Monday 20 February 2012



मलाई बासुरीले रुवायो 


तिमि बिनाका दिनहरु 

मैले मेरा हर समयहरु तिमिलाई मिस गरिरहेकी छु, तिमि किन म बाट टाढा भयौ म महुशस गर्न 


सकिरहेकी छैन, म सधैँ यहि सोचिरहेकी हुन्थेँ कि तिमिलाई मैले बुभ्न सक्छु, तर अहिले म यहाँ एक्लै 


रोइरहन बाध्य भएकी छु । तिमिबिनाका यि दिनहरु मलाई असाध्यै लामा भएका छन, तिम्रो माया अनि 


चुम्बन अनि हसिलो मुहारको बदलामा दिमागमा मैले त्यस्तो के गल्ती गरेँ र अहिले तिमि म बाट टाढा 


भइरहेका छौ भन्ने पनि मलाई थाहा छैन । केहि प्रश्नहरु अनुत्तरित छन... किन मेरो मनले खाली किन 


उदास भइरहेछ ? तिमिले मलाई कहिले सम्म मेरो मन दुखाई रहने हौ ? म किन मेरो दिमाग र सोच बाट 


बाहिर निस्कन सकिरहेकी छैन ? जीवनको अनकण्टार बगरमा आप्नै गरुङ्गो अनि थिचिएको मन लिएर 


एक्लै उभिइरहेकी छु,आश्चर्य चकित हुँदैछु कि तिमि एक्कासी कता हरायौ म बाट अनि हाम्रा सँझनाहरुलाई 


शुरुबाट याद गर्दे छु । अहिले मेरो मनभरी दिमाग भरी तिमिसँग बिताएका पलहरु नमेटिने छाप भएर 


सल्वलाईरहेका छन । के चीजले तिमिलाई म बाट टाढा बनायो अझै मेरो मनमा यो अनुत्तरित नै रहिरहेको 


छ ।







No comments:

Post a Comment