Monday 20 February 2012


रुमानी मेरो कलेजमा प्रशासन अनि सुशासन हेर्ने अधिकार प्राप्त अति सुन्दर बोली ब्यबहार शरीर अनि हिस्सि परेकी दक्षता र योग्यता भएकी केटि थिइ । मेरो सबै कुरामा ख्याल राख्थी खाना खाने समय मेरो अनुहारमा हुने बक्ररेखाहरु उस्ले कति छिटो थाहा पाउँथि मलाई पत्तै हुन्थेन यहाँ सम्म कि मलाई कपडा किनिदिने अनि कहिलेकाहिँ मेरै कोठामा गएर पनि मेरो कपडा सजाई दिन्थी अनि भन्थि समय अनुसार लवाई पनि अजवको हुनु पर्छ कति भन्नु हजुरलाई मैले । टाई सुटको सेट मिलाई दिन्थि अनि अनुहारमा लोशनहरु पनि यसरी हो लगाउने भन्दै दलेर सिकाइदिन्थी । म सँसारका अन्य हरेक नारीहरुसँग जस्तो उ केटि हो जस्तै लाग्दैनथ्यो मेरो सबै कुराको ख्यालगर्ने अन्तरङ्ग साथी जस्तै भइसकेकी थिई । बिहान उठेदेखि राति सम्म उ म सँग काममै खटिएकि हुन्थी अनि मेरो ब्यबसायमै अनि त्यससँग सम्बन्धित कुरा मात्र गर्दथि । मेरो अनुहारमा पिम्पलहरु देखि भने आएर निचोरीदिन्थी अनि आबश्यक भए दबाइ पनि लगाई दिन्थी तै पनि कहिले पनि नारी हुनुको ब्यबसायिक आकर्षणको आभास हुन दिइन । हामि कुनै कुनै बेला कामको सिल्सिलामा टाँसिएका हुन्थ्यौँ कुनै पनि अङ्गप्रत्यङ्गहरु हाम्रा एक आपसमा मडारिन्थे जसरी बलवानहरु कुस्ति खेल्थे । जसरी म उ सँग खुला थिएँ उ पनि म सँग उस्तै थिई यो हामि दुबैले चाहेर वा आकर्षणले चाहिँ भएको थिएन । काम गर्दा गर्दा म मेशिन जस्तै भइसकेको थिएँ ठिक त्यसबेला रुमानीले मलाई सँगै जुलियाना वीच लिएर गई अनि हामि दिनभर त्यहाँ बसेका थियौँ । खाना पिना हाँसो ठट्टा भयो रमाइलो भयो अनि अन्तमा रुमानीले भनी हजुरलाई आफ्नो जिवनको बारेमा केहि सोच्नु भएकै छैन कि सोच्न भ्याउनु भएकै छैन भनेर अप्ठेरो प्रश्न म तर्फ तेर्स्याइ म अक्क न बक्क भएँ यो कुरा त मेरो मगजमै छैन भन्दै म आफैमा मडारिँदै थिए उस्ले फेरि अर्को तरवार हानि म अब हजुरसँग काम गर्ने दिन सकिन लागेका छन यति सम्मान गर्ने हजुरलाई छोड्न त मलाई मन थिएन तर म जाँदैछु भने पछि म झसँङ्ग भए मैले यस्तो सुनामी मेरो मानसपटलमा कहिले पनि ब्यहोरेको थिइन अनि तिम्रो त म छँदैछु नि भनेर म बेहोस भएँछु त्यसपछि मलाई थाहा भएन अनि सपनाको बेहोशी बाट बिपनामा आइपुग्दा मैले त पाताल बाट आकाशमा पुगे जस्तै भयो । लाग्यो म सपनामै रमाउन पाएको भए मेरी प्यारी रुमानी जस्को ब्यबहार आफैमा माया थियो जस्को स्याहार सुसार आफैमा अभिभावकत्व थियो । माया त अनुभव हो यो शब्दमा ब्यक्त गर्न सकिन्न जस्ले शब्दमा बाँध्ने प्रयास गर्दछ शायद यो त मायाको नाममा श्रृङ्गार मात्र हो जस्तो लाग्दछ सपनामै भए पनि सहि रुमानीको जस्तो ब्यबहार मेरो जिवनको अति सर्बोत्कृष्ठ कमाई हो जुन दिन मेरो अन्तिम ईच्छा पुरा हुने छ ।

No comments:

Post a Comment