दा मैले किनारमा बिकनीहरुलाई म होइन उनीहरु घुमेको देख्थेँ । किनार पनि कति साँघुरो समुन्द्र भएर पनि कति सानो लागेको हो मलाई ह्विस्कीले मात्तिएका इन्देणीका रेखाहरु घरी सात अनि चौध अनि नभएर एक्काइस रँगका पनि हुन्थे तिन तिर हुन्थे । लाग्थ्यो उनिहरु निस्तै पानी पिइरहेका छन म भने ह्विस्की को समुन्द्रमा पौडिरहेको ठान्थेँ ।

म किनारमा आउँदा चार जात अनि छत्तिस बर्णहरु दुइ गुना बत्तिसे देखाएर हाँसिरहेका थिए त्यो पनि मलाई देखेर अनि म पनि उनिहरु सँगै हाँसोको पइँचो तिर्न तम्सिएँ अनि झन हाँस्न थाले, अनि एक जात त गर्लम्मै ढले पछि अरु तिन वटा जात पनि चूप भए ... घिसार्दे समुन्द्र किनार भन्ने गिलो ठाउँमा लगियो पानीमा छ्यापियो त्यसैबेला आकाशबाट पनि पानी दरदरायो !! न ओत न बाढी कता जोगिनु अनि मुखामुख गर्नु भन्दा बाहेक केहि पनि रहेन, साँझ पनि पर्यो हावा पनि चल्न थाल्यो, कता जानु के खानु न ओढ्ने न ओछ्याउने अनि पाँच औँलाको मुठी जस्तै पोको परियो । म त चार जात छत्तिस बर्णको बिचमा थिएँ मलाई त बालै भएन अनि बिहान भयो अनि भएको नशाले पनि छोडेछ क्यारे अनि सबै हाम्रा पुर्खा चिम्पाञ्जीको रुपमा घटुवा भइसकेका थियौँ, एक छिन त सबै जना वाल्ल परियो म त झन एक्लै भएँ र चिच्याएँ ।

उत्तिबेला उत्तमले ! उत्तिबेला उत्तमले !! उत्तिबेला उत्तमले !!! एक पाथि च्यूराको चड्कन लगाए पछि पो थाहा भयो ... यि सबै मेरा सपना हरु ... अनि मैले पनि उसलाई फेरि एएएएएक !!!! दबाएर दिएँ, गधा!! तेरो के जान्थ्यो र मलाई उठाइस् !!! अनि फेरि उहि झाडन घाँटिमा बेरेर गाग्रि लिएर गैरीधारा को पँधेरो तिर हातमा मञ्जन लगाएको ब्रुश लिएर हिँडे ..... सपना पनि कस्ता कस्ता !!!!

No comments:

Post a Comment