Monday 20 February 2012



एउटा चेप्टो ढुङ्गा पोखरीको बीचमा पुग्ने गरि हुर्याएपछि थाहा भयो म बिपनामा अनि होशमा छु पानीले 


च्वाप्प गर्दै स्वार्लाक्क निल्यो ढुङ्गालाई अनि तरङ्ग म निरै आइपुग्यो जहाँ म पोखरीको किनारमा खुट्टा 


पानीमा चोपलेर बसिरहेको थिएँ । पानीमा इन्द्रेणिहरु पनि नजानिँदो तरिकाले सल्बलाइरहेकै थिए । अनि 


तिनै छालहरु सँगै अनि इन्द्रेणीको रङ्गहरु सँग म पनि मनको सपनामा तैरीरहेको थिएँ । म भित्र कताबाट 


हनुमानको प्रबेश भयो पोखरी तालमा परिणत भयो अनि ताल समुन्द्रमा फेरियो । 




सभ्यताले निलो रङ्गको कपडामा रातो टल्किने बुट्टा भएको लेहङ्गा लगाएकि थिई अनि म सँग अति 


मादकिएर हिँडिरहेकी थिई एक्कासी थपी "अस्ति तपाईँले रुमानीको सपना किन देख्नु भयो? मेरो देख्नु 


पर्थेन" भनेर न्याच्चिई मलाई त उ सँग रिस होइन कि हाँसो उठेर आयो बेस्करी हाँसे अनि उ पनि करैले हो 


कि हाँसी । सपना भनेको त आफूले चाहेर हुने त होइन नि लाटी अब यहि शँकाले तँलाइ जलाउने भयो यार 


तर के गर्नु म सपना देखिरहन्छु के गर्छौ त तिमीले भन्दा सोच्दै नसोची हजुरलाइ म निदाउनै दिन्न भन्थी 


फेरी कति हास्नु अनि गल्ति भएको महशुस भयो कि औँला टोकिहाल्थी लिपिस्टिक समेत लटपटिने गरि । 




म पनि एक जवान अझ सभ्यताको रङ्गसँग फागू खेलिरहेकै हुन्थे घरीघरी यो मेरो अपार स्वर्ग थियो । 


हामि एक आपसमा हराउँथ्यौ अनि फेरि खोज्न पनि हिड्थ्यौँ पनि फेरि भेटिएपछि उस्तै । जे होस मैले 


सभ्यतालाई अपार सम्पदा जस्तै मेरा हरेक सृजनाहरुको श्रोत मान्दथे । ए काली भनेर बोलाउँदा हजुर 


भनेर बोल्थी मैले हरेक शब्द उसलाइ मायाका कोसेली हुन्थे । तल भिरालो पठार अनि पुछारमा माइखोला 


माथी पट्टि खुला आकाशको बिचमा बतास चलिरहने चौतारीमा म उस्को काखमा सिरानी पारेर पल्टि रहेको 


हुन्थेँ उ मलाई गिजोली रहन्थी घरि घरी आँखा उघार्दा उस्ले मलाइनै हेरि रहेकि हुन्थी अब कालिको पालो 


भन्दा भो भो भन्थि मलाई यस्तो ह्वाङ्गै ठाउँमा सुत्दा मान्छेले के भन्छन भन्थी । लाज शरम को सिमा र 


सामाजीक सीमाको बीचबाट मसँग लुसुक्क आइहाल्थी अनि केके हो केके गिथोल्न थाल्थी ।


अब त कालिको र मेरो प्रेम कथा सार्वजनिक भैसकेको छ अनि भन्थि त्यो फेसबुकमा जे पायो त्यहि लेख्ने 


होइन नि भन्थि अनि उस्को काननीर गएर मैले साउती गरेझैँ गरी कुटुक्क टोकिदिन्थेँ अनि राति र पिरी 


भएर म सँग पनि लजाउँथी । खेल्नु त छँदै थियो तर यो समय अनि अबस्था को खेल अति रोमाञ्चक हुने 


रैछ ठिक त्यसैबेला कालीले मेरो कानै निर आएर कुरुरुरुरुरुरु गरि अनि म झसङ्ग भएँ अनि जुरुक्क उठेर 


भाग्न खोज्दा म त त्यहि पोखरीको अझ गहिरो भागमा कम्मर सम्म पानी ले डुबिसकेको थिएँ । लाग्यो 


आजकल सपनामा मात्र होइन किन बिपनामै सपना देख्न थालेँ यो के भैरहेछ मेरो जीवनमा भन्दै पोखरी 


बाट बाहिर निस्केँ त्यसबेला सम्म मेरो हनुमान म बाट उत्रिसकेको थियो ।

No comments:

Post a Comment