Monday 20 February 2012


MY  VALENTINE       

त्यतिबेला मैले कहिलेकाहिँ युवा मञ्च भन्ने मासिक पत्रिका पढ्ने गर्दथेँ अनि त्यसमा सबभन्दा पहिले बिज्ञान सम्बन्धि कथामा, अनि कोठेपद मिलाउने प्रतियोगिता मा अनि पत्रमित्रताका लागि छापिएका फोटो सहितको पेजमा मेरो आँखा गाडिन्थ्यो अनि म ति मध्ये मन पर्ने साथीहरुको नाम ठेगाना आप्नो कापीमा सार्थँ। शायद म भर्खर नौ कक्षामा अध्ययनरत थिएँ मैले यसै प्रयोजनका लागि लेख्न मिल्ने हुलाकको खाम सहित निलो कलरको हुलाक पत्र धेरैनै खरिद गरेको थिएँ ।

धेरैलाई चिठी पठाएँ मैले तर करिब दश प्रतिशतले मात्र फिर्ता गरे त्यो पनि केटि साथीले मात्र, अनि सोध्थे कि तेरो फोटो पठाइदे भन्थे, खुलेर लेख्दैनथे अझ कसैले त मेरो शिर देखि पैताला सम्मका सबै अँगको बारेमा एउटा बिरामिलाई डाक्टरले सोधे जस्तै हुने नहुने लम्बाई चौडाई आदि इत्यादि कतै बाँकि राख्दैनथे । अनि त्यस पछि मैले त्यस्तालाई त जवाफ पनि लेख्दिनथे ति मध्ये पनि म सँग एकदम बिचार मिल्ने मन मिल्ने एक जना सँग मेरा मित्रता प्रगाढ भयो । हामि न एक अर्कामा फोटो माग्दथ्यौँ न नाप सोध्थ्यौँ हाम्रो भावना एक जस्तै थियो त्यस पछि त हाम्रा सबै नाप नक्शाहरु पनि एक जस्तै थिए । हामिलाई नाप नक्शामा अल्झिरहने कुनै जरुरी नै थिएन । हाम्रा चिठीका लम्बाई हरु बढेर अब हुलाक पत्रमा नअटाउने भए अनि हवाई पत्रको खाममा कापिका पाना च्यातेर पनि चिठी लेख्न थालियो क्रम जारी नै भयो चार बर्षसम्म ।

अन्तमा फाल्गुणको महिना थियो मलाई पहिले आउने भन्दा तेब्बर साइजको चिठि आयो अनि पढ्दै गएँ यति धेरै बाढि आयो मनमा कि मैले थेग्नै सकिन । हामि चार बर्ष सम्म यति नजिक भयौँ तर पनि यस पछि के भन्न पर्ने हो भन्ने हामि दुबैमा कुनै अक्कल नै आएन । एकदम काँचा थियौँ हामिहरु बिल्कुल काँचा, न हामिले शब्दमा आइ लभ यू भन्यौँ, न म तिमि बिना मरिहाल्छु भन्यौँ तर नभनेरै धेरै कुरा भनिरहेको थियौँ । जिवनमा एउटा जिवनसाथीको महत्वको बारेमा बुभ्mन हामि दुबै सफल थियौँ ।

फगत त्यो उनको अन्तिम चिठि थियो मेरो लागि लगत्तै उनको बिबाह हुन आँटेको थियो म आफैलाई थाहा भएन ममा के भइरहेछ, मलाइ त्यो सँसार रानी हराएको माहुरीको घार जस्तै लागि रहेको थियो त्यति बेला, तै पनि मेरो हातमा केहि थिएन । अहिले सोच्दा लाग्दछ मैले हाम्रो चार बर्षको कालखण्डमै सबै कुरा भन्नु पर्दथ्यो तर सकिन अनि भन्ने उमेर पनि कहाँ थियो र अहिले सँझिदा उदेक लाग्दछ ।

जिवनकालमा कति सँग कुन कुन निहुँमा नजिक भइएहोला कसैले आफुले न थाहा पाएरै पनि मन पराउँथे र मलाई नभनेका थिए होलान कति लाई आफुले मन पराएर पनि भन्न नसकेर गुमाएका घटनाहरु होलान यी सबै मेरा बिगत भए । तर सम्पूर्ण रुपमा बुभ्mन उमेरले पनि ठूलो भूमिका खेल्दछ भन्ने मेरो सिकाई हो । मैले यो अनुभव अहिले भन्नुको तात्पर्य शायद हजुरहरुलाई नजिकैको तिथी ले दिएकै होला ।

मेरो भ्यालेण्टाइन मेरी सभ्यता हुन उनि मेरो जिवनयात्राकी अबिच्छिन्न सहयात्री भएकी छन यसमा कुनै दुइमत नै छैन तर मेरो जिवनमा जस्ले जीवनसाथीको महशूस गरायो माया के हो भन्ने महशूस गरायो आत्मा आत्मा बिचको सम्बन्धको बिजारोपण गरायो उनलाई नै मैले मेरो आदर्श भ्यालेण्टाइन को दर्जा दिएको छु शायद पहिलो पटक सभ्यतालाई समेत नखोलेको कुरा मैले सार्वजनिक रुपमा यहाँ हरु समक्ष राखेको छु । यो कुनै काल्पनिक कथा पनि होइन सपना पनि होइन ।।।

No comments:

Post a Comment